
माइतीबाट श्रीमान छोड भन्छन तर म छोड्न सक्दिन म श्रीमानलाई धेरै माया गर्छु, दुवै मृत्युको नजिक
बाके समसेरगंज स्थित एक प्रेम जोडी अहिले काम को खोजि मा काठमाडौँ सम्म आएका छन्। प्रेम बिबाह गरेका सुरेश र एलिना ले ३ बर्ष को प्रेम बाट बिबाह गरेका हुन्।

बिबाह पछि संगै मर्ने संगै बाच्ने भनि कसम खाएर बिबाह गरेका यो जोडी अहिले काठमाडौँ सम्म आएका छन्। काम को सिलसिला मा लम्जुङ्ग गएका सुरेश ले मिस्त्री काम गर्ने क्रम मा करेन्ट लागेर सुरेश ले अहिले दुवै हात गुमाएका छन्।

दुवै हात गुमाए संगै सुरेश ले केहि काम गर्न नसक्ने अवस्था मा पुगे , उनि घर फर्किए। घरमा अब सबैको हेला हुन्छु भनेर निरास भएका सुरेश लाई श्रीमती एलिना ले साथ् दीईन।
श्रीमान जस्तो अवस्था मा भए पनि मैले साथ् दिनु पर्छ, प्रेम बिबाह गरे पछि साथ् छोड्नु हुदैन भनेर एलिना ले अहिले सम्म साथ् दिएकि छिन्। गाउ घर मा मेला पात गरेर भए भनी श्रीमती ले सुरेश लाई खुशी दिएकि छिन्।
मायाको चिनो को रुप मा एक छोरि को जन्म भएको थियो , छोरि को पनि उपचार गर्न नसकेर १ महिना मै मृत्यु भयो। सहयोग गर्ने कोहि नभए पछि उनीहरु कामको लागि काठमाडौँ आएका छन्।
माइती ले सधै सुरेश लाई छोड , त्यो बाट केहि सुख हुदैन , भनि सधै बोलाउछन्। मैले सुरेश लाई धेरै माया गर्छु त्यसैले छु’टाउछन् भनि हामी यहाँ सम्म आएका छौ। तर यहाँ काम पाउन धेरै गा’र्हो हुदो रहेछ।
यो जोडी को बिजोग भए पछि अहिले को लागि भोजराज थापा ले २५०० सहयोग गरेका छन्। मलाई जसले जे भने पनि मैले श्रीमान लाई छोड्ने छैन। मैले आफै मन पराएर बिहे गरेको हो , म श्रीमान भन्दा ४ बर्ष ले जेठी छु , त्यसैले मैले उहाको सबै पिडा बुज्ने गर्छु।
म पनि पेट सम्बन्धि बिरामी छु। पाए काम गर्छु संगै बस्छौ। सुरेश भन्छन मलाई मेरो श्रीमती ले धेरै माया गर्छे। मैले पनि उसलाई धेरै माया गर्छु , मैले सकेको काम मा पनि सहयोग गर्छु।
यो पनि,,,ओलीले बालुवाटार आउने निम्ता नदिएपछि डा. भट्टराईले पोखे यस्तो गुनासो
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठकका लागि निम्ता नदिएपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले गुनासो गरेका छन् ।
सर्वदलिय बैठकमा जसपाका महन्त ठाकुरलाई निम्ता गरिएको थियो भने उपेन्द्र यादव र भट्टराईलाई बोलाइएको थिएन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार वालुवाटारमा सर्वदलिय बैठकको आयोजना गरेका थिए । बैठक माओवादी केनद्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेकै नेता माधवकुमार नेपालले वहिष्कार गरे ।
डा भट्टराईले सर्वदलिय बैठकलाई एमसीसी बैठकको संज्ञा दिएका छन्। बैठक भएको भोलिपल्ट आइतबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीलाई प्रधानमन्त्रीबाट निमन्त्रणा नआएको जानकारी दिँदै बैठकप्रति टिप्पणी गरेका हुन्।
तर जसपाकै अध्यक्ष महन्थ ठाकुर, नेताहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला भने सहभागी भएका थिए।
न सामाजिक सञ्जालमा लेखेका छन्, ‘चेइ नभनी कुकुर पनि कसैको घर जाँदैन रे ! मिडियाबाट सुनिएको कथित सर्वदलीय बैठकमा प्रम निवासको मिठोरमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हा म्फा लेर जाने कुरा भएन।
जसपाको आधिकारिक केन्द्रीय कार्यालयमा सोध्दा कुनै जानकारी थिएन। पछि मिडियाबाटै सुनियो– एमसीसी बैठक बहिष्कार पो भएछ !’



