
सभामुख अग्नी सापकोटाले खोले संसदको ढोका, यि नेताहरु छलफलका लागि पुगे संसद भवन
संसद विघटन पछि उत्पन्न परिस्थितीका बारेमा छलफल गर्न सभामुख अग्नी सापकोटाले आह्वान गरेको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु भएको छ ।

उनले प्रधानमन्त्री सहित पूर्वप्रधानमन्त्री र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुलाई बैठकमा बोलाएका थिए । पूर्व प्रधानमन्त्रीहरु र अन्य नेता बैठकमा पुगेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओली भने पुगेका छैनन् ।

उनले यस अघि नै आफु उपस्थित नहुने संकेत दिइसकेका थिए । जनतालाई केन्द्रबिन्दुमा राखेर असाधारण निर्णय लिनसक्ने बताएका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो योजना अनुसारको काम सुरु गरेका हुन् ।
उनले अहिले समसामियक राजनीतिक विषयमा छलफलका लागि पूर्वप्रधानमन्त्री र विभिन्न दलका शीर्ष नेतालाई संसद् भवनमा बोलाएको बताएका छन् ।
सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार छलफलका लागि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई निम्तो गरिएको थियो।
प्रधानमन्त्री केपी ओली छलफलमा उपस्थित भएका छैनन्। छलफलमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवासँगै विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेता सहभागी छन्।
प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि उत्पन्न राजनीतिक परिस्थितीकाबीच सभामुखले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन्। संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवा र केपी ओलीले प्रधानमन्त्रीका पेश गरेको दाबी नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेपछि सभामुख सापकोटाले यसलाई असंवैधानिक भनेका छन्। उनले यस अघि पनि कानुनविद्हरुसंग छलफल गरेका थिए ।
तुलसीपुरमा अमिन माथि चलाइयो गो ली, गाउँलेको भागा-भाग
दाङको तुलसीपुरमा कुलो बनाउने क्रममा भएको विवादबीच गो ली चलेको छ । कुलो बनाउने क्रममा जग्गाको विषयमा विवाद हुँदा तुलसीपुर ८ का २४ वर्षीय पूर्ण वलीले गो ली चलाएको प्रहरीले जनाएको छ । उनी अहिले पक्राउ परेका छन् ।
उनले जग्गा नाप्ने अमिनमाथि नै गो ली चलाएका थिए । तर भाग्यवस अमिनलाई चो ट भने लागेन । तुलसीपुरका डीएसपी शिवबहादुर सिंहले वलीलाई पक्राउ गरिएको जानकारी दिए ।
वली भारतमा थिए उनी फागुनमा मात्र गाउँ फर्किएका थिए । भारतवाट आउँदा नै उनले पे स्तो ल ल्याएको देखिएको प्रहरीले जनाएको छ ।
घटनापछि गाउँलेहरुको भागा-भाग भएको थियो। वलीपनि मोटरसाइकलमा बसेर भाग्न लागेको बेलामा प्रहरीले पक्राउ गरेको हो । उनलाई भगाउन सहयोग गर्ने मोटरसाइकल चालक २१ वर्षीय आकाश चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ।



