श्वेताले निर्माण गरेको भनिएको माझी बस्तीको वास्तविकता यस्तो, माझीहरुको चि’त्कार, कि ऋण तिरिदेउ, नत्र घर फिर्ता लैजाउ

रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ । आकार एउटै र रङ पनि उस्तै भएको घर । एक छेउदेखि अर्को छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैँ घरहरु चिटिक्कका छन् ।

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित माझी बस्तीमा ५३ घर छ ।

भूकम्पले तहसनहस बनाएको यो बस्तीको अहिले मुहार फेरिएको छ । टाढैबाट सुन्दर देखिने बस्तीको चमक नै बैग्लै बनेको छ । तर त्यहाँ भित्र पुगिसके पछिको अवस्था भन्दा हामीले कल्पना गरेभन्दा फरक छ ।

अभिनेत्री श्वेता खड्काको श्वेता श्री फोउण्डेशनको पहलमा निर्माण गरिएको भनिएको यो माझी बस्ती अहिले चर्चामा छ ।

श्वेताले केही दिन अघि एक स्टाटस लेखेर माझी बस्ती ऋणमा रहेको र सहयोग दिन्छु भनेर बाचा गरेकाहरुले नै नदिएको भनेपछि अहिले माझी बस्तीका बारेमा सोधीखोजी हुन थालेको छ । श्वेताले अहिले माझी वस्ती निर्माणवाट हात झिकेको पनि बताइएको छ ।

टाढावाट चिटिक्क देखिने माझी बस्तीमा बस्नेहरुको पी डा भने हामीले सोचे भन्दा बिल्कुल फरक रहेछ ।

श्वेताले निर्माण गरेको भनिएको बस्तीमा रहेका माझीहरुको बुझाई र भोगाई पनि फरक छ । उनीहरु आफैले बस्ती बनाएको र त्यसको जस भने अरुले लिएको बताउँछन् ।

दैनिक ज्याला गरेर खानुपर्नेहरुको टाउकोमा ऋणको किस्ता तिर्नुपर्ने बाध्यता छ भने अर्को तिर अत्यावश्यक सामान राख्न पनि नमिल्ने सानो ठाउँ रहेको गुनासो उनीहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button