सोलुखुम्बुमा जब आफ्नै बुवाले नै छोराछोरीलाई एसि’ड प्र’हार गरे….

काठमाडौ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा आफ्नै बाबुले छोराछोरीमाथि एसि’ड प्र’हार गरि घाइते बनाएका छन्। सोलुदुधकुण्ड नगरपालिका–५ वसन्त बजारका करिब ५५ वर्षीय मोहन बराइलीले छोराछोरी माथि एसि’ड प्र’हार गरि घाइते बनाएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

मा’दक पदार्थ से’वन गरेका बराइलीले २५ वर्षीय छोरा र १६ वर्षीया छोरी माथि एसि’ड प्र’हार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।

प्रहरीका अनुसार एसि’ड प्र’हार गर्ने बराईलीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ भने छोरा र छोरीको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ। छोरीको अवस्था सामान्य रहेको तर छोराको अवस्था गम्भिर रहेको बताइएको छ।

भिडमा हराएपछि चित्रवहादुर केसीलाई एमालेको मञ्च पुग्न ३ घण्टा लाग्यो

काठमाडौ । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले सबैभन्दा बढी तितोपिरो कम्युनिष्ट आन्दोलनमा रहेको बताएका छन् । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष केसीले वाम आन्दोलनका लागि एकतावद्ध हुनका लागि आग्रह समेत गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले भने, ‘राजनीतिक गर्ने व्यक्तिहरु नसुध्रिकन नेपाली जनताले यस्तो अवस्था देखिरहन्छ । हामी झगडा गरेपछि बाहिरका शक्तिहरु खेल्छन् । सबैभन्दा बढी तितोपिरो कम्युनिष्ट आन्दोलनमा छ । हामी हाम्रो आन्तरिक कुरा अरुलाई सुनाउँछौँ अनि बाहिरीले खेल्छ ।’

साथै उनले अहिले मुलुक जसरी जानुपर्ने हो त्यसरी मुलुक जान नसकेको बताएका छन् । उनले सबै राजनीतिक पार्टीले एउटाले अर्कोलाई दो ष लगाइरहेका बताएका छन् । नेकपा एमालेको महाधिवेशनमा शुभकामना मन्तव्य राख्न चितवन पुगेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई मञ्चमा पुग्न ३ घण्टा लागेको छ ।

बिहान ११ बजे नारायणी किनारा पारि आइपुगेका नेता केसी भीडका कारण साढे २ बजे एमालेको मञ्चमा पुगेका थिए । मञ्चमा ढिलो गरी पुगेका केसीले महन्थ ठाकुर, उपेन्द्र यादव र माओवादी केन्द्रका प्रतिनिधिले बोलेपछि शुभकामना मन्तव्य राखेका थिए । ‘बिहान ११ बजे गैँडाकोट आएको थिएँ, जेनतेन यहाँ आउन सफल भएँ,’ सम्बोधनका क्रममा केसीले भने ।

उनले महाधिवेशनमा ढिलो पुगेकोमा माफी माग्दै आफ्ुले भोगेको कुरा सुनाएका थिए । गैडाकोटवाट मञ्चमा पुग्न ३ घण्टा लाग्यो यस अघि बोल्ने बक्ताको कुरा मैले सुन्न पाइन माफी चाहन्छु केसीले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button