यी महिलाले कसैले सोच्नै नसक्ने यस्तो हर्कत गरेपछी ….

एक महिलाले सात वर्षीय बालकको ज्या’न लिए’की छिन् । यो घटना लमजुङको हो । ती महिला लमजुङ दूधपोखरी गाउँपालिका– ३ फुलिङगिरीकी ४८ वर्षीय फूलमाया कामी हुन् ।

उनले फुलिङगिरी गाउँमा स्थायी बास भएका राजकुमार गुरुङको ७ वर्षीय छोरा युकेश गुरुङको ज्या’न लिए’की थिइन् । बालकको दो ष भनेको उनले कामीको ऐना फुटाइदिएको आरोप छ । उनको घरमा एक ऐना थियो, त्यो फुटेपछि कामीले यस्तो घटना गराइन् ।

ती बालक गत चैत ३० गतेका दिन बे प त्ता भएका थिए । उनलाई खोज्ने क्रममा भोलिपल्ट वैशाख १ गते साँझ ५ बजेको समयमा घरदेखि ३ सय मिटर दुरीमा रहेको खो ल्सामा मृ त अवस्थामा गाउँलेहरूले फेला परेका थिए । सो सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालयबाट एक प्रहरी टोली अनुसन्धान टोली घटनास्थलमा गएको थियो ।

सो टोलीले गरेको प्रारम्भिक अनुसन्धान गर्दा मृ त क बालक युकेश गुरुङको घाँ टीमा केही चिज बस्तुले हा ने को आशंका गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङ सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । उनका अनुसार उक्त आशंंका निवारणका लागि बालकको शव पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, गण्डकी अस्पताल पोखरामा पोष्ट मार्टमका लागि पठाइको थियो ।

सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले भने,‘पोष्टमार्टमा प्रहरीको आशंका सत्य सावित भयो ।’ त्यसपछि उक्त घटनामा बालकका आफन्त, घर परिवार लगायत बालक जान सक्ने सम्भावित ठाउँका मानिसहरू उपर प्रहरीको अनुसन्धान केन्द्रित भयो ।

प्रहरीले घटना छिमेकी ४८ वर्षीय फूलमाया कामी कै हात रहेको खुल्न आएको हुँदा उनलाई पक्राउ गरिएको जनाएको छ । कामीलाई राख्न लमजुङ जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई उक्त घटनाको सम्बन्धमा प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएकोछ ।

यो पनि,,,अविश्वास प्रस्ताव र एमाले सांसदको राजीनामा सँगसँगै !

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको गठबन्धनले एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसदको राजीनामा र अविश्वास प्रस्ताव सँगसँगै हुने गरी छलफल अघि बढाएको छ ।

ओलीले २७ गते विश्वासको मत नपाए अल्पमतको सरकारको नेतृत्व गर्दै चुनावसम्म जाने रणनीति बनाएको आकलन गरिएकाले त्यसलाई चिर्न अगाडि नै अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने गरी छलफल अघि बढेको स्रोतले जनाएको छ ।

कांग्रेस, एमाले (खनाल–नेपाल), माओवादी केन्द्र र जसपाका नेताहरूबीच बुधबार छुट्टाछुट्टै छलफल भएको थियो । छलफलमा एमाले नेता नेपालले आफूहरू २७ गतेअघि नै सामूहिक राजीनामा दिन तयार भएको सन्देश कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएका थिए भने देउवाले पनि आफ्ना प्रतिनिधिहरू पठाएर अहिले एमालेभित्र सांसदहरूको स्थिति बुझेका थिए ।

‘अहिले अविश्वासको प्रस्ताव दर्ता गर्ने र राष्ट्रपतिसमक्ष समावेदन गर्ने गरी अघि बढौं भनेर छलफल चलाएका छौं, एमालेका साथीहरूले राजीनामा दिने कुरा गर्नुभएको छ, त्यसो हुँदा हाम्रो पक्षमा सजिलै संख्या पनि पुग्छ,’ स्रोतले कान्तिपुरसँग भन्यो, ‘अविश्वासको प्रस्ताव र एमाले सांसदहरूको राजीनामा सँगसँगै आउन सक्छ ।’

अविश्वासको प्रस्ताव दर्ता गराए त्यसमाथि छलफल गर्न प्रतिनिधिसभाको अधिवेशन बोलाउनुपर्ने बाध्यता राष्ट्रपतिलाई हुन्छ ।

नत्र प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा आउने परिणामसँगै प्रतिनिधिसभा अधिवेशन नै अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने र अल्पमतको सरकारको नेतृत्व गर्दै चुनावसम्म जाने योजना बनाएको आशंका विपक्षीको छ ।

‘ओलीको यो कदम रोक्नुपर्ने विषयमा हामीबीच जोडदार छलफल भइरहेको छ, निष्कर्ष निस्किएको छैन,’ जसपाका एक नेताले भने ।

यसअघि कांग्रेस सभापति देउवाको जोड चुनावमै जानुपर्छ भन्ने भए पनि लुम्बिनी प्रदेशको प्रकरणपछि उनी हच्किएको र कम्तीमा ओलीको नेतृत्वमा चुनावमा जानु हुन्न भन्ने निष्कर्षमा पुगेका छन् ।

त्यसपछि नै उनले गठबन्धन सरकारबारे रुचि देखाएका हुन् । लुम्बिनी प्रदेशको प्रकरणपछि देउवा सार्वजनिक रूपमा पनि ओलीप्रति अलि धेरै आक्रोशित देखिन्छन् ।

बुधबारमात्रै ओलीले गरेको सत्ता सहकार्य र चुनावी गठबन्धनको प्रस्तावलाई देउवाले अस्वीकार गरेका छन् । बरु राष्ट्रिय सभाको वाग्मती प्रदेशको उम्मेदवारमा एमालेको नेपाल समूहले अघि सारेका संघीयताविद् खिमलाल देवकोटालाई सहयोग गर्ने निर्णय कांग्रेसले गरेको छ । यसलाई नेताहरूले रणनीतिक चालका रूपमा लिएका छन् ।

‘यही सहमतिलाई सत्ता सहकार्यसम्म लैजाने गरी सहमति जुटाएर नेताहरू उठेका हुन्,’ स्रोतले भन्यो, ‘फाइनल कुरा हुन बाँकी छ, शुक्रबारसम्म सबै टुंगो लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button