आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल मंसिर २४ गते शुक्रबार इश्वी सन २०२१ डिसेम्बर १० तारीख मार्गशीर्ष शुक्लपक्ष सप्तमी तिथी शतभिषा नक्षत्र हर्षण योग गर करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा सौम्य योग राक्षसनाम संवत्सर सुर्य दक्षिणाय हेमन्त ऋतु विश्व मानव अधिकार दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बाणिमा मधुरता छाउनेछ । नयाँ कामको थालनिले मन प्रशन्न रहनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ ।

नयाँ लगानिका निम्ती उत्तम समय रहेकोछ । रचानात्मक कार्यमा जुट्ने समय रहेकोछ । आय आर्जनको लागी राम्रो समय रहेको छ । हरकोहिको पुर्ण बिश्वास नगर्नु होला धोका हुन सक्छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सामाजिक कार्यमा अग्रसर रहनाले मान सम्मान प्राप्तीको योग बन्नेछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ ।

सबारी साधनको प्रयोमा सजग रहनु होला । गरीरहेको कार्य क्षणिक रुपमा परीर्वतन गर्नु पर्ने समय रहेकोछ । शुभ चिन्तकहरुको साथसहयोग द्वारा अधुराकार्यहरु सम्पादित हुनेछन ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । आय आम्दानिमा बिशिष्ठ ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ ।

तपाईको आलोचना गर्ने ब्यत्तिहरु बढ्नेछन । मित्रजनहरुको साथसहयोगमा नयाँ कार्यको प्रारम्भ गर्न उत्तम समय रहेकोछ । अरुको पुर्ण बिश्वासमा गरीएका कार्यले अपजस दिलाउनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बिश्वासिला ब्यत्तिहरुबाट धोका हुनाले मानसिक तनाबको सामना गर्नु पर्नेछ । खानपानका कारण स्वास्थका क्षेत्रमा सामान्य तनाबको सामना गर्नु पर्ने समय रहेकोछ ।

शुभचिन्तकहरुको माध्यम बाट आम्दानिका श्रोत हरु सबल तुल्याउन सकिने समय रहेकोछ । बाणीका कारण सामान्य वादबिवादको झमेलामा फसिएला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आर्य आर्जनका निम्ती सामान्य यात्रा निम्त्याउने समय रहेकोछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ लगानि गर्न उत्तम समय रहेकोछ ।

समयमा गरीएको सहि निर्णय उत्तम साबित हुनेछन । जिवन साथिको साथ सहयोगमा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त हुने समय रहेकोछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) प्रतिश्पर्दा जन्य कार्यमा बिशेष सजग रहनुहोला । पारीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । सामान्य आर्थीक संकटको सामना गर्नु पर्ला ।

मनोरञ्जनका निम्ती सामान्य यात्राको योग बन्नेछ । मानसिक चन्चलताका कारण नजिकका मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आय आम्दानिमा बिशिष्ठ ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । पठन पाठनका निम्ती समय उत्तम रहनेछ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ ।

कलाकौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । आफुभन्दा सानाको स्वास्थमा देखिएको समस्या जटिल बन्नाले सामान्य तनाब आई पर्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) तपाई द्वारा सम्पादितकार्य चर्चा योग्य साबित रहनेछ । सभासम्मेलन जन्य कार्यमा सरिक हुने तथा मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । सामाजिक कार्यमा अग्रसर रहने उत्तम समय रहेकोछ ।

ब्यापार ब्यवसाय मध्यम रहने दिन रहेकोछ । सवारी साधनको प्रयोगमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) कार्यसम्पादनको उत्तम श्रेय तपाईलाई प्राप्त रहनाले मन हर्शित रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि नरहला । प्रिय मित्रजन सगँको भेटघाटले मन हर्षित रहने योग रहेकोछ ।

भोजभतेर जन्य कार्यमा सरीक हुने योग रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित हुने योग रहेकोछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) स्थीर क्षेत्रमा गरीएको लगानि दिर्घकालिन आम्दानिको श्रोत बन्नेछ । कला तथा साहित्यका क्षेत्रमा समय ब्यतित गर्दा मन हर्षित रहनेछ । खानपानमा भने सजग रहनु होला ।

प्रिय मित्रजनहरुसगँको भेटघाटले मनमा प्रशन्नता दिलाउनेछ । बाणीका कारण सामान्य वाद विवादको सामना गर्नु पर्ने समय रहेकोछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) प्रभाबशालि ब्यत्तित्वको बिकास हुनेछ । कार्य सम्पादनमा आटँ र शाहसको बृद्यि हुने समय रहेकोछ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ ।

नयाँ लगानि गर्न उत्तम समय रहेकोछ । जिवन साथीको साथ सहयोमा नयाँकार्यको थालनि हुने समय रहेकोछ । कार्यसम्पादनमा आएको असहज परीस्थीतिहरु सुधार उन्मुख रहनेछन ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) गैर ब्यत्तिहरुको बिश्वासमा कार्य नसुम्पीनु उत्तम रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि नरहला । पारीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ ।

प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनाले मन प्रशन्न रहला । तात्कालिक खर्चको कारण सामान्य आर्थीक अभाबको सम्भाबना रहेकोछ ।

महिला हिंसा अन्त्यका अनेमसंघले ‘क्वीक एक्सन टिम’ बनाउने

महिला अधिकारका क्षेत्रमा काम गर्दै आएको अखिल नेपाल महिला संघले यो वर्ष पनि महिला हिँसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

हरेक वर्षको २५ नोभेम्वर देखि १० डिसेम्वरसम्म १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध एैक्यवद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न क्रियाकलाप र कार्यक्रमहरु आयोजना हुँदै आएका छन् ।

अखिल नेपाल महिला संघले विहिवार काठमाडौमा महिला हिंसा अन्त्यका लागि अनेमसंघको भूमिका विषयक अन्तरकृया आयोजना गर्यो ।

अनेमसंघको संयोजक थममाया थापाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलमा संलग्न महिलाहरुको सहभागीता रहेको छ ।

कार्यक्रममा संयोजक थापाले महिला हिंसा अन्त्यका लागि अनेमसंघले खेल्नुपर्ने भूमिकाका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । थापाले कार्यपत्र प्रस्तुत गर्दै महिला माथि हुने सबै प्रकारका हिंसाका लागि बै राजनीतिक दलका भगिनी संगठनहरुबीच समन्वय गर्नुपर्ने सुझाव प्रस्तुत गरिन् ।

राज्यका सबै संरचना संघ, प्रदेश र स्थानिय तहमा संरचना निर्माण गरेर घटनास्थलमै पुगेर तत्काल एक्सन लिनेगरी परिचालन गर्नुपर्ने सुझाव राखिएको थियो ।

संरचनामा राजनीतिक दलका प्रतिनिधि सहित धार्मीक सांस्कृतिक संगठनका जनप्रतिनिधि र गैरसरकारी संस्थाका प्रतिनिधि र मन्त्रालयका सचिव समेत समेट्नुपर्ने सुझाव राखिएको छ ।

अन्तरकृयामा आएका सुझावहरुलाई समेटेर अनेमसंघले संचरना निर्माणमा पहल गर्ने योजना समेत बनाइएको छ ।

अनेमसंघले वर्षभरी नै महिलाका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको भएपनि यो वर्ष ८ मार्चमा विशेष कार्यक्रम सहित यो अभियानको समापन गर्ने प्रचार तथा प्रकाशन विभागका अध्यक्ष शर्मिला कार्कीले जानकारी दिइन् ।

नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेमसंघका पूर्व अध्यक्षहरु सीता पौडेल, गोमा देवकोटा लगायतको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button