भोलि यो संसार छाडेर जान सक्छु’ मलाई माफ गरिदेउ है आमा तिमीलाई खुसी दिन सकिँन भन्दै संक्रमित शिक्षिकाले बनाएको अन्तिम टिकटक भिडियो

मानिसको आयू कति छ भनेर कसैले अनुमान गर्न सक्दैन तर जीवनमा अनुमान गरेका केही कुरा आकस्मिक रुपमा या भवितब्य भएर हो पूरा हुने गर्छन् ।

यस्तै एक घटना धनगढीमा भएको छ । एक शिक्षिकाले टिकटकमा ‘ आमा भोलि यो संसार छाडेर जान सक्छु’ भन्दै टिकटक बनाएर अपलोड गरिन् । दैवको नियति, त्यसको भोलिपल्टै उनले सन्सार छोडेर गइन् ।

गत बैशाख १८ गते शनिबार सामाजिक सञ्जालमा ‘टिकटक’मा उनको एक भिडियो अपलोड भएको थियो । त्यस भिडियोमा उनी मास्क लगाएकी, बिरामी र थकित देखिन्छन् ।

उनले बनाएको टिकटकमा भनिएको थियो ‘आमा धेरै थकित छु, जिन्दगीदेखि । सायद अब बाँच्न सक्दिँन होला यो स्वार्थी संसारमा । मलाई माफ गरिदेउ है आमा तिमीलाई खुसी दिन सकिँन ।’

त्यसकै भोलिपल्ट उनले फेरि थप एक भिडिओ अपलोड गरिन् । बिस्तरामै सु ति रहेको अवस्थामा उनले भन्दैथिन, ‘कोरोनाको महामारी दिनप्रतिदिन बढीरहेको छ।

बोल्न मन छ भने आजै दिल खोलेर बोलौं, भोलि के थाहा यो संसार छाडेर म पनि त जान सक्छु । तपाई पनि त जान सक्नुहुन्छ । २ दिन बाँचुन्जेल किन मिठो बोलेर नबाँच्ने, प्लिज मिठो बोल ।’

अर्कोदिन सोमबार उनले लुकेर आफ्नो छोराको भिडियो अपलोड गरेकी छिन् । त्यो भिडियोमा उनले लेखेकी छिन्, ‘मेरो छोराले पिठो मि चे को उसलाई थाहा नदिएर बनाएको भिडिओ ।’

यी तिन वटै भिडिओबाट सहजै अनुमान लगाउन सकिन्छ, कि उनी कोरोना सं क्र मि त हुन । उनले ती सबै भिडिओ होम आइसोलेसनमा बसेको बेला बनाएकी थिइन् । अहिले ती सबै भिडिओमा ‘हार्दिक श्रद्धान्जली’ लेखिएका कमेन्ट आएका छन् ।

कैलालीको गोदावरी नगरपालिकामा रहेको लोटसआई माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएकी मीना पाल बैशाख १९ गते कोरोना सं क्र मि त बनिन् ।

केहीदिन वडा नम्बर १ अत्तरियामा रहेको घरमा आइसोलेट भएर बसेकी ३८ वर्षीया उनीलाई थाइराइडको समेत समस्या थियो । अवस्था जटिल बन्न थालेपछि पाललाई केहीदिन पहिले मालाखेती अस्पतालमा भर्ना गरिएको थियो ।

त्यहाँपनि उपचार सम्भव नभएपछि मीना पाललाई धनगढीस्थित माया मेट्रो अस्पतालमा रेफर गरिएको थियो । तर उनको बुधबार बिहान ८ बजे उपचारका क्रममा मृत्यु भइसकेको जेठाजु डम्बरबहादुर पालले बताएको भन्दै आशिष मल्लले लेखेको समाचार दिनेश खबरले छापेको छ ।

यो पनि,,,,पर्वतमा कोरोनाको महामारीको बेला बिवाह गरी बिहेको भोज गर्ने दुई दुलहा पक्राउ

जलजला गाउँपालिका –२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा आज पक्राउ परेका हुन् ।

सोमबार बिहे गरेका दुई जनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि प्रहरीले २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको छ । उक्त गाउँमा कोरोनाका सक्रिय संक्रमित ७५ जना छन् ।

जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरे पनि बिहेभोजमा ३०÷४० गाउँले भेला भएको प्रहरीले जनाएको छ । प्रहरी पुगेपछि सहभागी भा’गाभा’ग भएका थिए ।

प्रहरीले सबै भागेपछि दुई बेहुलालाई समातेर आवश्यक कारवाहीपछि छाड्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले स्वास्थ्य मापदण्ड पालना नगरी बिहेभोज गरेको पाइएपछि दुवै बेहुलालाई नियन्त्रणमा लिइएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button