
काठमाडौंमा ३ दिनदेखि भोकै रहेका भाईको टाउकोको उपचार पनि हुने भयो,थेरापी मेसिन किन्नका लागि शिशिर भण्डारी लागि परे (भिडियो हेर्नुस)
अक्सिजनसहित उपचार गर्नुपर्ने कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालहरु समस्यामा परेका छन् । उनीहरुले अक्सिजन अभावकै कारण बिरामी उपचार गर्न नसक्ने स्थिति आएको सार्वजनिक रुपमै बताएका छन् ।

किस्ट मेडिकल कलेजका अपरेटिङ अफिसर अमिश पाठक अक्सिजन अभावले जुनसुकै बेला ‘डिजास्टर’ हुन सक्ने बताउँछन् । २०० बेडको क्षमता भएपनि अक्सिजन अभावले बिरामी भर्ना गर्न नसकेको उनको दाबी छ ।

यसैबिच राजधानीमा एक कोठामा दुई दाजुभाईहरु ३ दिनदेखि भोकै अवस्थामा रहेपछि शिशिर भण्डारीलाई फोन गरेका छन् । शिशिरले कोठमा पुगेर भाईहरुको अवस्था बुझे र आफ्नो तर्फबाट सहयोग पनि गरे । कोठामा पुग्दा भाई केहि समय अगाडीदेखि नशााको बिरामी रहेको बुझिएको छ ।
यसबचमा शिशिर भण्डारीले प्राप्त सहयोग रकमहरु संकलन गरेर नरेन्द्र सुनारको उपचारका लागि एक थेरापी मेसिन किनिदिने भएका छन् । यस अघि नै भाईको उपचार प्रयाश भएको रहेछ, डक्टरको अनुसार उनको पुर्ण उपचार सम्भव छैन, केवल थेरापीकै माध्यमबाट अवस्थामा सुधार आउँछ ।
डक्टरको सल्लाह र उनलाई यसअघि उपचार गराएका दुर्गा नाथ दाहाल जीसँगको कुराकानी पछि हामीले यो निर्णय गरेका हौं, शिशिरले बताए (भिडियो हेर्नुस)
यो पनि,,,,एसईई र कक्षा १२ का बारेमा परीक्षा बोर्डले भर्खरै गर्यो यस्तो निर्णय
यो वर्ष पनि यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित भएको छ ।
गत वर्ष परीक्षाको अघिल्लो दिन स्थगीत भएको एसईई यो वर्ष भने दुई महिना अघि नै स्थगीत भएको निर्णय सार्वजनिक गरिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डको बैठक सोमवार विहान बसेको थियो । बैठकले कोभिड महामारीको जोखिम र सबैतिर निषेधाज्ञाका कारण दुवै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञाका कारण परीक्षा संचालनमा कठिनाई हुने र विद्यार्थी पनि सम्बन्धीत केन्द्रमा पुग्न नसक्ने भएकाले स्थगीत गरिएको हो ।
यस वर्षको एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि शुरु हुने तालिका थियो । अघिल्लो वर्ष पनि लकडाउनकै कारण यी दुवै परीक्षा सरेका थिए ।
स्थगीत भएको परीक्षा कहिले संचालन गर्ने भन्ने विषयमा अहिले निर्णय भएको छैन । अवस्थाको मुल्याकंन गरेर थप निर्णय गर्ने बुझिएको छ । विद्यार्थीहरु परिक्षाको समय निर्धाण भएपछि तयारीमा लागेका थिए ।



