माओवादी छोडेर ओलीतिर लागेका बादल लगायतका नेताहरुको थप बिल्लीबाँठ ! यस्तो हुँदैछ थप परिघटना

काठमाडौ । सर्वोच्च अदालतले नेकपा भंग गरेर नेकपा एमाले र माओवादी केन्द्रलाई पुर्ववत अवस्थामा फर्काइदिएपछि केही नेताहरुले पार्टी परिवर्तन गरे ।

नेकपा माओवादी केन्द्रमा लामो राजनीतिक जिवन विताएकाहरुले एमालेका केपी शर्मा ओलीको साथ रहने इच्छा देखाए । रामबहादुर थापा बादल सहितका केही नेताहरु माओवादी छोडेर एमालेमै बसे ।

ति नेताहरुलाई माओवादी केन्द्रको भातृसंगठन वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा ुदीपशिखाुले एमालेमा लागेका पूर्व माओवादी नेताहरूको थप बिल्लीबाँठ हुन बाँकी नै रहेको बताएका छन् ।

मंगलवार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले प्रचण्डका हुन नसकेका नेताहरू ओलीका पनि हुन नसक्ने दावी गरेका हुन् ।

‘जो राजनीतिक जीवनको उत्तरार्धसम्म माओवादी र प्रचण्डका थिए तर भएनन्, उ एमाले र ओलीका पनि हुन सक्दैनन् भन्ने उनले नबुझ्ने कुरै भएन । ओलीको उपयोगिताको षड्यन्त्रमा परेकाहरूको थप बिल्लिबाठ त अझै हुन् बॅाकि छ । थप बदनाम नबन्नेबारे सोच्नुस् ।’

उनले आफूहरूले आफ्नै जगको छाप्रोमा स्वाभिमान नगुमाई इमानको शीर उचालिरहेकोसमेत लेखेका छन् । एमालेमा लागेका पूर्वमाओवादी नेताहरूलाई माओवादी पार्टी कार्यालयमा पाहुना बन्न आउनसमेत उनले सुझाव दिएका छन् ।

अँ हामीलाई भन्नुहोला तिमीहरू सिद्दियौ, माओवादी आन्दोलन र पार्टी फुच्चे भयो । हामी जे जस्तो भएपनि आफ्नै जगको छाप्रोमा स्वभिमान नगुमाई ईमानको शिर उचालिरहेका छौं ।

भव्य महलमा बस्न गएका हजुरहरूलाई बलेसिमा भिज्दै गरेको देख्दा दुखि छौ १ आउ, एकरात पेरिसडॅाडामा पाहुना बसेर जाउ १ ईमानको न्यानो सानोमा भएपनि तातो छ,’ उनले लेखेका छन् ।

एमालेकै माधव नेपाल पक्षलाई मिलाउने प्रयासमा अध्यक्ष केपी शर्मा ओली छन् । निरन्तर वार्ता जारी छ । माधव नेपाल पक्षले जेठ २ को अवस्था अगाडी पार्टीलाई फर्काउनुपर्ने माग राखेका छन् ।

त्यो अवस्था भनेको वादल लगायतका पूर्व माओवादीका नेता नभएको अवस्था हो । यदि नेपालको सो सर्त ओलीले मानेभने माओवादी छोडेर आएका नेताहरुको थप विल्लिबाँठ हुने तर्फ दिपशिखाले संकेत गरेका हुन् ।

एमाले प्रवेश गरेका पूर्व माओवादीहरुमा अर्को रडाको सुरु! ‘बादललाई नेता मान्दैनौं’ भन्दै यि नेताले चाले यस्ता कदम

 एमालेमा प्रवेश गरेका पूर्व माओवादी नेताहरूमा अब अर्को समस्या उत्पन्न भएको छ ।

एमाले भित्रकै रडाकोका कारण आफुहरुले कुनै अवसर पाउने सम्भावना नभएपछि पूर्व माओवादी नेताहरु अब संगठित हुने क्रममा छन् ।

तर त्यसका लागि पनि उनीहरुमा को ठूलो भन्ने बहस शुरू भएको छ । ब्यक्तिगत रुपमा एमाले प्रवेश गरेका पूर्व माओवादीले अब समुह नबनाई आफुहरुको कुरा पार्टीले नसुन्ने बुझिसकेका छन् ।

