आफुले पठाएका ११ मन्त्री एकैपटक निकालिएपछि के गर्दैछन् महन्त ठाकुर ?

काठमाडौ । जसपाका नेता महन्त ठाकुरका लागि मंगलवार झट्का दिने खालको घटना भयो ।

सर्वोच्च अदालतले उनको पार्टीवाट निर्णय गरेर पठाएका ११ जनाको मन्त्रीपद एकै पटक खारेज गरिदियो । प्रधानमन्त्री केपी शर्मा ओली आफुहरुको माग प्रति सकारात्मक भएको निष्कर्ष सहित जसपाको ठाकुर पक्ष सरकारमा जाने निर्णयमा पुगेको थियो ।

तर कम्तीमा ६ महिना सरकार चलाउन पाइएला भन्ने आश गरेका ठाकुरले १५ बित्दा नबित्दै यस्तो निर्णय आउला भन्ने सोचेका थिएनन् होला सायद । सर्वोच्च अदालतको आदेशसँगै एकसाथ ११ मन्त्री पद गुमाए पछि ठाकुर अबको रणनीति तय गर्न छलफलमा जुटेका छन् ।

अनौपचारीक रुपमा छलफलमा रहेका उनले अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न विहिवार दिउँसो १ बजे बबरमहलमा नेताहरुलाई भेलाका लागि बोलाएका छन् । 

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने एक नेताले जानकारी दिए। जसपाको ठाकुर पक्षबाट नेता राजेन्द्र महतोसहित केपी ओली नेतृृत्वको सरकारमा ९ मन्त्री र २ राज्यमन्त्री बनेका थिए।

तर दोस्रोपटक संसद् विघटनछि कामचलाउ प्रधानमन्त्री बनेका ओलीले गरेको मन्त्रिपरिषद् पुनगर्नठन अवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि एक महिना पनि नपुग्दै जसपाका सहित २० मन्त्रीको पद गुमेको हो। जसमा जसपाका ११ मन्त्री थिए ।

आफ्नै पार्टीका उपेन्द्र यादव र डा बाबुराम भट्टराई समुहले विरोध गर्दा गर्दै ठाकुरले सरकारमा जाने निर्णय गरेका थिए । जसका कारण पार्टी समेत विभाजनको संघारमा पुगेको छ ।

फाष्ट ट्रयाकको सुरुङमार्ग डिजाइन गर्न यति ठूलो चिनियाँ टोली काठमाडौ विमानस्थलमा ओर्लियो

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं(तराई(मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको टोली काठमाडौँ आइपुगेको छ।

कोभिड–१९ को संक्रमण जोखिमका कारण आवतजावतमा कठिनाइ भइरहेकै बेला नेपाली सेनाका समन्वयमा ग्वाञ्जाओबाट चार्टर्ड उडानमार्फत् चिनियाँ कम्पनीको विशेषज्ञ टोली बुधबार काठमाडौँ आएको हो।

चिनियाँ टोलीले दु्रतमार्गअन्तर्गत प्याकेज नम्बर २ को धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का पाएको छ। सुरुङ डिजाइनको मुख्य कामका लागि आएको टोलीमा कम्पनी परियोजना प्रबन्धक तथा सुरुङ, पुल र सडक इञ्जिनीयर सहितको १४ सदस्यीय विज्ञ समूह संलग्न रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए।

राष्ट्रिय गौरवको प्राथमिकताप्राप्त काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित धेद्रे–लेनडाँडा सुरुङमार्ग रु २८ अर्ब ५३ करोड लागतमा निर्माण गर्न पोली च्याङ्दासँग गत वैशाख ३१ गते सम्झौता भएको थियो।

टोलीले कार्यालय स्थापना गरी डिजाइनको कामलाई तीव्रता दिने छ। कम्पनीको नेपालमा रहेको समूहले स्थानविशेषमा गई यसअघि नै सर्भेको काम शुरु गरिसकेको छ।

सम्झौता भएको छ महिनाभित्र डिजाइनको काम पूरा गर्ने अठोट र तदारुकता देखाएर पोली च्याङ्दाको टोली काठमाडौँ आएको हो। डिजाइन तयार भएको तीन वर्षभित्र सुरुङ निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ।
द्यष्मजबिद

सेनाले द्रुतमार्गको प्याकेज नम्बर १ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेशन लिमिटेड र प्याकेज नम्बर २ का लागि पोली च्याङ्दा इञ्जिनीयरिङ कम्पनी लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो।

पहिलो प्याकेज करीब रु २१ अर्ब तीन करोडमा निर्माण गर्ने सम्झौता भएको छ। पहिलो प्याकेजमा एउटा र दोस्रो प्याकेजमा छोटाछोटा दुई सुरुङ छन्।

सम्झौता पत्रमा द्रुतमार्गका तर्फबाट प्रमुख सहायकरथी विकास पोखरेल र निर्माण कम्पनीका तर्फबाट प्याकेज नम्बर १ का लागि कार्यकारी निर्देशक सु यान र प्याकेज नम्बर २ का परियोजना प्रबन्धक प्रमुख झु तीनग्यु बारबराले हस्ताक्षर गरेका छन्।

सम्झौता बमोजिम निर्माण कम्पनीलाई छ महिना डिजाइन अवधि र तीन वर्ष निर्माण समय प्रदान गरिएको छ।

आयोजनालाई तोकिएको अवधिभित्र सम्पन्न गर्न सेनाले बनाएको ११ क्लष्टरमध्ये बाँकी नौ क्लष्टरका ठेक्का अघि बढ्ने क्रममा छ। त्यसपछि समानान्तररुपमा सबै कामले एकै चोटि गति लिने प्रवक्ता पौडेलले बताए।

एशियाली राजमार्गको मापदण्डका आधारमा बनाइन लागेको द्रुतमार्गको निर्माणपछि मध्य र पूर्वी तराईबाट काठमाडौँ उपत्यकामा आवतजावत गर्न सडक यातायातको दूरी उल्लेख्यरुपमा घट्ने छ।

ललितपुरको खोकनाबाट शुरु भई बाराको निजगढमा पूर्वपश्चिम राजमार्गमा पुगेर जोडिने द्रुत राजमार्ग निर्माणले मुलुकको आर्थिक विकास र समृद्धिमा कायपलट ल्याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button