
प्रेम बिबाह गरि भित्राएको श्रीमतीले बुढेसकालमा घर फर्कदा श्रीमती अर्कैसँग टाप कसिन, १२ वर्ष सम्म विदेशमा कमाइको सबै सम्पत्ति नाठोलाई खुवाएपछी श्रीमान् रुदै रुदै मिडियामा (भिडियो सहित)
विवाह भएको वर्षौ भयो । दुई छोरा र एक छोरी हुर्कीसके । दुई छोरा मध्य एक छोरा २२ र अर्का १४ वर्षका छन्, छोरी २४ वर्षकी भइसकिन् । उनीहरुको विवाह गर्नुपर्ने वेलामा श्रीमती जिवन परियारसंग हिडेपछि पुरुष अहिले रुँदै मिडियामा आएका छन् ।

जसका लागि दुख गर्न भन्दै विदेश गएका थिए उनै परिवारले वुढेसकालमा यस्तो धोका दिएपछि उनलाई वि ष खा उँ की भनने लाग्छ, उनले दुख मनाउ गर्दै भनेका छन् ।

कहिले काँही त जिवन नै सकिदिउँ की जस्तो लाग्ष्छ, उनले भने १२ वर्ष विदेशमा बसेर कमाएको सम्पत्ती पनि छैन श्रीमती पनि छैनन् । १२ वर्ष विदेशमा बसेका श्रीमानले जव अब म घर आउँछु पैसा पठाउन सक्दिन भनेर खबर पठाएपछि श्रीमान घर आइपुग्नु पहिले नै श्रीमतीले घर छोडेकी छन् ।
उर्लावारी ४ आइतवारीका मोहनको यस्तो अवस्था भएको हो । उनको श्रीमती हराएको एक महिना हुन लागेको छ ।
नेपाल आएको भोलीपल्टैवाट उनी श्रीमती खोज्न हिडेका छन् । दुवई, कतार र साउदी गर्दै उनी १२ वर्ष विदेशमै विताए । अब बुढेसकालमा परिवारसंग बसेर सुखको दिन गुजारौंला भन्ने बेलामा श्रीमती खोज्दै हिड्नु परेको उनको गुनासो छ ।
छोराछोरी हुर्किकसकेका छन्, अब ज्वाई, वुहारी ल्याउने बेलामा आफै गाउँकै पुरुषसंग हिडेको उनको भनाई छ । अब बैंकमा पैसा छ, यति पैसा भएपछि अब घर बनाएर बसौंला भनेर अघिल्लो दिन श्रीमतीसंग यस्तो योजनाको कुरा भएको थियो । तर भोलीपल्टै श्रीमती सम्पर्क विहिन भएको उनको भनाई छ ।
दुखमा साथ दिएकी श्रीमती हो, घरमा पैसा नहुँदा कति दुख सहेकै हो तर अब घरमा भरीपुर्ण भएपछि किन गल्ती गरेर श्रीमती हिँडी, श्रमिानले के भन्ला भन्ने लागेको हो भने पनि म माफी दिएर स्वीकार गर्छु ।
समाजलाई पनि मैले नै सम्झाउँछु उनले आफ्नो पी डा पोख्दै सुनाए । उनले दुखमा साथ दिएकी श्रीमतीलाई अब सुखको दिन बिताउने बेलामा उही श्रीमतीको साथ खोजेको बताए ।
यो पनि,,,,,घरमा छोरी जन्मेको खुसियालीमा ….
लैंगिक विभेद कायम रहेको नेपाल तथा भारत जस्ता देशहरुमा छोरा र छोरीबीच भेदभाव हुन्छ । परम्परागत समाजमा छोरा जन्मिदा खुसी मनाउने र छोरी जन्मिदा दु:खी हुने गर्दछन् मान्छेहरु । तर त्यहीँ परम्परागत सोँचलाई चुनौती दिएका छन् एकजना भारतीय दम्पतीले ।
परिवारमा ३५ वर्षपछि छोरी जन्मिएको खुसीमा उनीहरुले उत्सव नै मनाएका छन् र छोरीलाई घरसम्म ल्याउनका लागि हेलिकप्टर नै चार्टर गरेका छन् ।
भारतको राजस्थानस्थित नागौर जिल्लाको निम्बडी चाँदवता गाउँमा यो घटना भएको हो । स्थानीय ५५ वर्षीय किसान मदन प्रजापतको परिवारमा ३५ वर्षपछि छोरीको जन्म भयो । आफ्ना एक छोरा र एक छोरी रहेको मदन बताउँछन् ।
ठूली छोरी ३५ वर्षकी भैसकेकी छिन् र छोरा २१ वर्षका भए । गत वर्ष बिहे गरेका उनका छोरा हनुमान प्रजापतकी पत्नी चुकी देवीले गत अप्रिल २ मा छोरी जन्माइन् । परिवारमा नातिनी जन्मिएपछि मदन प्रजापतको खुसीको सीमा रहेन ।
ती बालिकाको नाम सिद्धि राखिएको छ । नागौर जिल्ला अस्पतालमा जन्मिएकी छोरीलाई स्थानीय रितिरिवाज अनुसार सुत्केरी चुकी देवीको माइती हरसोल गाउँमा लगियो ।
त्यसपछि मदन प्रजापतले आफ्नी नातिनी तथा साढे ३ दशकपछि परिवारमा जन्मिएकी छोरीको गृह प्रवेशलाई उत्सवको रुपमा मनाउने विचार गरे ।
उनले त्यसको भव्य तयारी गरे । त्यसपछि ती बालिकालाई उनको मावलीघर हरसोलदेखि आफ्नो घर निम्बडीसम्म हेलिकप्टरमा चढाएर ल्याए ।
नातिनीलाई घरमा ल्याउनका लागि हेलिकप्टरको बन्दोबस्त गर्न पनि उनले निकै मेहेनत गरे । अन्ततः रामनवमीको दिन नातिनीलाई १० मिनेटको हेलिकप्टर यात्राबाट घरमा ल्याइयो । घरमा नातिनी ल्याइएसँगै त्यहाँ उपस्थित परिवारजन तथा गाउँलेहरुले फुलमाला तथा परम्परागत गीतसंगीतबाट स्वागत गरे ।