त्यसैले समुह बनाएर अध्यक्ष केपी शर्मा ओलीसंग वार्गेनिङ गर्ने योजना बनाएको भएपनि आफुहरुबीचमै को ठूलो भन्ने विवाद भएका कारण कुरा मिल्न सकेको छैन ।

एमालेमा गुटका कारण माधव नेपाल पक्षले अध्यक्ष ओलीलाई अप्ठेरोमा पारेको देखेका उनीहरुले अब ओली कमजोर हुँदै गएको महशुष गर्न थालेका छन् । त्यसैले गुट बनाएर ओलीसंग वार्गेनिङ गर्नुनै उनीहरुले उपयुक्त ठानेका छन् ।

रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह, गौरीशंकर चौधरी, मणि थापा र दाबा लामा लगायत केही नेता माओवादी छोडेर ओलीलाई साथ दिन एमालेमा बसेका थिए । उनीहरुलाई ओलीले मन्त्री बनाएका थिए । तर अदालतले मन्त्रीपद बाट बर्खास्त गरिदिएको थियो ।

माधवकुमार नेपाल नेतृत्वको असन्तुष्ट पक्षले पूर्व माओवादी नेताहरुलाई मन नपराएको अवस्थामा उनीहरुलाई थप समस्या हुने देखिएको छ । गुट निर्माणमा बादल लागिसकेका भएपनि टोपबहादुर रायमाझी र लेखराज भट्टले बादललाई नेता नमान्ने देखिएको छ । उनीहरू छुट्टै गुट बनाउने तयारीमा रहेको स्रोतको दाबी छ ।

पूर्वमाओवादी नेताहरूको गुटको नेतृत्व बादलले गर्न नसक्ने भन्दै टोपबहादुर रायमाझीले नेता आफू हुन पाउनुपर्ने दाबी गर्न थालेका छन् । एमालेमा मिल्न नसकेर पुन माओवादीमा फर्कनु पर्ने अवस्था आएपनि समूहगत रूपमा जाँदा शक्ति बढ्ने उनीहरुको अनुमान छ ।

पूर्व माओवादीका कतिपय नेताहरू भने बादलपत्नी नैनकला थापालाई मन्त्री बनाइएकोमा पनि असन्तुष्टसमेत छन् । ७ वटा मन्त्रालय पाएको त्यो समूहले अहिले जम्मा २ वटा मन्त्रालयमा चित्त बुझाउनु परेको छ ।

सर्वोच्च अदालतले कर्णाली प्रदेशका सांसदहरुको विषयमा गरेको फैसलाले पूर्व माओवादी नेताहरुले एमालेमा पाएको पार्टीगत जिम्मेवारी माथिको वैधानिकतामा पनि प्रश्न उठेको छ ।

उनीहरु पद विहिन हुनुपर्ने अवस्था आउने सम्भावना पनि उत्तिकै देखिएको छ ।

लोक सेवा आयोगका रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि

लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरिरहेको छ ।

आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेको तथा कोरोना (कोभिड–१९) महामारीका कारण लोक सेवासम्बन्धी परीक्षाको आन्तरिक तयारी मात्रै भएको हो ।

कोरोना महामारीका कारण स्थगित चालू आर्थिक वर्षका सम्पूर्ण परीक्षा सञ्चालन र नियमित कार्यतालिकाअनुसार कसरी अगाडि बढ्ने भन्नेमा आयोगले आन्तरिक तयारी गरेको हो ।

आयोगमा पदाधिकारी नहुँदा र कोरोनाका कारण खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा बाधा पुगेको छ ।

लोक सेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले आयोगका पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेकोले आन्तरिक रूपमा मात्रै काम गरिएको बताए ।

उनले कोरोनाका कारण विज्ञापन भएका कतिपय पदको परीक्षा हुन बाँकी रहेको जानकारी दिए । उनले भने, “कोभिड–१९ का कारण रोकिएको परीक्षा अगाडि बढाउने योजना बनाएका छौँ ।

कोभिड सङ्क्रमण कम भएपछि उपयुक्त समयमा परीक्षा सञ्चालन सुरु गर्ने गरी तयारी गरेका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button