छोरीको शव आफ्नो काँधमा बोकेर चिहान खोज्दै हिडेका बाबु

चन्डीगढमा विपन्न समुदायका एक व्यक्तिले आफ्नी ११ वर्षीय छोरीको शव आफ्नो काँधमा उठाएर जालन्धर शहरस्थित कब्रगाह लगेका छन् । उनी बालिकाको कोभिड १९ का कारण मृत्यु भएको थियो ।

दिलिप नामका यी व्यक्तिका अनुसार अघिल्लो आइतबार उनकी छोरीको मृत्यु भएको थियो । यो भिडियो गत सोमबारको हो, जतिबेला उनी चिहान खोज्दै हिँडेका थिए । उनले भने, ‘ म एक गरिब व्यक्ति हुँ । कोही पनि छोरीको दाहसंस्कारका लागि मलाई सहयोग गर्न अघि सरेनन् । त्यसैले मैले काँधमै उसको शव बोकेर लैजाने फैसला लिएँ ।

उनले भने, ‘मेरी छोरीको अमृतसरमा उपचार चलिरहेको थियो । उनको मृत्युपछि शवलाई कपडामा बेरेर मलाई जिम्मा लगाइयो । मैले यहाँ शवलाई (जालन्धर) मा दाह संस्कारका लागि ल्याए ।

एक व्यक्तिले मलाई १ हजार रुपैयाँ दिए, त्यसैबाट अन्तिम संस्कार गरें ।’

यस अघि हिमान्चल प्रदेशमा काँधमा आमाको शव बोकेर दाहसंस्कारका लागि लैजादै गरेका एक व्यक्तिको भिडियो भाइरल भएको थियो । यी वृद्धाको पनि कोभिड १९ कै कारण मृत्यु भएको थियो ।

शव बोकेर लैजाने यी व्यक्ति कांगडा जिल्लाको धर्मशालादेखि लगभग ३० किलोमिटर टाढा रानीताल शहर नजिकको भंगवार गाउँका थिए ।

यो पनि,,,,महोत्तरीमा एकाबिहानै कोरोनाबाट तीन सङ्क्रमितको मृत्यु , अवस्था भयावह बन्दै

महोत्तरी जिल्लाको विभिन्न स्थानमा आज एकाबिहानै कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । एकैसाथ आज बिहानै तीन जनाको मृत्यु भएसँगै जिल्लामा मृतकको सङ्ख्या २२महोत्तरी ।

महोत्तरी जिल्लाको विभिन्न स्थानमा आज एकाबिहानै कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । एकैसाथ आज बिहानै तीन जनाको मृत्यु भएसँगै जिल्लामा मृतकको सङ्ख्या २२ पुगको छ ।

कोरोनाबाट जिल्लाको अवस्था भयावह बनेको स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहले बताए । उनका अनुसार आज जिल्लाको गौशाला नगरपालिका–४ का ४० वर्षीय पुरुष, औरही नगरपालिका–७का ५५ वर्षीय पुरुष र सम्सी नगरपालिका–५ का ५५ वर्षीय पुरुष गरी तीन जनाको मृत्यु भएको हो ।

तीनै जनाको क्रमशः वैशाख २८, ३० र जेठ १ गते कोरोना पोजिटिभ भएर विभिन्न आइसोलेशनकक्षमा उपचार भइरहेको थियो । मृतक तीनै जनालाई रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो ।

आज बिहानसम्म जिल्लामा जम्मा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३४ पुगेको छ भने १९ जना जिल्लाको विभिन्न आइसोलेशन केन्द्रमा उपचार गराइरहेका छन् ।

त्यसैगरी छ जनाको अवस्था गम्भीर भएर थप उपचारका लागि सिफारिससमेत गरिएको कोभिड फोकल पर्सन सिंहले बताए । पुगको छ । कोरोनाबाट जिल्लाको अवस्था भयावह बनेको स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहले बताए ।

उनका अनुसार आज जिल्लाको गौशाला नगरपालिका–४ का ४० वर्षीय पुरुष, औरही नगरपालिका–७का ५५ वर्षीय पुरुष र सम्सी नगरपालिका–५ का ५५ वर्षीय पुरुष गरी तीन जनाको मृत्यु भएको हो ।

तीनै जनाको क्रमशः वैशाख २८, ३० र जेठ १ गते कोरोना पोजिटिभ भएर विभिन्न आइसोलेशनकक्षमा उपचार भइरहेको थियो । मृतक तीनै जनालाई रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो ।

आज बिहानसम्म जिल्लामा जम्मा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३४ पुगेको छ भने १९ जना जिल्लाको विभिन्न आइसोलेशन केन्द्रमा उपचार गराइरहेका छन् ।

त्यसैगरी छ जनाको अवस्था गम्भीर भएर थप उपचारका लागि सिफारिससमेत गरिएको कोभिड फोकल पर्सन सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button