
यिनै हुन् सोझा व्यक्तिलाई कम्बोडिया पठाई दिने भन्दै विभिन्न व्यक्तिसँग रु ३९ लाख ठगी गर्ने युबक
नेपाल प्रहरीले कम्बोडिया पठाई दिने भन्दै विभिन्न व्यक्तिसँग रु ३९ लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले भिजिट भिषामा कम्बोडिया पठाउने भनी ठगी गर्ने काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–१ का २८ वर्षीय मीनध्वज भन्ने विचारमान मोक्तानलाई आज नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका मोक्तानले कम्बोडियाको क्यासिनोमा गार्डमा काम लगाई दिने भन्दै प्रतिव्यक्ति रु ६ लाख ५० हजार लिएर ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनले ६ जना व्यक्तिलाई ठगी गरेको बताइएको छ । पक्राउ परेका मोक्तानलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
यो पनि, भवन बनाउन प्रदेश सरकारको सहयोग
नेपाल पत्रकार महासङ्घ झापा शाखाको भवन निर्माणका लागि प्रदेश नं १ सरकारले रू ४० लाख प्रदान गर्ने भएको छ ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत भवन उक्त रकम विनियोजन भएको महासङ्घका शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो ।
बिर्तामोडस्थित नयाँ बसपार्कमा रहेको एकतले भवनमा दुई तला थप्ने गरी तत्काल काम अघि बढाइने उहाँले बताउनुभयो ।
यसका लागि शाखाका उपाध्यक्ष केशव भट्टराईको संयोजकत्वमा सात सदस्यीय भवन निर्माण समितिसमेत गठन गरिएको छ । प्रदेश सरकारसँग भवन निर्माण सम्झौता गर्न जाने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
यसैबीच महासङ्घ प्रदेश नं १ कमिटीका कोषाध्यक्ष विमल लामिछानेले शाखाद्वारा प्रकाशित इ–बुलेटिनको मंगलबार सार्वजनिक गर्नुभयो ।
महासङ्घले सञ्चालन गरेका गतिविधि समेटेर चौमासिकरूपमा प्रकाशन गर्ने गरी इ–बुलेटिन प्रकाशन थालिएको शाखा अध्यक्ष गिरीले बताउनुभयो ।
“महासङ्घको हरेक गतिविधि र कामकारबाहीलाई पारदर्शीरूपमा राख्नका लागि बुलेटिन प्रकाशन सुरु गरिएको हो”, उहाँले भन्नुभयो, “यसलाई महासङ्घको बेवसाइटमा राखिने छ ।”
सो अवसरमा प्रदेश नं १ का पत्रकारलाई रु १० लाख बराबरको ‘फेलोसिप’, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिइएको थियो ।
कार्यक्रममा पत्रकार महासङ्घ प्रदेश कमिटी सदस्य लीलाराज झापाली, प्रेस युनियनकी अध्यक्ष इन्दु पूर्वेली, प्रेस चौतारीका अध्यक्ष मुक्ति पौडेल, प्रेस सङ्गठन अध्यक्ष झुलन रेग्मी, नारी सञ्चारगृहकी अध्यक्ष भीमा शिवाकोटीलगायतले शाखाले नयाँ कामको सुरुआत गरेकामा धन्यवाद दिनुभयो ।
उहाँहरुले कोरोनाका कारण सकसपूर्ण अवस्थामा रहेको सञ्चार क्षेत्रलाई सबल बनाउन र पत्रकारलाई पेशाबाट पलायन हुने अवस्था आउन नदिन महासङ्घ जिल्ला, प्रदेश र केन्द्रले पहलकदमी गर्नुपर्नेमा सुझाव दिनुभयो ।
श्रीमानले गरेको गल्तिको सजाय श्रीमतीलाई
पाकिस्तानको खेबर पख्तुन्ख्वामा एक महिलासँग अवैध सम्बन्ध राखेको भन्दै आरोपीको पत्नीमाथि दुव्र्यवहार भएको छ ।
खेबर पख्तुन्ख्वास्थितमा आफ्नो बहिनी सँग अवैध सम्बन्ध राखेको भन्दै तीन पुरुषहरुले आरोपीको पत्नीलाई वस्त्रहीन बनाएर दुव्र्यवहार गरेका छन् । अवैध सम्बन्ध राख्ने आरोपीको पत्नीमाथि भएको यस्तो दुव्र्यहारले पाकिस्तानमा पितृसतात्मक उत्पीडन दर्शाएको छ ।
आरोपीसँग बदला लिने नाममा तीन व्याक्तिहरुले आरोपीको श्रीमतीलाई दुव्र्यवहार गरेको हो । यो घटना बारे प्रहरीले समेत मुद्दा दर्ता गर्न हिच्किचाएको बताईएको छ ।
ती महिला विवाह भोजबाट फर्किरहेको बेला बीच बाटोमा तीन व्याक्तिहरुले उनीमाथि आक्रमण गरी वस्त्रहीन बनाएका थिए ।
पाकिस्तान दण्ड संहिता को धारा ३५४ मा महिलाको इज्जत र अस्मितामाथि हुने कुनै प्रकारको आक्रमणका दोषीलाई दुई बर्ष जेल सजाय र जरिवाना हुन सक्ने व्याबस्था छ ।
तर कानुन कार्यन्वयनको अभावका कारण पाकिस्तानमा महिलामाथि यस्ता पितृसतात्मक दुव्र्यवहार हुने गरेको छ ।
पाकिस्तानमा सन् २०१८ मा पनि सात जना व्याक्तिहरुले एक युवतीलाई वस्त्रहीन बनाएर दुव्र्यवहार गरेको घटना बाहिर आएको थियो । स्रोत डेलीहन्ट



