
आफ्नो नाम नभएपछि उपाध्यक्षले फुटाइदिइन् पुलको शिलालेख, मार्करले लेखिन् आफ्नो नाम
नवनिर्मित पुलको शिलालेखमा आफ्नो नाम नभएको भन्दै एक जना गाउँपालिकाकी उपाध्यक्षले शिलालेख नै फुटाएर आफ्नो नाम मार्करले लेखेकी छन् ।

रूपन्देहीको मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष सुनिता कलवारले यस्तो गरेकी हुन् । शिलालेखमा आफ्नो नाम नलेखिएको भन्दै रिसाएकी उपाध्यक्षले फुटाएर मार्करले आफ्नो नाम थपेकी छन् ।

वडा नम्बर ७ मा बनाइएको झोलुंगे पुल बिहीबार उद्घाटन गरिएको हो। तर उपाध्यक्षको नाम शिलालेखमा थिएन । उनी आफ्नो नाम नराखेको भनेर रिसाइन् ।
उपाध्यक्ष कलवारले शिलालेख तोडफोड गरेर हातैले आफ्नो नाम लेखेकी छन्।
यो पुल कूल ७२ लाखको लागतमा निर्माण भएकोगाउँपालिकाले जनाएको छ । २०७७ माघ ८ गते गाउँपालिका अध्यक्ष केशवन्द बानियाँले पुल शिलान्यास गरेका थिए। शिलान्यास र उद्घाटन गर्दा प्रमुख बानियाँको मात्रै नाम राखिएकोमा उपप्रमुख कलवार असन्तुष्ट थिइन्। आफ्नो नाम पनि शिलालेखमा हुनुपर्ने कलवारको भनाई छ ।
सरकारी लगानीमा बनाइएको पुलमा आफु सहित अन्य जनप्रतिनिधिको पनि योगदान रहेको भन्दै त्यसको कदर हुनुपर्ने उनको भनाई थियो ।
‘शिलालेखमा गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र सदस्यको नाम राखियो, उपभोक्ता समितिका अध्यक्षको नाम पनि छ तर मेरो नाम किन राखिएन ? उनको प्रश्न छ । उनले पुल उद्घाटनमा आफुलाई जानकारी समेत नगराइएको भन्दै गुनासो गरेकी छन् ।
दुर्घटनामा परेर विगत तीन वर्षदेखि ओछ्यान परेकी अभिनेत्री निशा घिमिरेको उपचार नर्भिकले अस्पतालले निःशुल्क गर्ने
अभिनेत्री निशा घिमिरेको उपचार नर्भिक अस्पतालले निशुल्क गर्ने भएको छ । दुर्घटनामा परेर विगत तीन वर्षदेखि ओछ्यान परेकी घिमिरेको अस्पतालले बिहीबार उपचार समेत थालेको छ ।
समाचार माध्यमबाट निशाको अवस्था जानकारी पाएपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले घिमिरेको उद्धार गरेकी हुन् ।
नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले घिमिरेको दर्दनाक अवस्थाको विषयमा फेसबुकमा समेत पोष्ट गरेका थिए । प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको नर्भिक अस्पतालले जनाएको छ ।
नेपाली कलाकारितामा सफलता प्राप्त भइरहेको बेला अझै राम्रो गर्ने सोचले अभिनयमा डिप्लोमा कोर्स गर्नका लागि साढे दुई वर्षअघि भारतको देहरादुन पुगेकी निशा त्यहाँ पुगेको करिब डेढ महिनापछि नै कार दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् ।
दुर्घटनापछि बोल्न र हिँड्न छाडेकी उनको उपचारको अभावका कारण दिन प्रति दिन बिग्रँदै गएको थियो । अहिले उनी शारीरिक अशक्तताका कारण उनको शरीरमा हाड र छालाबाहेक केही देखिँदैन ।
चिकित्सकले उनको अवस्था सुधार हुने अपेक्षा गरेका छन् । भोजपुरी फिल्म ‘मधेसी पुत्र २’, टेलिश्रृखला ‘डियर जिन्दगी’ लगायतका केही टेलिसिरियलमा अभिनय गरेकी निशाले लोक दोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटोजस्ता करिब दुई दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् ।




