
कोरोना निको भएकाहरुलाई देखिन थाल्यो अर्को घातक रोग, ८ संक्रमितको गुम्यो यो चिज
एजेन्सी । भारतमा कोरोनाको महामारीकै क्रममा अर्को घातक रोग पनि फैलिएको छ । जसले चिकित्सक र सरकारलाई चिन्ता थपेको छ । भारतमा कोरोना निको भएकाहरुको दृष्टि गुम्ने रोग फैलिएको छ ।

यसलाई चिकित्सकहरुले ‘ब्ल्याक फंगस’ भनेका छन् । यो रोग पनि कोरोनाकै कारणले फैलिएको स्वास्थ्कर्मीले जनाएका छन् । निको भएका संक्रमितमा यस्तो खतरा पनि बढिरहेको छ।

गुजरातमा कोरोना संक्रमण निको भएका बिरामीमा ‘ब्ल्याक फंगस’ देखिएको हो। कोरोना सँगसँगै गुजरातमा यो समस्या बढिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। तत्काल नियन्त्रणको उपाय नअपनाए यसले पनि ठूलो रुप लिनसक्ने भन्दै चिन्ता ब्यक्त गरिएको छ ।
गुजरातको सुरतमा म्युकोरमाइकोसिस (ब्ल्याक फंगस) का कारण ८ संक्रमितको आँखाको रोशनी गुमेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो १५ दिनमा सुरतमा म्युकोरमाइकोसिसको समस्या ४० जनामा देखिएको छ।
तीमध्ये ८ जनाको आँखाको रोशनी गुमेको हो। यो कोरानाकै कारण फैलिरहेको र यसको उपचार सम्भव रहेको बताइएको छ। तर उपचार ढिला भए बिरामीको मृत्युसमेत हुन सक्छ।
यो पनि,,,,,चिनियाँ खोप साइनोफ्रामले पायो डब्लूएचओको स्वीकृति
बीबीसी । विश्व स्वास्थ्य संगठन, डब्लूएचओले चीनले निर्माण गरेको साइनोफ्राम खोपलाई आपत्कालीन प्रयोगका लागि मान्यता दिएको छ । गैर पश्चिमी मुलुकको खोप डब्लूएचओबाट स्वीकृत भएको यो पहिलोपटक हो ।
यो खोप चीन लगायत विभिन्न देशहरुमा लाखौँलाई दिइसकिएको छ । डब्लूएचओले यो भन्दा अगाडि फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडेर्नाको खोपलाई स्वीकृत गरेको थियो ।
तर, गरिब मुलुक जस्तै अफ्रिका, ल्याटिन अमेरिका र एसियाका स्वास्थ्य निरीक्षकहरुले यसअघि नै चिनियाँ खोपलाई आपत्कालीन प्रयोगका लागि स्वीकृत गरि प्रयोगमा ल्याइसकेका छन् ।
सुरुवातमा एकदम कम डाटा मात्र सार्वजानिक गराएकाले चिनियाँ खोपको प्रभावकारीताबारे शंका व्यक्त गरिँदै आएको थियो । तर, डब्लूएचओले शुक्रबार साइनोफ्राम खोपको सुरक्षा, प्रभावकारीता अनि गुणस्तर सबै सुनिश्चित गराएको छ ।
यस निर्णयले विश्वव्यापी खोप अभियानको गति बढाउने र फ्रन्टलाइनमा खटिरहेका अनि जोखममा रहेका समूहलाई सुरक्षित राख्ने काममा तिव्रता दिने अपेक्षा रहेको डब्लूएचओले जनाएको छ । यो खोप १८ वर्ष भन्दा माथिकालाई दुईवटा डोजमा प्रयोग गर्न सकिन्छ ।
यसबाहेक चीनले नै निर्माण गरेको साइनोभ्याक खोपबारे पनि आगामी केही दिनमा निर्णय गरिने बताइएको छ । त्यस्तै रुसको स्पट्नीक खोपबारे पनि निरीक्षण भइरहेको छ ।
डब्लूएचओबाट खोप स्वीकृत हुनुको अर्थ सो खोपलाई यसको कोभ्याक्स कार्यक्रममा पनि प्रयोग गर्न सकिनेछ । धनी र गरिब राष्ट्रबीच खोपको वितरण बराबरी होस् भन्ने सुनिश्चित गर्न डब्लूएचओले गत वर्ष यो कार्यक्रम स्थापित गराएको थियो ।
साइनोफ्रामको खोप ७९ प्रतिशत प्रभावकारी भएको बताइएको छ । चिनियाँ खोपको सबैभन्दा ठूलो फाइदा भनेको यसलाई साधारण रेफ्रिजिरेटरमा २ देखि ८ डिग्रीको तापमानमा स्टोर गरि राख्न सकिन्छ ।
यो सहज स्टोरेज उपयोगीताले साइनोफ्रामलाई कम श्रोतसाधन युक्त क्षेत्रका लागि अति योग्य बनाइदिएको डब्लूएचओको भनाइ छ । पछिल्लो समय खोप आपूर्तिमा समस्या भएकाले धेरै देशमा खोप अभियान प्रभावित भइरहेको छ ।



