यि युवकको फुर्तिफार्ती बढेपछी गाउँमा त्रास फैलिएको थियो, प्रहरीले घर खानतलासी गर्दा नसोचेको कुरा भेटियो

काठमाडौँ, २० भदौं । प्रहरीले अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रोल्पाको रुन्टीगढी गाउँपालिका–९ घर भइ घोराही उपमहानगरपालिका–१३ बडहरा बस्ने २५ वर्षीय इन्द्रकमल बुढामगर छन्।

जिल्ला प्रहरी कार्यालयले उनलाई शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार बुढामगरले हा’तह’ तियार बोकी सर्वसाधारणहरूलाई त्र’ सित पा र्ने ग’रेको र उक्त ह’तियार आफ्नै घरमा लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा शुक्रबार पक्राउ गरिएको हो।

उनले रा ५ प ८७६२ नम्बरको स्कुटीभित्र लुकाई राखेको अवस्थामा एक राउन्ड गो’ली म्यागजिनमा लोड रहेको अवस्थामा कालो रङको अटोमेटिक पे’स्तोल १ थान फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

उनलाई पक्राउ गरी बरामद हा’त’हतिया र खरखजाना ऐन अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०७० बैशाख २५ गते बुढामगरले साने घर्तीलाई ज्यान मा र्ने उद्देश्यले धा’रिलो ह’ति’यार प्र’हा’ र गरी ग’म्भीर घाइते बनाएका थिए।

उक्त घटनामा ज्यान मार्ने उद्योग कसुरमा २ वर्ष ६ महिना कैद सजाय तोकिएको थियो।

उक्त कैद सजाय भुक्तान गरिसकेको समेत प्रवक्ता रिजालले जानकारी दिए।

दुई प्रकारका सवारी लाइसेन्स वितरण सुरु

यातायात व्यवस्था विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न ट्रायलमा उत्तीर्ण गरेकाको लागि र नवीकरणका लागि आवेदन दिएकालाई परीक्षणकालीन (प्रोभिजनल) सवारी चालक अनुमतिपत्र वितरण सुरु गरिएको जानकारी दिए ।

विभागले शुक्रबारबाट यो प्रावधान कार्यान्वयनमा ल्याएको हो ।

उनले भने, “अहिले यातायात व्यवस्था विभागको कार्यालय, काठमाडौँको एकान्तकुना र महोत्तरीको बर्दिबासबाट परीक्षणकालीन सवारी चालक अनुमतिपत्र वितरण सुरु गरिएको छ ।

अब यसप्रकारको सवारी चालक अनुमतिपत्र वितरण कार्य १९ वटै यातायात व्यवस्था कार्यालयबाट गर्ने तयारी भइरहेको छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

पछिल्लो पटक काठमाण्डू उपत्यकासहित देशका विभिन्न स्थानमा सरकारले प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरेका कारण गत वैशाख १६ गतेबाट लाइसेन्स प्राप्त गर्नका लागि सञ्चालन गरिने परीक्षा हुन पाएको छैन। त्यस बेलादेखि नै नयाँ आवेदन भर्न पनि बन्द गरिएको थियो।

अहिले लगभग छ लाख जनाले लाइसेन्स प्राप्त गर्नका लागि परीक्षा दिने प्रक्रियामै रहेको भुसालले जानकारी दिए। “छ लाख पुरानै ‘ब्याक लग’ छ।

अब अहिले खोल्यो भने फेरि अर्को छ लाखजति आवेदन आउँछ,” उनले भने।

नेपालमा १६ वर्षभन्दा माथिका नागरिकले सवारी लाइसेन्सका लागि आवेदन दिन पाउने व्यवस्था छ।

देशभरिका २१ वटा यातायात कार्यालयबाट छ लाखको परीक्षा सञ्चालन गर्नका लागि चारदेखि पाँच महिना लाग्न सक्ने विभागको अनुमान छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button