काठमाडौ महानगरपालिकामा भाँडभैलो ! मेयरले मनपरी गरेको भन्दै उपमेयरले उठाइन् यस्तो कदम

काठमाडौँ महानगरपालिकामा भाँडभैलो भएको छ । नगरसभामा हंगामा भएको छ भने उपमेयरले वहिष्कार गरेकी छन् ।

महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले एकलौटी गरेको भन्दै उपमेयर हरिप्रभा खड्कीले वैठक वहिष्कार गरेर हिँडेकी छन् ।

उनी सहित १४ वटा वडाका वडाध्यक्षहरुले पनि बैठक छोडेर हिँडे ।

मेयर शाक्यले कार्यपालिका बोर्डबाट पारित नगरी नीति तथा कार्यक्रम एकैचोटी नगरपरिषद्मा लैजान खोजेको आरोप उपमेयरको छ । मेयर शाक्यले प्रक्रिया मिचेर नीति तथा कार्यक्रम ल्याएको र जनताको प्राथमिकताको विषय पन्छाएपछि जनप्रतिनिधिहरुले बैठक छोडेको उनको भनाई छ ।

विहिवार बिहान ११ बजे बसेको नगरसभा बैठकमा महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । उपमेयर खड्कीकाअनुसार नीति तथा कार्यक्रममा आफ्ना कुरा राख्न पाउनुपर्ने वडाध्यक्षहरुको माग गरेका थिए । तर मेयर शाक्यले अस्वीकार गरेपछि उपमेयरले बैठक वहिष्कार गरेको बताइन् ।

उपमेयर खड्कीले कम्तिमा २४ घण्टा अगाडि एजेन्डा पठाउनुपर्छ भन्दै आएको भए पनि त्यो लागू नभएको बताइन् । आफूहरुले को रोनाको खोप ल्याउने, कर घटाउनेलगायतका प्रस्तावलाई मेयरले अस्वीकार गरेको उनको आरोप छ ।

वीर अस्पताललाई कोभिड अस्पताल बनाउने आफ्नो प्रस्ताव पनि नीति तथा कार्यक्रममा समेटिन नसकेको भन्दै गुनासो गरेकी छन् ।

मनसुनको शुरुआतमै बा ढी प हि रो ले मच्चायो बितण्डा , ७ को मृ त्यु, २५ बे प त्ता , खोजि कार्य जारी

मनसुनको शुरुआतमै देशका विभिन्न स्थानमा बाढीपहिरका अकल्पनीय घटना हुन थालेका छन् । सिन्धुपाल्चोक, मनाङ, जाजरकोटलगायत १७ जिल्ला गत जेठ २८ पछि आएको बाढीपहिरोले प्रभावित हुन पुगेको छ ।

विज्ञका अनुसार यसपाली अप्रत्यासित रुपमा लेदो र गेगरसहितको बाढी आएको थियो । यसले बढी क्षति पु¥याउन मद्दत ग¥यो । मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रमा बर्षा हुने र केही ठाउँमा अति भारी हुने अनुमान सार्वजनिक गरेको थियो ।

पूर्व सूचनाका बीच पनि शुरुआती चरणमै मनसुनजन्य घटनाबाट हुने असर न्युनिकरण हुन सकेन । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा नसोचेको बाढी आउँदा बजार नै तहसनहस हुन पुगेको छ ।

गत जेठ २८ गते मनसुन प्रवेश गरी ३० गते देशैभरी फैलिएसँगै आएको भारी वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा सात जनाको मृत्यु भएको छ । अन्य २५ जना हराइरहेका छन् ।

गत वर्ष भेलपहिरोका कारण ठुलो जनधनको क्षति बेहोरेको सिन्धुपाल्चोकले यसपाली पनि मनसुनको शुरुवाती समयमै त्यसैगरी प्रभावित हुन पुगेको छ ।

प्राप्त विवरण अनुसार सिन्धुपाल्चोकमा आजसम्म तीन जनाको मृत्यु भएको छ भने बाजुरा, पाल्पा, डोटी र कास्कीमा एक/एक जनको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।

सिन्धुपाल्चोकमा मृत्यु भएकामा दुई जना चिनिया नागरिक छन् । एक जनाको शव सिन्धुलीमा भेटिएको जनाइएको छ ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले अहिलेसम्म सिन्धुपाल्चोक १४ जना सम्पर्क बिहीन रहेको जानकारी दिनुभयो । हराएका १८ मध्य चार जना सम्पर्कमा आइसकेका छन् ।

