के आज एमाले फुट्छ ? माधव नेपाललाई दिएको २४ घण्टे अल्टिमेटम सकिदै, नेता भन्छन्, ‘कतिपय कुरा पर्दा खुलेपछि मात्रै देखिन्छन्’

काठमाडौ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आज बिहान एपी वान टेलिभिजनमा भएको संवादमा अदालतमा संसद् विघटनको बहस सुरु हुनुअगावै पार्टी एक नभए दुई ध्रुवमा परिणत हुने टिप्पणी गरेका छन् ।

उनका अनुसार खनाल–नेपाल समूहलाई दुई दिनको समय छ ।
उनको यो कुराले माधव नेपाल पक्षलाई अब कित्ता क्लीयर गर्न मंगलवार सांझ सम्मको मात्र समय छ ।

कर्णाली प्रदेशका ४ सांसदको पुनर्बहालीविरुद्ध प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले हालेको पुनरवलोकन निवेदन (भ्याकेट) को सुनुवाइ मंगलवार भइरहेको छ ।

गएको जेठ २७ गते सर्वोच्च अदालतले कर्णाली प्रदेशका एमाले सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अमरबहादुर थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो । महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नसक्ने निर्णय सर्वोच्चले सुनाएको थियो ।

चार संसदले अदालतमा उजुरी दिएपछि सर्वोच्चले महाधिवेशन आयोजक कमिटीलाई अवैध ठहर गरेको हो । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासबाट भएको अन्तरिम आदेश बदर गर्न माग गर्दै प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा दिएको निवेदनमा सुनुवाई भइरहेको हो ।

निवेदनमा नेकपा एमालेको केन्द्रीय कमिटी नै महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण भएकाले केन्द्रीय कमिटीको अधिकार प्रयोग गर्न बाधा नपर्ने दाबी गरिएको छ ।

घटनाक्रम यसो हुँदै गर्दा यस पार्टीका नेता विष्णु रिजालले कतिपय कुरा पर्दा खुलेपछि मात्रै देखिने बताएका छन्। ७० को दसकमा सिक्किममा भएको राजनीतिक घटना स्मरण गराउँदै नेता रिजालले एमाले एकताका सवालमा पनि त्यही कुरा लागू हुन सक्नेतर्फ सचेत गराएका हुन्।

‘जेठ २ मा फर्किन नेताहरू सहमत भइसकेपछि एमालेको एकतामा विलम्ब हुनुपर्ने वैध कारण छैन। कतिपय कुरा पर्दा खुलेपछि मात्रै देखिन्छन्,’ मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘७० को दसकमा सिक्किममा राजा नाम्ग्याल र काजी लेन्डुपलाई भिडाउनेहरू साँझ एउटै टेबुलमा बसेर योजना बनाउँथे भन्ने थाहा पाउँदा निकै ढिलो भइसकेको थियो।’

एमालेमा रहने कि नरहने! यी दुई न्यायाधीसले गर्दैछन् माधव नेपालको बारेमा आज महत्वपूर्ण फैसला

नेपाल कम्युनिष्ट पार्टी एमाले भित्रै रहने या अलगै हुनेबारे नेता माधव कुमार नेपालसम्बन्धि आज फैसला हुँदैछ । यो एमालेले कर्णालीमा फ्लोर क्रस गर्ने पार्टीका चार जना सांसदहरूलाई कारबाही गर्न नमिल्ने सर्वोच्चको आदेशमा पुनरावलोकन निवेदन भ्याकेट को आज सुनुवाइ पछि यसको फैसला हुने भएको हो ।

यसको सुनवाई न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासमा हुँदैछ ।

तर नेता नेपाल भने एमालेको भ्याकेटमा जाने निर्णय सही नभएको भन्दैछन् । उनले पार्टी अध्यक्ष केपी ओलीले छल गरेको र खेल खेलेको आरोप समेत लगाएका छन् ।

नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीलाई फेसबुकमा एक स्टाटस लेखेर छल गरेको आरोप लगाएका छन् । नेता नेपालले एकताको प्रयासलाई ओलीले भंग गर्न खोजेको आरोप समेत लगाएका छन् ।

नेता नेपालले फेसबुकमा एक स्टाटस लेखेर आफ्नो धारणा राख्दै नेपालले कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि ओली फेरि भ्याकेटमा जानुले एकता नचाहेको पुष्टी भएको दावी गरेका छन् ।

भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ भनेर नेता नेपालले भनेका छन् । नेपालले आफूहरुले एकता बचाउन गरेको प्रयासलाई कमजोरीको रुपमा नलिन चेतावनी पनि दिएका छन् ।

नेता नेपाल लेख्छन्, कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ । स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो ।

जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो ।

सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्म स म र्प ण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ । सहजै देख्न सकिन्छ ।

असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button