मन्त्री आलेले गृहजिल्ला डोटी पुगेर मच्चाए तहल्का, एमालेमा पहिरो

काठमाडौ । पर्यटनमन्त्री प्रेम आले आफ्नो गृहजिल्ला डोटी पुगेका छन् । उनी केही दिन यता समाचारहरुमा निकै छाएका छन् । एक्सन ओरियन्ट काममा निस्किएका आलेको प्रशंसा र आलोचना दुवै भएको छ । उनी गृह जिल्ला पुगेको बेलामा नेकपा एमालेमा पहिरो गएको छ ।

एमालेका डोटी जिल्ला कमिटी पूर्व अध्यक्ष नारद मलासी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेकपा एसको डोटी जिल्ला कमिटी बैठकबाट मलासीले एमाले परित्याग गरेका हुन् ।

प्रदेशसभा सदस्यमा उम्मेदवार बनेर पराजित भएका मलासीलाई नेकपा एसका नेता तथा पर्यटनमन्त्री प्रेम आले लगायतका नेताहरुको पहलमा पार्टी प्रवेश गराइएको नेकपा एस डोटीले जनाएको छ ।

मलासीसँगै एमालेका पूर्व जिल्ला कमिटी सदस्य तथा युवा नेता धनबहादुर नेपाली पनि नेकपा एसमा प्रवेश गरेका छन् । आलेको गृहजिल्ला डोटीमा एमालेबाट नेकपा एसमा प्रवेश गराउने क्रम बढेको छ ।मलासीलाई नेकपा एसका स्थायी कमिटी सदस्य भानुभक्त जोशी,नेता गरिमा शाह लगायतले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button