जाजरकोटमा विकट क्षेत्रमा ७ जना हराइरहेका छन् । बाजुरा, प्यूठान, अर्घाखाँची र काभ्रेमा एक / एक जना वेपत्ता छन् ।

सिन्धुपाल्चोकमा यसपाली पनि अप्रत्यासित रुपमा बाढी आएको हो । हेलम्बु गाउँपालिका वडा नं १ नाकुत्तेभन्दा ५०० मिटर माथिबाट पहिरो खसेर मेलम्ची नदी थुनिएको र त्यही फुटेपछि ठुलो दुर्घटना हुन पुगेको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ ।

त्यसले हेलम्बु र मेलम्चीको नदी आसपास क्षेत्रमा ठुलो असर पुर्याएको छ । सिन्धुपाल्चोकलगायत प्रभावित जिल्लामा उद्धार र राहत वितरण जारी रहेको जनाइएको छ ।

अहिलेसम्म सिन्धुपाल्चोकका जोखिम क्षेत्रबाट ७४ जनाको उद्धार गरेर सुरक्षित ठाउँमा राखिएको जनाइएको छ ।

मेलम्ची नगरपालिकामा ६०० जना, हेलम्बु गाउँपालिकामा ३०० बढी प्रभावित भएको जानकारी आएको सहायक प्रमुख जिल्ला अधिकारी खनालले बताउनुभयो । उहाँका अनुसार अन्य विवरण संकलन जारी रहेको जनाइएको छ । भौतिक क्षेत्रको विषयमा आजदेखि विवरण सङ्कलन थालिएको छ ।

जाजरकोटमा भएको घटना भने गत जेठ ३१ गते भएको थियो । जिल्ला सदरमुकामबाट निक्कै टाढा तथा चार हजार ८०० मिटरको उचाईमा घटना हुन पुगेकाले विवरण ढिला आएको हो । जिल्लामा सात जना हराइरहेका छन् ।

घटनास्थलमा प्रहरी टोली पठाइएको तर विस्तृत विवरण आइसकेको छैन । कुसे गाउँपालिका ८ जलजला पाटनमा अविरल बर्षा र हावाहुरीले गर्दा सात जना हराइरहेका जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार पाटनमा गाइवस्तु लिन गएका ११ जना मध्य अन्य चार जना भने सम्पर्कमा आएका छन् ।

विभिन्न जिल्लामा गरेर १२ जना घाइते भएको र उनीहरुको उपचार जारी रहेको छ । सरकारले उनीहरुको उपचार निशुल्क गर्ने घोषणा गरिसकेको छ ।

बाढी पहिरोले १२९ घर बगायो – मनसुनपछि मुलुकका विभिन्न क्षेत्रमा बर्षापछि आएको बाढी पहिरोका कारण अहिलेसम्म १२९ घर पूर्ण क्षति भएको राष्ट्रिय आपत्कालिन कार्य सञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङगले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाजुरामा दुई, गोरखामा चार, मनाङमा ५९, सिन्धुपाल्चोकमा १६, लमजुङगमा १८, अर्घाखाँचीमा १२, र कास्कीमा १८ घर पूर्ण क्षति भएको छ । अझै क्षतिको विवरण थपिने क्रममा रहेको छ । यस्तै विभिन्न जिल्लामा ११४ घर आंशिक क्षति भएको जनाइएको छ ।

उद्धार र राहत वितरण जारी- मनाङको चामे र तालगाउँ क्षेत्रका ५०० बढी प्रभावितहरुलाई यहाँको सिरनताललगायत अस्थायी आश्रयस्थलमा लगेर राखिएको छ । यस्तै सिन्धुपाल्चोकको जोखिम क्षेत्रबाट ८० जनालाई उद्धार गरिएको छ ।

त्यहाँ उद्धारमा नेपाली सेनाको हेलिकप्टर समेत प्रयोग गरिएको थियो । घाइते भएका ६ जनालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट ललितपुरस्थित विएण्डवी अस्पतालमा ल्याईएको छ ।

सो क्षेत्रमा २५० त्रिपाल, १०० टेन्ट, ५० स्लिपिङ व्यागलगायत सामान काठाडौँबाट पठाइएको छ भने जिल्लास्थित विपद् व्यवस्थापन समितिबाट अन्य व्यवस्थापन कार्य जारी रहेको छ । दाङस्थित राप्ती नदीको टापुमा भैसी चराउन गएका बेला फसेका चार जनालाई सकुसल उद्धार गरिएको छ ।

यस्तै कास्कीको मादी गाउँपालिका १ स्थित विस्थापित १८ परिवारलाई दुधपोखरी माविमा ल्याएर राखिएको आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button