
कसैले कोटा र कसैले कोठा नपाउने दिनको अन्त्य गरौँ:उत्सब नरसिंह केसी
काठमाडौं- उत्सब नरसिंह केसीले कोटा र जातीय विभेदले देशको विकासको गतिलाई रोकिरहेको र यसको अन्त्य अपरिहार्य रहेको बताउनुभएको छ।

केसीले जातीय विभेदलाई भाइरसको संज्ञा दिदै यसले र कोटा सिस्टमले देश खोक्रो हुँदै र क्षमतावान पछि पर्दै गइरहेको बताउनुभयो।आफ्नो सामाजिक सञ्जाल ट्विटरमा उहाँले यसो लेख्नुभएको हो।

उहाँ लेख्नुहुन्छ: जातीय भाइरसले देश खोक्रो बन्दै छ।जात र कोटाको अाधारमा कसैले प्राथमिकता पाएकै कारण क्षमतावान पछि परेका छन् र अाज देश यो स्थितिमा आइपुगेको छ।जातीय विभेद र कोटाको अन्त्य गरी समान प्रतिस्पर्धाको आधारमा अघि बढी कसैले कोटा नपाउने र कसैले कोठा नपाउने दिनको अन्त्य गरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



