पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा क्रमिक सुधार

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई आइरहेको ज्वरो कम हुदै गइरहेको छ ।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार हाल ज्वरो नियन्त्रणमा आएको र स्वास्थ्यमा पनि सुधार भइरहेको छ । उनलाई चिकित्सकको उच्च निगरानीमा उपचार भइरहेको छ।’

भट्टराईका अनुसार अपोलो अस्पतालमा निर्भीक खनालसँग बुझ्दा पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्थामा सुधारोन्मुख देखिएको हो ।

खनाललाई गत सोमबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको उनलाई थप उपचारका लागि असार २ गते दिल्ली लगिएको हो।

हेलम्बुमा बग्याे वडा कार्यालय, प्रहरी चौकी र विद्यालय भवन

सिन्धुपाल्चोकमा बाढीका कारण केही कार्यालय र विद्यालय भवन बगेका छन् । यही असार १ गतेदेखि निरन्तर वर्षासँगै आएको बाढी अझै रोकिएको छैन ।

शुक्रबार राति हेलम्बु गाउँपालिका– २ को वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन र विद्यालय भवन बाढीकै कटानका कारण भत्केको छ ।. हेलम्बु– ४ कै ग्याल्थुममा रहेको विद्यालय ईस्ट प्वाइन्ट एकेडेमीको भवन बगेको हो ।

यसअघि नै ती भवनहरू जोखिम सूचीमा राखिएका थिए । शुक्रबार राति आएको थप बाढीले कटान लागेपछि ती भवन बगाएको हो ।

शुक्रबारको बाढीमा थप मानवीय क्षति भने नभएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिएका छन् । उनका अनुसार शुक्रबार भत्किएका भवनहरूमा रहेका महत्वपूर्ण सामानहरू भने पहिले नै सुरक्षित स्थानमा सारिएको थियो ।

मेलम्ची नगरपालिका– ६ तालामाराङमा रहेको तेर्से माध्यमिक विद्यालयको भवनमा समेत क्षति पुगेको बताइएको छ । साथै केही पुलहरु, कुखुरा फार्म लगायत किसानहरुको सयौँ रोपनी खेतीयोग्य जमिन समेत बाढीमा बगेको तथा कटान भइरहेको जनाइएको छ ।

लुम्बिनी विकास कोषलाई स्वास्थ्य समाग्री सहयोग

चीनको लसान जाइण्ट बुद्ध रमणीय क्षेत्र व्यवस्थापन समितिले लुम्बिनी विकास कोषलाई सहयोगस्वरुप उपलब्ध गराएको रु ४० लाख बराबरको स्वास्थ्य सामग्री काठमाडौँ ल्याइएको छ ।

कोषको अनुरोधमा लसान नगरपालिका जनसरकारको तर्फबाट सो समितिले १५ थान अक्सिजन कन्सन्ट्रेटर, ५० हजार सर्जिकल मास्क, दुई हजार पिपिई र दुई हजार नै मेडिकल गगल्स उपलब्ध गराएको हो ।

कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले झण्डै दुई लाख २० हजार चिनियाँ युवान बराबरको स्वास्थ्य सामग्री खुनमिङ सहरबाट हिमालय एअरलाइन्सको चार्टर उडानमार्फत् शुक्रबार बिहान काठमाडौँ आइपुगेको जानकारी दिनुभयो ।

चिनियाँ भगिनी संस्थाको पहलमा अनुदानमा प्राप्त सामग्री सक्दो छिटो लुम्बिनी पठाउने तयारी भइरहेको राइले बताउनुभयो ।

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र चीनको सिछुवान प्रान्तस्थित लसान जाइण्ट बुद्ध रमणीय क्षेत्रबीच तीन वर्षयता भगिनी सम्बन्ध स्थापित छ । यी दुबै युनेस्कोको विश्व साँस्कृतिक सम्पदा सूचिमा सुचिकृत छन् । लशासन पहाडमा खोपिएकोे शाक्यमुनि बुद्धको ढुङ्गाको विशाल मूर्ति विश्वकै सबैभन्दा ठूलो मानिन्छ ।

यसअघि लसानको तर्फबाट कोषलाई उपलब्ध गराइएको १० थान कन्सन्ट्रेटर गत आइतवार काठमाडौँ ल्याइएको थियो । असल मित्र र साझेदारको नाताले लसानले कठिन समयमा नेपाललाई सद्भावको स्वरुप ती स्वास्थ्य सामग्री उपलब्ध गराएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button