
पदमुक्त भएको भोलीपल्टै छोडे यि नेताले मन्त्री क्वाटर, उही दिन फिर्ता पठाए सुरक्षा गार्ड र गाडी
काठमाडौ । पद गएपछि पनि केही समय सरकारी सुविधा उपभोग गर्ने सामान्य परम्परालाई तोडेर मन्त्रीबाट पदमुक्त भएको भोलिपल्टै निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश पहाडीले क्वाटर छोडेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत आफुले क्वाटर छोडेको जानकारी दिएका छन् ।

उनी तेह्र दिन मात्रै मन्त्री हुन पाएका थिए । पछिल्लो पटक मन्त्री भएका २० जनाको मन्त्रीपद सर्वोच्चको फैसलाले खाइदिएको थियो । सर्वोच्चको फैसला भएको भोलीपल्टै उनले मन्त्री निवास छोडेका हुन् । उनले मन्त्रीको हैसियतमा पाएको गाडी र सुरक्षा गार्ड भने मंगलबार नै फिर्ता पठाएका थिए।
मंगलबार सर्वोच्च अदालतले २० जना मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएलगत्तै उनले गाडी र सुरक्षागार्ड फिर्ता पठाएका हुन् । प्रधानमन्त्री ओलीले तत्काल मन्त्री निवास नछाड्नु भनेको कुरा सार्वजनिक भएको भएपनि उनले भने छोड्ने निर्णय गरे ।
मन्त्री पद गए लगत्तै निवर्तमान मन्त्रीहरु बालुवाटार प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका थिए ।
उनले स्थानीय बजेट तथा कार्यक्रम तर्जुमा समिति र अनुगमन तथा सुपरीवेक्षण समितिको कार्यसञ्चालन कार्यविधि (नमूना) मस्यौदा निर्माण स्वीकृत, स्थानीय विपद जोखिम न्यूनिकरण रणनीतिक कार्ययोजना तर्जुमा दिग्दर्शन, २०७८ निर्माणरस्वीकृत लगायत काम गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
सञ्जालमा उनले पार्टीभित्रको आन्तरिक एकता मजबुत बनाउन इमान्दार प्रयत्न गर्ने समेत उल्लेख गरेका छन्। तपाईं(हामी सबैलाई थाहा छ, म आबद्ध पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आन्तरिक जीवन यतिबेला निकै नै संकटग्रस्त छ,ु पहाडीले समाजिक सञ्जालमा भनेका छन्, ुआफ्नो क्षमताले भ्याएसम्म पार्टीभित्रको आन्तरिक एकतालाई मजबूत बनाउन हरसम्भव इमान्दार प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’ एमाले वरिष्ठ नेता माधव नेपाल पक्षमा रहेका पहाडी अन्तिम समयमा ओली पक्षमा लागेर मन्त्री बनेका थिए।
बिहेमा गएका श्रीमान फर्केर घरमा आउदा कोठामा श्रीमतीसंग अर्कै परपुरूष देखेपछि ……
असार ३ गते अनिल काहारको छिमेकीको बिहे थियो। त्यो बिहेमा अनिल गएका थिए। घर फर्केर आउँदा उनले आफ्नो कोठामा श्रीमतीसंगै अर्का पुरुषलाई पनि देखे । उनले त्यो देखेर सहन सकेनन् ।
आफ्ना दाईलाई बोलाए, दाई र आफु मिलेर श्रीमतीसंगै कोठामा भेटिएका विजयवहादुर कुर्मीको ज्या न लि’ए ।
कपिलबस्तु नगरपालिका ८ बेलौहमा भएको यो घटनामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका ८ बेलौहवाका ३२ वर्षीय रमेश काहार, २३ वर्षीय अनिल काहार र २२ वर्षीया बास्मती काहार छन्। बास्मती अनिलकी श्रीमती हुन् भने रमेश अनिलका दाजु हुन्।
कपिलवस्तु प्रहरीका अनुसार सोही ठाउँका १८ वर्षीय विजयबहादुर कुर्मी अनिलको कोठामा अनिल नभएको बेलामा श्रीमतीसंगै फेला परेका थिए । कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार असार ७ गते कुर्मीको शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
स्थानिय एक पोखरीमा भेटिएको शव कुर्मीको हो भन्ने पहिचान खुलेपछि सम्बन्धीत ब्यक्ति खोज्दै जाँदा प्रहरी विवाहेत्तर सम्बन्धका कारण घटना भएको निष्कर्षमा पुगेको छ ।
अनुसन्धान गर्दै जाँदा उनको असार ४ गते घटना भएको खुलेको छ । असार ३ गते अनिल काहारको छिमेकीको बिहे थियो। त्यो बिहेमा अनिल गएका थिए। विवाहमा सहभागी भएर उनी विहान पख रातीनै घर फर्किएका थिए ।
रातीको समयमा कुर्मीलाई आफ्नो कोठामा देखेपछि घटना भएको हो । कुर्मीसँगै उनकी श्रीमती बास्मती पनि थिइन्।



