गण्डकी प्रदेशमा भाँडभैलो : मन्त्री आचार्यले लिन मानेनन् उर्जा मन्त्रालय, दीपक मनाङे भन्छन् ‘मलाई मुख्यमन्त्री नै चाहिन्छ’

काठमाडौं । केही दिन अघि मात्र मुख्यमन्त्रीमा निर्वाचन जितेका कृष्णचन्द्र नेपाली पोखरेललाई मन्त्रालय बाँडफाँड फलामको चिउरा चपाउनु जत्तिकै भएको छ ।

मन्त्रालय भागवण्डामा कुरा नमिलेपछि उनले नियुक्त गरेका मन्त्रीहरुले नै चेतावनी दिन थालेका छन् । गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले केही दिन अघि मन्त्रीमण्डल गठन गरेका थिए । तर एउटै मन्त्रालयमा धेरै आकांक्षी भएपछि उनलाई कार्य विभाजन गर्न कठिनाई भएको हो ।

पोखरेलले दुई सातादेखि विना विभागीय रहेका मन्त्रीहरुलाई दलहरुबीच मन्त्रालय भागवण्डा हुँदा फेरिन सक्ने गरी मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

उनले आफूसँगै शपथ लिएका नेपाली कांग्रेसका कुमार खड्कालाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र नेकपा माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

जसपाबाट सरकारमा सहभागी विना विभागीयमन्त्री हरिशरण आचार्यलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र अर्का विना विभागीय मन्त्री दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव गरेका थिए ।

तर दुवैले आफुहरुलाई प्रस्ताव गरेको मन्त्रालयमा चित्त बुझाएनन् । उर्जा मन्त्रालयमा चित्त नबुझाएका आचार्यले अर्थ मन्त्रालय मागेका छन् भने दीपक मनागंले भौतिक पूर्वाधार मन्त्रालय मागेका छन् ।

उनले त्यो मन्त्रालय नपाए आफै मुख्यमन्त्री बन्ने दावी पनि गरेका छन् । आचार्यले उर्जाको जिम्मेवारी लिन अस्वीकार गरेका छन् ।

सार्वजनिक यातायातको भाडा बढ्ने, कहिले देखि खुल्छन् गाडी ?

महामारीका कारण लागू गरिएको निषेधाज्ञा अझै पनि जारी छ । सार्वजनिक सवारी साधन संचालन भएका छैनन् । सार्वजनिक सवारी संचालन नहुँदै त्यसो भाडा भने बढाउनुपर्ने निष्कर्ष सरकारी निकायले निकालेको छ ।

सार्वजनिक वैज्ञानिक भाडा समायोजनबारेको अध्ययन प्रतिवेदनमा भाडा बढाउनुपर्ने उल्लेख छ । सो प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगिसकेको छ ।

२०६९ सालदेखि वैज्ञानिक रुपमा भाडा समययोजन नभएको उल्लेख गर्दै भाडा बढाउनुपर्ने निष्कर्ष निकालिएको छ । ब्यवसायीले पनि भाडा समायोजन नगरिएको गुनासो गर्दै आएका छन् ।

तेलको मूल्यमा भएको घटबढका आधारमा पटक(पटक भाडा समायोजन भएकाले अब कसरी भाडा समायोजन गर्ने भन्नेबारे निर्णय लिन मन्त्रालयमा प्रतिवेदन पठाइएको छ ।

सरकारले २०६५ फागुन २० गते वैज्ञानिक भाडादर समायोजन सम्बन्धी कार्यविधि जारी गरेको थियो । अहिले बुझाएको प्रतिवेदनमा विभागले कति प्रतिशत भाडा बढाउने भनेर किटान भने गरेको छैन ।

यातायात व्यवस्था विभागका प्राविधिक उपसचिवको संयोजकत्वमा समिति बनाएर समायोजनको लागि अध्ययन भएको थियो ।

यातायात व्यवसायीहरुले पेट्रोलियम पदार्थ र सवारीजन्य पार्टपुर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाएर भाडा बढाउन सरकारलाई वैशाख १५ गतेसम्मको अल्टिमेटम दिएका थिए । तर, महामारी नियन्त्रणका लागि निषेधज्ञा लागू भएपछि व्यवसायीहरु सवारी थन्क्याएर बस्न बाध्य छन् ।

एक विद्यार्थीले एक रुख रोप्नै पर्ने

महामारीका कारण विद्यालय नखुलेको समयमा जिल्लाको बर्दिबास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लाका विद्यार्थीले ‘एक विद्यार्थी, एक रुख’ अभियान सञ्चालन गरेका छन् ।

चुरे संरक्षणको विषय र वनजङ्गलको कुरा जोडिएर जताततै बहस बढिरहेका बेला प्रत्येक विद्यार्थीले आफ्नो घरआँगनमा कमसेकम एउटा फलपूmलको बिरुवा रोपेर हुर्काउनै पर्ने ‘एक विद्यार्थी, एक रुख’ अभियान सञ्चालन गरेका हुन् । विद्यार्थीको यो अभियानमा जनसहयोगी युवा सञ्जाल बर्दिबासले डिभिजन वन कार्यालय महोत्तरीसँग समन्वय गरेर फलफूलका बिरुवा उपलब्ध गराएको छ ।

असारको दोस्रो साता प्रारम्भसँगै पशुपतिनगरका प्रत्येकजसो घरआँगन र करेसाबारीमा सञ्चालन गरिएको यो अभियानअन्तर्गत पहिलो चरणमा ५०० बिरुवा रोपिएका छन् ।

अहिले आँप, लिचीलगायतका बिरुवा रोपिएका विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताउनुभयो । चुनौती बन्दै गएको चुरे र वन संरक्षणको मुद्दामा विद्यार्थीको यो अभियानसँगै नयाँ विषयले प्रवेश पाउने विद्यालय नजिकैका बासिन्दा तथा अभिभावक अमृतकुमार महतो बताउनुहुन्छ ।

“अभियानको अभिष्ट विद्यार्थीले एउटा बिरुवा रोपेर हुर्काउनुमा मात्र सीमित छैन”, विद्यालयको भौतिक र शैक्षिक अभियानमा जोडिँदै आउनुभएका महतोले भन्नुभयो, “जनजनलाई रुखबिरुवा र प्रकृति संरक्षणबारे सचेत र सजग गराउने पनि अभियानको उद्देश्य छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button