
शिक्षकले किशोरी छात्रालाई फकाएर सुन्धाराको होटलमा लगेपछि…
काठमाडौ । शिक्षकलाई बाबुआमा पछिको सम्मानित दर्जा दिइन्छ । तर केही शिक्षक भने यस पेशालाई नै बदनाम बनाउन लागि परेका छन् । यस्तै एक शिक्षकले आफ्नै छात्रामाथि नराम्रो काम गरेको पाइएको छ ।

आफ्नै चौध वर्षीया किशोरी छात्रालाई होटलमा लगेर दुई दिनसम्म अनैतिक काम गरेको आरोपमा ती शिक्षक अहिले पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौं महानगरपालिका पुतलीसडक बस्ने दोलखा भिमेश्वर नगरपालिका ९ घर भएका २९ वर्षीय शम्भु लामालाई मंगलबार बिहान पक्राउ गरेको हो । सुन्धारास्थित ढोरपाटन होटलमा ती बालिकालाई लामाले लगेर २ दिनसम्म राखी धेरै पटक त्यस्तो काम गरेको प्रहरीले जानकारी दिएको छ ।
उनले किशोरीको मन्जुरी बिनै ल्याएर, ब ल प्रयोग गरी त्यस्तो गरेको भन्ने उजुरी गरेको थियो । त्यसपछि महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
लामाले आफै विद्यार्थीलाई काठमाडौं ल्याएर होटलमा लगेर त्यस्तो गरेको स्वीकार गरेका छन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
‘यो अर्को समाचार, नेपालमा कोभिड महामारी भयावह बनेको’ सीएनएनको मुख्य खबर
नेपालमा कोरोना भाइरसको महामारी भयावह बन्दै गएको खबर सीएनएनले प्राथमिकताका साथ प्रशारण गरेको छ । सीएनएनको टेलिभिजन र अनलाइन संस्करणमा मुख्य खबर नै बनाएर सीएनएनले नेपालमा बढ्दो महामारीबारे प्रसारण तथा प्रकाशन गरेको छ ।
कोभिड १९ को संक्रमित ह्वात्तै बढेको, अस्पतालहरु भरिएको र प्रधानमन्त्री केपी शर्मा ओलीले अरु देशहरुसँग सहायता मागेको सीएनएनले उल्लेख गरेको छ ।
नेपाल र भारतमा महामारी उस्तै देखिएको खबर छ । भारतमा दुई हप्ता अघिको संक्रमित दर र नेपालमा त्यसपछिको संक्रमित दर उस्तै रहेको उल्लेख छ ।
सीएनएनले भारतसँगको खुल्ला सीमाका कारण पनि कोरोना भाइरसको फैलिएको विषय उल्लेख गरेको छ । राजधानी काठमाडौं , सगरमाथाको आधार शिविरमा पनि कोरोना भाइरस फैलिएको विषय प्रसारण गरेको छ ।
सरकारले उचित व्यवस्थापन गर्न नसकेकाले जनतामा आ क्रो श बढेको भनिएको छ ।
यो पनि,,,,म जापानमा रेष्टुरेण्टको शौचालय पनि सफा गर्थे, म त्यहाँ कलाकार गौरी मल्ल थिइन (भिडियो हेर्नुस्)
अभिनेत्री गौरी मल्लले फिल्ममा जस्तो अभिनय गरिन् उनको ब्यक्तिगत जिवन पनि त्यतीकै रोचक र मर्मस्पर्शी छ । उनी केही समय अघि नेपालमा पाएको कलाकारीताको चर्चा, फेम सबै छोडेर जापान गएकी थिइन् ।
उनले जापानको टोकियोमा एउटा रेष्टुरेण्टमा काम गरिन् । उनलाई पद म्यानेजर दिइएको थियो । तर काम भने सबै गर्नुपरेको थियो । उनी भन्छिन्, म त्यहाँ कलाकार गौरी मल्ल थिइन्, केवल गौरी मल्ल थिए । मेरो कार्डमा म्यानेजर लेखेको भएपनि मैले त्यहाँ शौचालय पनि सफा गरेँ ।
उनले काम आफुलाई कहिल्यै सानो भन्न नहुने सन्देश दिएकी थिइन् । तर जव काम सकेपछि रेष्टुरेण्टको स्टाफलाई खाना खान दिने तरीका र खाना देखेर भने आफुलाई रोक्न नसकेको उनले बताइन् ।
त्यती बेला भने उनलाई आफ्नै देश फर्कन मन लागेको थियो । चर्चित पत्रकार विजयकुमारको टेलिभिजन कार्यक्रम दिशा निर्देशमा उनले आफुले जापानमा विताएका ति पल याद गरेर निकै भावुक भइन् ।
उनले त्यहाँ आफनो एउटा साथी बनेको बिरालोको पनि कुरा गरेकी छन् । नेपालमा अभिनेत्रीका रुपमा ठूलो नाम कमाएकी गौरीलाई जापानको टोकियोमा कसैले पनि चिन्दैनथ्यो ।
तर त्यो पल उनका लागि विशेष थियो । उनी आफैले आफुलाई चिन्ने मौका पाएकी थिइन् । उनी भन्छिन् कलाकार गौरी मल्ल मैले पाएको परिचय होइन, त्यो मेरो कामले दिएको परिचय हो ।
म जापानमा एक्लै बेञ्चमा बसेर विरालोसंग खेल्दै रमाउने गौरी मल्ल वास्तविक गौरी मल्ल हो ।
मैले आफुले आफैलाई चिन्ने मौका पाए । उनले टोकियोमा नेपाली रेष्टुरेण्टमा काम गर्दा इन्डियन खानाका सबै परिकार पकाउन सिकेको पनि बताएकी छन् ।



