देउवालाई चुनौती दिन यी ११ नेता अघि आएपछि……
नेपाली कांग्रेसको सभापतिका लागि १२ जनाले दाबी गरेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा मात्रै ८ जना दाबेदार छन्। सभापति शेरबहादुर देउवा पक्षमा देउवासहित विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको दाबी छ। कृष्णप्रसाद सिटौलासमेत सभापतिको चर्चामा छन्।

शुक्रबार भएको पौडेल पक्षको भेलामा ८ जनाले सभापतिका लागि दाबी गरेका छन्। स्वयं पौडेल, महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, डा। शेखर कोइराला, सुजता कोइराला, अर्जुननरसिंह केसी, डा। रामशरण महतले दाबी गरेका छन्।

यस्तै युवा नेता कल्याण गुरुङले पनि आफू सभापतिको उम्मेदवार हुने घोषणा गरे।
पौडेलले आफू एक पटक मात्रै चुनाव लड्ने भन्दै सहयोगका लागि आग्रह गरेका छन्। अब देउवा र पौडेलबाट नचल्ने भएकाले आफूलाई उम्मेदवार बनाउन अन्य नेताले आग्रह गरेका छन्। डा.शेखर कोइरालाले विगत लामो समयदेखि सभापतिका लागि भन्दै अभियान नै सञ्चालन गरिरहेका छन्।
आगामी १४ औं महाधिवेशनमा आफ्नो समूह एक भएर जानुपर्ने विषयमा पौडेल पक्षको भेलामा छलफल भएको थियो। आफ्नो समूह एक भएर चुनाव लड्नुपर्छ भन्ने विषयमा छलफल भएको नेता गुरुङले बताए। उनले भने, ‘तर निचोडमा पुगेको छैन, छलफल जारी छ।’ उनले जनचाहनाअनुसार नै युवा नेतृत्व गरेर आफू चुनावमा जाने बताए।
आगामी महाधिवेशनमा ५० प्रतिशत नयाँ महाधिवेशन प्रतिनिधि आउने भएकाले आफूलाई जित्न सजिलो हुने उनको दाबी छ। ‘५० प्रतिशत महाधिवेशन प्रतिनिधि नयाँ आउँछन्, पुराना राजनीतिक नियुक्तिलगायतका विषयमा भएको काखापाखाले नेतृत्वसँग रुष्ट छन्,’ उनले भने।
पौडेल पक्षको भेलामा क्रियाशील सदस्यताको छानबिनको कस्तो मापदण्ड बनाउने भन्ने विषयमा छलफल भएको युवा नेता गुरुङले जानकारी दिए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
ओली पक्षको स्थायी कमिटी बैठकमा माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव आएपछि…..
नेकपा एमालेको आइतवार बसेको स्थायी कमिटीको बैठकमा अनौठो प्रस्ताव आयो । जसमा अध्यक्ष केपी शर्मा ओली मौन भए । आइतवार एमालेको स्थायी कमिटी बैठक बसेको थियो ।
वैठककैबीच पार्टी भित्र देखिएका विवाद समाधान गर्न र पार्टी एकता जोगाउन वरिष्ठ नेता माधव कुमार नेपाललाई अध्यक्ष बनाउनुपर्ने प्रस्ताव अचानक आयो ।
वैठकमा अप्रत्यक्ष रुपमा पार्टी एकता कायम राख्न अध्यक्ष ओलीले अधिकतम लचकता देखाउनुपर्ने राय नेताहरुले राखे । बैठकमा ओली पक्षका नेताहरु मात्र सहभागी थिए । माधव नेपाल पक्षका नेताहरुलाई खबर पनि गरिएको थिएन ।
बैठकमा नेताहरुले एकता जोगाउनु अनिवार्य रहेकाले हदसम्मको लचकता अपनाउनुपर्ने सुझाव नेताहरुले अध्यक्ष ओलीलाई दिए । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कदम अघि सरेर अनौठो प्रस्ताव राखे ।
उनले माधव नेपाललाई अर्को अध्यक्ष बनाउँदा एकता जोगिन्छ भने त्यहाँसम्म पुग्नुपर्ने सुझाव दिए । शुब्बाले त्यस्तो प्रस्ताव राख्दा अध्यक्ष ओलीले भने कुनै प्रतिकृया नदिएको सहभागी एक नेताले जनाएका छन् ।
उनले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० हुँदा प्रचण्डलाई अध्यक्ष बनाउँदा जस्तै एमालेमा पनि दुई अध्यक्षको प्रावधान राखेर नेपाललाई पनि समेट्न सुझाव दिइएको थियो ।
‘प्रचण्डलाई तपाईंले अध्यक्ष बनाएको होइन, वामदेव गौतमलाई विधानमै नभएको उपाध्यक्ष बनाएको होइन रु,’ गुरुङले भने, ‘अहिले एमालेको एकता आवश्यक छ । माधव नेपाललाई अध्यक्ष बनाउँदा पार्टी ठीक ठाउँमा आउँछ भने त्यहाँसम्म पुग्नुपर्छ ।’
उनले यस्तो प्रस्ताव राख्दा बैठकमा उपस्थित नेताहरुले पनि कुनै प्रतिकृया दिएनन् । अध्यक्ष ओली पनि मौन रहेको नेताहरुले बताएका छन् । अन्य नेताहरुले प्रतिकृया दिएनन् तर कसैले उनको प्रस्तावमा विरोध पनि जनाएका छैनन् ।



