‘मेरो बुढीको गो’प्य अं’गको फोटो त्यो मान्छेको मोवाईलमा कसरी गयो’, भेटियो थुप्रै प्रमाण (भिडियो)

दोस्रो तलावाट हा’म फा’लेर भागेकी श्रीमती युट्युवरको सहयोगमा सम्पर्कमा आएपछि श्रीमानले युट्युवरलाई धन्यवाद दिएका छन् । दुई श्रीमान श्रीमतीबीच जब कुनै तेस्रो ब्यक्तिको प्रवेश हुन्छ त्यसपछि दुई जनाको सम्बन्धमा तिक्तता आउन थाल्छ ।

दोस्रो तलावाट हा’म फा’ले’र लुकेकी श्रीमती सम्पर्कमा आइन् त्यसका लागि तपाईहरुलाई धन्यवाद दिन चाहन्छु उनले भने ।

श्रीमतीलाई उनले पहिल्यै देखि शंका गर्ने गरेका थिए । उनले तिम्रो जिवनमा कोही अर्को छ भनेर प्रश्न गर्दा जहिले पनि कोहीछैन भन्दै आफुलाई झुटो बोल्ने गरेको बताएका छन् ।

उनी भन्छन्, मेरै कोठामा पुरुषसंग टिकटक बनाएको भिडियो छ । मैले नै अंगालोमा देखेको छु तर प्रहरीले प्रमाण पुगेन भन्छ । ति पुरुष रातको समयमा आफ्नो घरमा आएर आफ्नो श्रीमतीसंग टिकटक बनाएको प्रमाण देखाउँदा पनि प्रहरीलाई प्रमाण नपुगेको बताएका छन् ।

त्यो टिकटक उही पुरुषको आइडीमा आफुले भेटाएको बताएका छन् । आफ्नो श्रीमतीको हरेक टिकटक उही पुरुषको आइडीमा रहेको पनि उनको भनाई छ ।

अहिले ति पुरुषको श्रीमतीले पनि वहुविवाहको मुद्दा दायर गरेको बताएका छन् । प्रहरीले समेत १५ दिन सम्म खोजी गर्दा फेला नपरेकी श्रीमती सोही पुरुषलाई पक्राउ गरे पछि उसले १५ मिनेटमै प्रहरी सामु ल्याएको बताएका छन् । त्यती हुँदा पनि प्रहरीले प्रमाण पुगेन भनेको बताएका छन् ।

अहिले उनको श्रीमती प्रहरीको हिरासतमा छन् । श्रीमती हराएको दुई दिन पछि पनि श्रीमतीले उही पुरुषको आइडीवाट टिकटक सार्वजनिक गरेको बताएका छन् ।

यो पनि,,,,,फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि नेपाल आयल निगमले आइतबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्य बढाएको हो।

पेट्रोलको मूल्य लिटरको एक सय २३ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य लिटरको एक सय ६ रुपैयाँ र हवाइ इन्धनको आन्तरिक उडानतर्फको मूल्य लिटरको ७८ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए।

एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य यथावत छ। वृद्धि भएको मूल्य आइतबार राती १२ बजेबाट कार्यान्वयनमा आउने निगमले जनाएको छ।

स्वास्थ्य सामग्री खरीद गर्न रु १३ करोड ८० लाख बजेट

परिवर्तित रुपसहितको कोरोना भाइरस नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले रु१३ करोड ८० लाख उपलब्ध गराउने भएको छ । मुुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशलाई अक्सिजन सिलिण्डर खरीद तथा व्यवस्थापनका लागि रु छ करोड, अक्सिजन कन्सन्ट्रेटरका लागि रु पाँच करोड ४५ लाख, रेम्डिसिभरलगायत औषधि खरीद तथा कोभिड बिरामीको हवाई उद्धारका लागि रु एकएक करोड उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता कुर्मराज शाहीले जानकारी दिनुभयो ।

बैठकले प्रदेशका लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्नका लागि अक्सिजन प्लान्ट सुर्खेत जिल्लामा स्थापना (निर्माण) तथा सञ्चालन गर्ने र त्यसका लागि सामाजिक विकास मन्त्रालयले तत्काल आवश्यक कार्य तथा व्यवस्थापन गर्ने निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शाहीले बताउनुभयोे ।

बैठकले प्रदेशसभा सचिवालयसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गर्नेलगायत निर्णय पनि गरेको प्रदेश सरकारले जनाएको छ ।

यो पनि,,,,,,सरकारद्वारा एक हजार सिलिण्डर फिर्ता

सरकारले विभिन्न ठाउँमा रहेका एक हजार २९२ अक्सिजन सिलिण्डर फिर्ता गरेको छ । उद्योग तथा अन्य क्षेत्रमा प्रयोगमा रहेका ती सिलिण्डर फिर्ता गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गरी जानकारी दिनुभएको छ ।

एक सय २६ स्थानका उद्योग र अन्य क्षेत्रमा अनुगमन गरी ती सिलिण्डर फिर्ता गरिएको हो । नेपालमा अहिले एक लाख ११ हजार ३६४ सिलिण्डर ग्यास छन् ।

उहाँका अनुसार काठमाडौँ उपत्यकाका १० उद्योग र बाहिरका १९ उद्योगका ठूला ७२ हजार २५० र साना ३९ हजार ११४ सिलिण्डर छन् ।

यसैगरी देशभरि ३१ हजार आइसोलेशन सेन्टरको व्यवस्थापन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । तीमध्ये एक हजार ५०० अक्सिजनसहितका आइसोलेशन सेन्टर छन् ।

उहाँका अनुसार सङ्क्रमितको उपचारका लागि १० हजार ८१२ सामान्य शय्या, हाइ डिपेन्डेन्सी (एचडियु) दुई हजार ५९०, एक हजार ६२३ सघन उपचार कक्ष (आइसियु) र ५९८ भेन्टिलेटर छन् ।

उहाँले हाल अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्री प्राप्त हुने क्रम बढदै गइरहेकाले संक्रमितलाई अक्सिजन र शय्या अभाव हुन नदिने प्रयास गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार चीनको सिचुवान प्रान्तले सरकारलाई उपलब्ध गराउने स्वास्थ्य सामग्री यही जेठ ५ गते सिचुवान एयरलाइन्सको चार्टर कार्गो उडानबाट काठमाडौँ आइपुग्ने छ ।

सरकारले क्वारेन्टिनको नियम पालना नगर्ने देशभरका ४२ हजार ८२८ जनालाई कारवाही र सचेत गराइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button