
ओलीले गरे यस्तो निर्णय, नेपाल पक्षलाई कित्ता क्लीयर गर्न २४ घण्टे अल्टिमेटम ?
काठमाण्डौ । नेकपा एकताका लागि दोस्रो तहका नेता वार्तामै रहेका बेला प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्माको एक निर्णयले फेरी एकता अप्ठेरोमा परेको नेताहरुले बताएका छन् ।

ओलीले सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावेदनका लागि निवेदन दिएसँगै एकता संकटमा परेको हो । यसअघि सर्वोच्च अदालतको आदेशले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली हुने गरेर अन्तरिम आदेश दिएको थियो । ओलीले गठन गरेको महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्चले मान्यता नदिएको यो निर्णयवाट पुष्टि हुन्छ ।

गएको जेठ २७ गते सर्वोच्च अदालतले कर्णाली प्रदेशका एमाले सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अमरबहादुर थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो । महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नसक्ने निर्णय सर्वोच्चले सुनाएको थियो ।
भन्दै चार संसदले अदालतमा उजुरी दिएपछि सर्वोच्चले महाधिवेशन आयोजक कमिटीलाई अवैध ठहर गरेको हो । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासबाट भएको अन्तरिम आदेश बदर गर्न माग गर्दै प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा निवेदन दिएका हुन् ।
निवेदनमा नेकपा एमालेको केन्द्रीय कमिटी नै महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण भएकाले केन्द्रीय कमिटीको अधिकार प्रयोग गर्न बाधा नपर्ने दाबी गरिएको छ ।
ओली पक्ष ुभ्याकेटुमा गएसँगै असन्तुष्ट खनाल–नेपाल समूह थप सशङ्कित बनेका छन् । खनाल–नेपाल समूहका नेताहरूले यसलाई पार्टी एकता नगर्ने षडयन्त्रका रूपमा लिएका छन् । दुवै समूहका दोस्रो तहका नेताहरूबीच सहमति खोज्ने प्रयास भइरहँदा सर्वोच्चको आदेशविरुद्ध पुनरावलोकनका लागि जानुले सहमतिको वातावरण बिथोलिएको उनीहरूको भनाइ छ ।
यद्यपि ओली समूहका नेताहरूले भने भ्याकेटमा गएकै आधारमा सहमतिको वातावरण नबिग्रिने बताउँदै आएका छन् ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आज बिहान एपी वान टेलिभिजनमा भएको संवादमा अदालतमा संसद् विघटनको बहस सुरु हुनुअगावै पार्टी एक नभए दुई ध्रुवमा परिणत हुने टिप्पणी गरेका छन् । उनका अनुसार खनाल–नेपाल समूहलाई दुई दिनको समय छ ।
चर्चित दोहोरी गायिका ज्योति मगरको काठमाडौंमा भव्य घर र लग्जरी कार, भन्छिन : घरज्वाँई बस्ने केटा खोज्दै छु तर ……
चर्चित लोक तथा दोहोरी गायिका तथा मोडल ज्योति मगरले काठमाडौंमा भव्य घर बनाएकी छिन् । कलाकारिता बाटै उनले काठमाडौंमा घर बनाएको कुरा पहिले नै बताएकी थिइन् ।
कोरोना महामारी शुरु भन्दा पहिले नै बनाइसकेको घरमा हाल उनी बस्दै आएकी छिन् । विकट गाउँ रोल्पामा जन्मेर काठमाडौंमा संघर्ष गर्दै आफूले घर बनाएको कुरामा उनी गौरव गर्छिन् ।
काठमाडौंको कोटेश्वरमा उनले तीन तलाको भव्य विशाल घर बनाएकी छन् । अविवाहित गायिका मगरले अब बिहे गर्ने इच्छा पनि प्रकट गरेकी छन् । उनले आफुले घरज्वाँई बस्ने दुलाह खोजिरहेको तर मन मिल्ने मान्छे नपाएको पनि उल्लेख गरिन् ।
रमाइलो गर्दै उनले भनिन् घर भैसक्यो अब घरजम गर्ने तयारीमा छु । ज्योती मगर विशेषगरी उनका गीत र भिडियो अनि समय समयमा दिने बयानका कारण प्रायः चर्चामा रहने गर्छन् ।
नेपाली समाजले उनका धेरै गीतहरूलाई पाच्य मान्दैन । दशकभन्दा लामो समयदेखि कलाकारीतामा सक्रिय उनले नाम र दाम दुवै कमाएकी छन् । पछिल्लो समयमा उनले आफ्ना गीतहरुमा केही परिवर्तनहरू देखाउन थालेको देख्न सकिन्छ ।
शुरुवातमा उत्ताउला र उच्छृंखल हुने गीतहरू अहिले अलिकति सुधार भएको हुन सक्ने धेरैको बुझाई रहेको छ । उनको घरमा उनका दिदीका छोरा पनि बस्दै आएका छन् । उनीसँग आफ्नै लग्जरी कारपनि छ ।
उनको शौखिन जीवनशैली निक्कै लोभलाग्दो छ । अरु कालाकारको अवस्था हेर्दा र ज्योतिलाई नियाल्दा उनले आकाश, पाताल हुनेगरी आर्थिक रुपमा सम्पन्नता ल्याएकी छिन् ।



