दुई युवतीलाई प्रहरीले पक्राउ गरेर चेकजाँच गर्दा भेटिएको त्यो कागजपत्र, जस्ले पुर्याउने भयो जेल

 काँकडभिट्टा नाकाबाट भारत प्रवेश गरेका दुई नेपाली महिला पक्राउ परेका छन्।

पक्राउ पर्नेमा प्रविणा लिम्बू र दीपा थलांग रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनीहरूलाई दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ गरिएको हो।

भारतीय सशस्त्र सीमा बल (एसएसबी) ४१ बटालियनको टोलीले उनीहरूलाई पानी ट्यांकी नाकाबाट पक्राउ गरेको जनाइएको छ।

नेपालबाट गएका उनीहरूलाई भारतीय एसएसबीले चेकजाँच गर्दा नेपाली नागरिकताको प्रमाणपत्र र भारतीय पासपोर्ट बरामद गरेको थियो।

ती महिलाहरूले नेपाली नागरिकता कुन जिल्लाबाट लिएको भन्ने कुरा एसएसबीले खुलाउन चाहेन।

नेपाल र भारत दुवै देशको नागरिक भएको प्रमाणपत्र फेला परेपछि एसएसबीले आवश्यक कारबाहीका लागि उनीहरूलाई खोडीबारी थानालाई जिम्मा लगाएकाे छ।

खोडीबारी थानाले महिलालाई आइतबार सिलगुढी अदालतमा पेस गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले एसएसबीले पक्राउ गरेको महिलाको विषयमा आफूलाई कुनै जानकारी नआएको बताए। दोहोरो नागरिकताका घटनाहरू सीमा नाकामा प्राय हुने गरेको उनले बताए।

दोहोरो नागरिकता लिनु कानुनी अपराध हो, उनले भने, एसएसबीले मात्र होइन, नेपाल प्रहरीले पनि त्यस्तो व्यक्ति फेलापारे पक्राउ गर्छ।’ एसएसबीले पक्राउ गरेको महिलाहरूको विषयमा बुझ्ने उनले बताए।

झापाका एक महिला र दुइ पुरुषले पोखरामा जे गरे, पारे प्रहरीलाई समेत चकित

ट्याक्सी, मोटरसाइकल, कार र बसहरु बग्रेल्ती गु’ड्ने सहर पोखरामा टेम्पु भने चल्दैनन् ।

प्रदूषण बढ्छ, जो’खिम हुन्छ भनेरै पोखरेलीहरुले ३ पांग्रे टेम्पु भित्रन उहिल्यै रोक लगाएका थिए ।

यो साता भने पोखराका टोलटोलमा र चोकचोकमा टेम्पु देखिए । तिनले यात्रु भने ओसारेका थिएनन् ।

टेम्पुमा माइक जडान थियो । माइक बज्थ्यो र भन्थ्यो–पाल्पाका चुडाबहादुर रुचाल मिर्गौला पीडित र आर्थिक अवस्था कमजोर भएको हुँदा उनका लागि आर्थिक सहयोग गरिदिनुहोला ।

कहिले बैदाम, कहिले लेखनाथतिर त कहिले पोखराका गल्लीगल्लीमा त्यस्तो माइकिङ भइरहेको थियो ।

कति ठाउँका चोकहरुमा चाहिँ केही समय टेम्पु बिसाएरै घन्टौं वा दिनभरजसो आर्थिक सहयोगको अपिल पनि भइरहेको थियो । यस्तो दृश्यमा जब प्रहरी नजर प¥यो, शं’का लाग्यो ।

बुझ्दै जाँदा त्यसरी सहयोगको अनुरोध गर्नमात्रै पोखरा महानगरपालिकाभित्र १० वटा टेम्पु ख’टिएका रहेछन् भन्ने पत्ता लाग्यो । जे भनेर चन्दा संकलन गरिएको थियो, त्यसका लागि कतैबाट अनुमति लिएको प्रमाण पनि भेटिएन ।

इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख डिएसपी महेन्द्र मरासिनी नेतृत्वको टोलीले तिनैलाई पछ्याउँदै जाँदा प्रहरीले टेम्पुवाला पोखरा २६ विजयपुरस्थित न्यु हाइवे स्टाफ होटल एन्ड लजमा बस्ने गरेको भेटेको थियो ।

त्यहाँ त एक वा दुई होइन १० वटा टेम्पु भेटिए ।

मिर्गौला पीडितका लागि भन्दै ठाउँठाउँमा चन्दा संकलन गर्ने उनीहरुको ध’न्दा नै रहेको प्रहरीले पत्तो पायो ।

त्यसपछि कास्की प्रहरीले अ’वैध रु’पमा चन्दा संकलन गरिरहेको आरोपमा २ जनालाई पक्रेको छ ।

झापा विर्तामोड नगरपालिका ९ की ३४ वर्षीया एलिजा बस्नेत, वडा नम्बर १ का ३२ का टेकबहादुर बस्नेत, झापाकै हल्दीबारी गाउँपालिका १ का ४४ वर्षे धनबहादुर सेन्चुरी पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button