
काबुल विमानस्थलमा वि’ स्फोट : अमेरिकी सैनिकसहित मा रिनेको संख्या ८० पुग्यो, घाइतेको संख्या २ सय नाघ्यो

मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। न्युज एजेन्सीका अनुसार ब’म ह’म’लाको जिम्मेवारी आईएसआईएसको खुरासान ग्रुपले लिएको छ।

अमेरिकी सेन्ट्रल कमान्डका जनरल केनेथ म्याक्यान्जीले मृतकमा मरिन कमान्डका १२ जना रहेको बताएको छ। साथै यस कमान्डका १५ जना घाइते भएका छन्। घटनापछि काबुलको विमानस्थलबाट हुने सबै उडान रद्द गरिएका छन्।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार बिहीबार पहिलो वि’स्फो’ट हामिद कारजाई विमानस्थलको अब्बे गेटमा भएको थियो। त्यसको केही क्षणपछि विमानस्थल नजिकै बैरन होटलछेउमा दोस्रो वि’स्फो’ट भएको थियो। जहाँ बेलातयी सैनिक बसेका थिए।
विमानस्थलबाहिर तीन जना संदिग्ध व्यक्ति देखिएका थिए। यसमा दुई जना आत्मघाती आक्रमणकारी थिए। तेस्रा व्यक्तिचाहिँ बन्दुक लिएर आएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



