रगत पनि चढ्दैन खनालको शरीरमा, शरीर समेत शिथिल भै कामिरहने !

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिएको छ । नर्भिक इन्टरनेशलन अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई नेपाल वायुसेवा निगमको जहाजबाट थप उपचारका लागि अपराह्न साढे १२ बजे नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो ।

उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले दिल्ली पुग्नेबित्तिकै भर्ना भई उपचार शुरु गरिने बताउनुभयो ।

यसैबीच एमालेका महासचिव ईश्वर पोखरेलले नेता खनालको स्वास्थ्यलाभको कामना गर्नु भएको छ । नर्भिक अस्पतालमा पुगी उहाँले स्वास्थ्यलाभको कामना गर्दै नेता खनाललाई छिट्टै निको भएर आउन शुभकामना दिनुभयो ।

सोही अवसरमा नेता खनालले महासचिव पोखरेललाई “तपाईँले पार्टी मिलाउनुहोस् कमरेड” भनी आग्रह गर्नुभएकोथियो ।

नर्भिक अस्पतालमा रहँदा उहाँको स्वास्थ्यावस्था स्थिर रहेको अस्पतालले जनाएको छ । ज्वरोसंँगै थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उहाँलाई यही जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो ।

नेता खनालको फोक्सोमा पानी जमेको र सोही कारणले अक्सिजनको कमी देखिएको थियो । नर्भिकमा उहाँको उपचारमा संलग्न छातीरोग विशेषज्ञ डा ब्रजेन्द्र श्रीवास्तवले उहाँको ज्वरो उल्लेख्य घट्न नसकेको र पिसाब तथा रगतमा इन्फेक्सन देखिएको बताउनुभयो ।

हेमोग्लोबिनको मात्रामा कमी देखिएपछि उहाँलाई मङ्गलबार एक पिन्ट रगत चढाइएको थियो । अस्पतालको दुई पिन्ट र’गत चढाउने योजना बनेको भए पनि शरीरले नथामेपछि एक पिन्ट मात्र चढाइएको नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

‘शरीर समेत शिथिल देखिन्थ्यो, उहाँ कामिरहनुभएको थियो। चिकित्सकहरुले कोभिड हुँदा उहाँलाई निमोनियाको समस्या देखिएको र सो समस्या फेरि बल्झिएको समेत आशंका गरेका छन्,’ नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले भन्नुभयो।

कोभिड–१९ हुँदा उहाँलाई निमोनियाको समस्या देखिएको थियो । छातीरोग विशेषज्ञ डा श्रीवास्तवले नेता खनाललाई मिर्गौलाका समस्याबाट हुने लक्षण र कोभिड–१९ पछि देखिने लक्षण देखिएको बताउनुभयो ।

केही समयअघि नेता खनाललाई कोभिड–१९ को सङ्क्रमण पनि भएको थियो ।

थप उपचारका लागि दिल्ली जानुअघि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशको विथोलिएको राजनीतिक अवस्थाले चिन्तित भएको बताउनुभएको छ। एक वक्तव्य जारी गर्दै उहाले भन्नुभएको छ, ‘राजनैतिक दलहरु विवाद र ध्रुविकरणले विभाजन उन्मुख भएका छन्।

त्यही अन्तर संघर्षको पराकम्पन हाम्रो तत्कालिन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पर्यो र अहिले नेकपा (एमाले) मा परिरहेको छ। राष्ट्रिय एकता-अखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपुर्ण अवस्था हो।’

देशका प्रमुख दलहरु र तिनका नेताहरु बिचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्ने उहाले बताउनु भएको छ।

जनताको चाहना र अपेक्षा विपरित देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जीवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको उंहाको भनाइ छ।

रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टीका वैधानिक प्रकृया अन्तर्गत पार्टीलाई फुटबाट जोगाउन उनले आग्रह गरेका छन्। ‘पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौ भने मात्र हामी सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं। त्यसैले टुट-फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडी बढौं भन्ने सबैमा आह्वान गर्न चहान्छु’, उंहाले भन्नुभएको छ।
धन्यवाद !

