
कलंकीबाट पक्राउ परेका यी दुई युवती जसले पुरुष देख्ने बित्तिकै यस्तो हर्कत गर्थे
काठमाडौं । काठमाडौं उपत्यकामा ठगी, लुटपाट तथा पकेटमा’रीमा संलग्न महिलोको गिरोह पक्राउ परेको छ ।

काठमाडौँ महानगरपालिका १४ कलंकीबाट दुई जना महिला पाकेटमा’र पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ, गोंगबु ११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौँ मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्रेती रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग कंलकीका प्रमुख प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काले उनीहरुको साथबाट ३४ हजार ५ सय ५० रूपैयाँ समेत बरामद गरिएको जानकारी दिइन् । प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काका अनुसार उनीहरुलाई पकेट मा’र्दै गर्दा नियन्त्रणमा लिइएको हो ।
“यो उनीहरू त्यस दिनको मात्र पकेटमा’रको पैसा रहेछ। त्यस दिन दुई वटामात्र पकेट मा’रेका रहेछन्। हुलियाको आधारमा समातेका हौँ” प्रहरी प्रभाव कलङ्कीका प्रहरी निरीक्षक मिठु खड्काले भने। प्रहरीले नियन्त्रणमा लिएका युवतीले करिब ३ वर्ष देखि पकेटमा’र गर्दै आएको बयान दिएका छन्।
उनीहरु लामो समयदेखि कलंकी, कालिमाटी, बल्खु, बाफल एरियालाई आधार बनाई चोरी, पकेट मा’र्ने तथा ठग्ने काममा संलग्न भएको प्रहरीले जनाएको छ । दुवै युवती पुरुषहरुसँग नजिकिइहाल्ने र योजनाव’द्ध तरिकाले ठगी तथा लु’टपा’ट गर्ने कार्यमा संलग्न थिए ।
“भिड भएको गाडीमा चढ्ने अनि केटीहरूले गाडी भित्र उभिएका प्यासेन्जरलाई ठेलम् ठेल गर्ने, अनि पकेटबाट पैसा झिक्ने गर्ने ट्रेन्ड देखियो” प्रहरी निरीक्षक खड्काले भने।
उनीहर पेशेवर रुपमै ठगी तथा पकेटमा’रीमा संलग्न रहेको प्रहरीेले जनाएको छ । पुरुषहरुसँग नजिकिने र उनीहरुले पाकेट मा’र्ने गरेको प्रहरीले जनाएको छ। केहीलाई उनीहरुले ठगी समेत गरेका थिए ।
राष्ट्रपतिले दिएको पदकमा चुच्चे नक्शा गायव भएपछि बोल्यो गृह मन्त्रालय, यसकारण हटाइएको रहेछ चुच्चे नक्शा
काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले ६३३ जनालाई दिएको मानपदवी, अलंकार र पदक ९तक्मा० मा चुच्चे नक्सा हटाइएको बिषयमा गृह मन्त्रालय बोलेको छ ।
उक्त तक्मा अलंकारहरु गत बर्ष चुच्चे नक्शा जारी नहुँदै बनाइएको तर कोरोनाका कारण बितरण नगरिएको मन्त्रालयले बताएको छ । मन्त्रालयले बैशाख १ गते हुने शुशोभनमा भने चुच्चे नक्शा सहितकै मान पदवी वितरण गरिने जनाएको छ ।
मान पदवीमा चुच्चे नक्शा नदेखेपछि सामाजिक सञ्जालमा त्यसको आलोचना भएको थियो ।
सरकारी कागजातमा समेटिएको चुच्चे नक्सा तक्मामा नभएको भन्दै आलोचना भएको हो । मन्त्रिपरिषदको निर्णयका आधारमा राष्ट्रका लागि उल्लेख्य योगदान गर्ने व्यक्तिलाई उच्च मूल्यांकनका साथ हरेक साल विभूषण दिइने गरिएको छ । सोही निर्णय अनुसार शुक्रवार पदक वितरण गरिएको थियो ।
गत वर्ष नै प्रदान गर्नुपर्ने पदक कोरोनाका कारण यो वर्ष ढिलाई भएको हो । गृह मन्त्रालयको सिफारिसमा विभूषण दिने व्यक्तिको नाम मन्त्रिपरिषदबाट अनुमोदन हुने गरेको छ। सोही अनुसार शुक्रवार ६३३ जनाले पदक पाए ।
शुक्रबार वितरण गरिएको विभूषणमा नेपालको नक्सामा चुच्चो हराएको भन्दै सामाजिक सञ्जालमा आलोचना भयो । धेरैले लिपुलेक, कालापानी समेटिएको नेपालको नक्सा पदकमा नभएको भन्दै आलोचना गरेका थिए ।
तर नक्सामा चुच्चो जोडिनु अघि नै पदक घोषणा भइसकेका कारण नक्सामा चुच्चो नजोडिएको हो । यो गत वर्ष २०७६ सालको संविधान दिवसको अवसरमा घोषित विभूषण हो ।
गतवर्ष कोरोना महामारी भएका कारण पदक वितरण रोकिएको थियो । पदक घोषणा हुँदा जतिबेला नेपालको नक्सामा लिपुलेक, कालापानी समेटिएको चुच्चो जोडिइसकेको थिएन ।