पक्राउ परेका यी दुई युवकको बयान : घरबाट नजिकैको झाडीमा लगेर…

१८ महिने बालिकाको हत्या आरोपमा दुईजना पक्राउ परेका छन्। मोरङको सुन्दरहरैचा नगरपालिका-७ की बालिकाको हत्या आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो।

दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए। सोही ठाउँका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो।आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी घटनामा संलग्नलाई सार्वजनिक गरेको छ।

घरबाट हराएकी बालिकालाई खोजी गर्ने क्रममा घारीमा फेला पर्दा बालिकाको अवस्था नाजुक थियो। ती बालिका र’क्ता’म्य अवस्थामा फेला परेकी थिइन्। विराटनगरको नोबेल अस्पतालमा उपचारका लागि लगिएको बालिकाको शनिबार विहान १ बजे मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए ।

यौनाङ्ग रक्ताम्य भएकोले बालिकाको अवस्था हेर्दा बलात्कार भएको हुन सक्ने अनुमान गरिएको छ । पक्राउ परेका दुबै जनाले ललाई फकाई गरी घरबाट नजिकैको झाडीमा लगेर घटना गराएको मोरङ प्रहरीका प्रवक्ता एसपी जनार्दन जिसीले जानकारी गराए।

उनले घटनामा सं’लग्नलाई आफूहरूले १२ घण्टाभित्रै पक्राउ गरेकोसमेत बताए।

प्रहरीका अनुसार पक्राउ परेका दुवैजनाले ब’ला’त्का’रपछि बालिकाको टाउकोमा ढुंगा र बियरको बोतलले प्रहार गरेको गम्भीर घाइते बनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button