
ओली सरकारमा गएका जसपाका ९ मन्त्री निष्कासन
जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र डा.बाबुराम पक्षले पार्टीको निर्णय विपरीत ओली सरकारमा मन्त्री भएका नौ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ।

जसपाको उपेन्द्र यादव र डा।बाबुराम भट्टराई पक्षको बिहीबार बसेको कार्यकारिणी समिति बैठकले महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ, विमल श्रीवास्तव , चन्द्रकान्त चौधरी र रेणुका गुरूङ निष्कासन गर्ने निर्णय गरेको हो।

यो पक्षले उनीहरुलाई यसअघि नै स्पष्टीकरण सोधिसकेको छ। उपेन्द्र डा। बाबुराम पक्ष पहिलो अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई यस अघि नै निष्कासन गरेका छन्। महन्थ राजेन्द्र पक्षले पनि उपेन्द्र यदाव निष्कासन गरेको छ।ओली सरकारमा उपप्रधानमन्त्री राजेन्द्र महतो नेतृत्वमा ९ मन्त्री र दुई राज्यमन्त्री बनेका छन्।
दुवै पक्षको निष्कासन सम्बन्धी कारवाहीलाई निर्वाचन आयोग वैधता दिएको छैन्। आयोगले एक पक्षले अर्को पक्षलाई गरेको कारवाहीलाई मान्यता नदिने फैसला सुनाइसकेको छ।
उपेन्द्र डा।बाबुराम पक्षले पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा पुनः निवेदन दिने भएको छ।
बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। चुरे दोहन गर्न नहुने बैठकले निष्कर्ष निकालेको छ। बैठकले बाढी पहिरोको उद्धारका लागि खट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ।
बाढ़ी पहिरो पीड़ितलाई उद्धार र राहतका लागि सरकारसँग आग्रह गरेको छ।
पहिलो अध्यक्ष महन्थ ठाकुरले दोस्रो वरियताका उपेन्द्र बाबुराम पक्षको बिहीबारका लागि बोलाएको बैठक अवैधानिक र अनाधिकृत भन्दै पार्टीको बैठक नबोलाइएको बताएका छन्।
विज्ञप्ति जारी गर्दै उपेन्द यादवले बोलाएको भनिएको बैठकबाट हुने सबै निर्णय अमान्य हुने भनेका छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
जात थाहा पाएपछि कोठा नदिने घरबेटीविरुद्ध रूपाले प्रहरीमा दिइन् जाहेरी
तल्लो जातको भन्दै कोठा भाडा नदिएको घरबेटीविरुद्ध सञ्चारकर्मी रूपा सुनारले प्रहरीमा जाहेरी दिएकी छिन् ।
संचारकर्मी सुनारले तल्लो जात भन्दै कोठा भाडा नदिएकी काठमाडौं महानगरपालिका– ११ बबरमहलकी सरस्वती प्रधानविरुद्ध बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गराएकी हुन् ।
उनले आफूमाथि भएको विभेदविरुद्ध अधिकारकर्मी , पत्रकार र कानून व्यावसायीको उपस्थिती र छलफल जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन, २०६८ अनुसार प्रहरीमा जाहेरी दर्ता गराएकी हुन् ।
आफूलाई तल्लो जातको भन्दै प्रधानले कोठा भाडामा नदिएको पीडित सुनारको गुनासो छ । कोठा दिन अस्वीकार गर्ने घरबेटीविरुद्ध कारबाही हुनु पर्ने पीडित सुनारको माग छ।
मंगलबार उनी साथीसँग कोठा खोज्न प्रधानको घरमा पुगेकी थिईन् । प्रधानको घरमा कोठा खाली थियो । कुराकानी पछि कोठा दिन मन्जुर भएको, कोठा दिइसकेपछि घरधनी प्रधानले कुन थरको भन्ने प्रश्न गरेको र जवाफमा सुनारले ‘ कामीकी छोरी’ भनेकी थिइन् ।
जवाफ सुन्ने बित्तिकै घरधनी प्रधानले अनकनाउँदै साँझ फोनमा जानकारी दिने बताइन्।
साँझमा रुपासँगै गएकी साथीलाई फोन गरेर यस्तो मान्छे किन ल्याएको भन्दै त्यस्तालाई कोठा दिन नमिल्नै भन्दै जवाफ दिएकी थिइन् । घरबेटीको घरमा कोठा खाली भएपछि रुपाकी साथीलाई कोठा बस्ने मान्छे समेत लिन आग्रह गरेकी थिईन्।
घटना लगत्तै सुनारले मंगलबार साँझ आफूमाथि माथि भएको जातीय विभेदको बारेमा भिडियो सार्वजनिक गरेकी थिईन्।



