
माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्न मलाई बहु’ला कुकुरले टो के को छ र ?
काठमाडौँ । आइतवार बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकमा माधव कुमार नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव नेता पृथ्वीसुब्बा गुरुगंले ल्याए । आइतवार प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले केही प्रतिकृया दिएनन् ।

उता वरिष्ठ नेता माधव कुमार नेपालले भने आफुलाई प्रधानमन्त्रीको प्रस्ताव आएको बताए । बानेश्वरमा आयोजित पत्रकार भेटघाटमा नेता नेपालले यस्तो बताएका थिए ।

तर सोमवार भने प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव नगरेको बताएका छन् । आफूलाई प्रधानमन्त्रीको अफर आएको भनेर नेपालले झुटको खेती गरेको उनको आरोप छ ।
बालुवाटारमा सोमवार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले माधव नेपाल प्रचण्डको पुच्छार भएको टिप्पणी गर्दै आफूले प्रधानमन्त्रीको प्रस्ताव राखेको भनेर झुटको खेती गरेको बताए । प्रधानमन्त्री ओलीले नेता नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको बताए ।
ओलीले भने, ‘माधव नेपाल भोलि शेरबहादुर देउवाको पार्टी पनि ज्वाइन गर्न सक्छन् । प्रचण्डको पार्टी त ज्वाइन गर्नु नै छ । उनको गन्तव्य त्यही हो । माधव नेपाल भनेको प्रचण्डको मामुली कार्यकता हुन् ।
तर, अहिले धाक लगाएका छन्, केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्यो । मलाई बहु’ला कुकुरले टो के को छ र कोही मान्छे नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव राख्न ?’
प्रधानमन्त्री ओलीले नेपाललाई ‘लाजशरम पचेको मान्छे’को संज्ञा दिए । ‘यतिसम्म पनि मान्छे पतन हुँदा रहेछन् । आफ्नो सरकार ढाल्ने, कम्युनिष्ट आन्दोलन सिध्याउने, विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने हिँड्ने, अनि नेकपा एमालेको वरिष्ठ नेता भन्ने । यस्तो लाजशरम पचेको मान्छे ।’ प्रधानमन्त्री ओलीले भने ।
लकडाउनमा भोकालाई निशुल्क खाना खुवाइरहेकाहरु पक्राउ, उनीहरुले प्रयोग गरेको जमिन पनि प्रहरीले खाली गरायो
महामारीको समयमा काम नपाएर भोको पेट भएकाहरुलाई निशुल्क खाना खुवाउँदै आएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले भोकाहरुलाई खाना खुवाउन प्रयोग गरेको ठाउँ पनि खाली गराइएको छ ।
काठमाडौंको अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटनजिकै हाम्रो टिम नेपालले लकडाउनमा काम गुमाएर भोको पेट हुनुपरेकालाई खाना खुवाउँदै आएको थियो ।
उनीहरुले निशुल्क वितरण गर्दै आएको खाना खान टाढावाट त्यहाँ विपन्नहू पुग्ने गरेका थिए । तर सोमवार उनीहरुले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा खाली गरिएको छ। काठमाडौं महानगर प्रहरी र नेपाल प्रहरीको टोलीले सार्वजनिक जग्गा सोमबार खाली गराएको छ ।
अब भोको पेट हुनेहरुले कहाँ खाना खान्छन् त्यसको कुनै ठेगान छैन । प्रहरीले सार्वजनिक जग्गाको प्रयोग गरेको भन्दै टिमका केहीलाई नियन्त्रणमा समेत लिएको छ।
हामी सरकारी जग्गामा खाना बनाइरहेका थियौं। सरकारी जग्गामा बस्न त पाइएन। तर हामीले खाना बनाउन बनाएका संरचना पनि प्रहरीले भत्काइदिएको छ हाम्रो टिम नेपालका बब्लु गुप्ताले भने,’ मेयर र स्थानीयहरूले उठेरहरू जानू भनेपछि लगिएको हो।
उनले वडा कार्यालयले आफुहरुलाई अनुमति दिएका कारण आफुहरु त्यहाँ खाना बनाइरहेको बताएका छन् । प्रहरीले हाम्रो टिम नेपालका संयोजक विमल पन्तलगायत २३ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई नगर प्रहरी कार्यालयमा राखिएको परिसरले जनाएको छ।