कसरी माधव नेपाल पुगे शक्तिको केन्द्रमा ? कोटेश्वर धाउँदै नेता

पछिल्लो समय नेकपा एमालेका नेता माधव कुमार नेपाल राजनीतिक शक्तिमा देखिएका छन् । हुन त उनलाई एमालेको संस्थापन पक्षले साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरेको छ ।

नेता नेपाल पक्षकै सहयोगमा कर्णाली र गण्डकी प्रदेशमा सत्ता समिकरण फेरीयो । एमालेका उम्मेदवार बनेका रामबहादुर थापा बादललाई बागमती प्रदेशमा सांसद हुनवाट रोकेर डा खिमलाल देवकोटा विजयी भए ।

यि सबै राजनीतिक घटनाक्रमले अहिले एमालेका माधव नेपाल साधारण सदस्य समेत नरहेर पनि राजनीतिको केन्द्रमा पुगेका छन् । नेपाल निवास कोटेश्वरमा विपक्षी दलका नेताहरु एकपछि अर्को गर्दै धाउन थालेका छन् ।

बुधवार मात्रै जसपाका नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई कोटेश्वर पुगेका थिए ।

त्यो भन्दा अघि नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोटेश्वर धाएका छन् ।

नेपाल निवासमा विपक्षी नेता धाउन थालेपछि ओली पक्ष भने झस्केको देखिन्छ। पूर्वमन्त्रीसमेत रहेका ओलीनिकट नेता गोकुल बाँस्कोटाले कोटेश्वरमा विपक्षी नेताहरुको भेटतर्फ संकेत गर्दै एमाले विभाजनालाई मल हाल्न गएको टिप्पणी गरेका छन्।

‘एमाले ध्व स्त गर्न प्रचण्ड–देउवाले हिजो पनि कोटेश्वरको डिलमा युरिया हालेछन्। तर पोटास र फस्फोरस थियो कि थिएनरु अब कस्तो सप्रेला वा थप पहेलिएला हेर्नु छरु’ बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्।

राष्ट्रियसभा निर्वाचन, प्रदेश सरकारको भाग्य निर्धारण गर्ने मामिलामा भएका मतदानमा नेपाल नेतृत्वको एमाले समूह निर्णायक बनेपछि राष्ट्रिय राजनीतिमा उनको महत्व झन बढेको हो।

सर्वोच्च अदालतले नेकपा भंग गरेर पुर्ववत अवस्थामा फर्कन भनेपछि एमाले अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई पुरै वेवास्ता गर्दै केन्द्रिय समिति पुनर्गठन गरे ।

आफुलाई साथ नदिएका सांसदहरुलाई स्पष्टिकरण सोध्ने र कारवाही समेत गरे । तर अहिले उनी माधव पक्षका नेताहरुलाई आफ्नो पक्षमा पार्ने प्रयत्नमा छन् ।

नेपाल पक्षले २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई लैजानुपर्ने सर्त राख्दै आएको छ । सुरुमा नेपाल पक्षको कुरै सुन्न तयार नभएका ओली अहिले भने सो मागमा सकारात्मक रहेको बताएका छन्।

त्यसका लागि उनले ६ बुँदे प्रस्ताव अघि सारेका छन्। जसमा उनले २०७५ जेठ ३ को संगठन अघि बढाउने बताएका थिए।

त्यसैगरी नेपालनिकट रहेका विभिन्न प्रदेशका नेताहरुसँग ओली आफैँले सम्पर्क गररेर आफ्नो पक्षमा पार्ने प्रयास गरे । स्पष्टिकरण सोधिएका थप ११ नेतालाई कारवाही गर्न रोकेर नेपाल पक्षकालाई पनि मन्त्री परिषद्मा समेट्ने प्रयास समेत गरे ।

ओलीले पछिल्लो पटक मन्त्रिपरिषद् विस्तारमा नेपाल समूह छाडेका शेरबहादुर तामाङ र गणेश पहाडीलाई मन्त्री बनाए भने ओलीको संसद विघटनको विरोध गरेका रघुवीर महासेठलाई उपप्रधान तथा परराष्ट्र मन्त्रालय जस्तो महत्वपूर्ण जिम्मेवारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button