
पूर्व वनमन्त्री आलेको पत्रकारलाई ध म्की, ‘तेरो हिसाब किताब हुन्छ अब, तंलाई ठीक पार्छु–छिट्टै’
कान्तिपुर दैनिकमा कार्यरत बातावरणसम्बन्धी कलम चलाउने पत्रकार अब्दुल्लाह मियाँलाई निवर्तमान वनमन्त्री प्रेमबहादुर आलेले थ र्का ए का छन् । उनले छिट्टै ठीक पार्ने र हिसाव किताब गर्ने ध म्की समेत दिएका छन् ।

पत्रकार अब्लुल्लाह मियाँ ट्वीटरमा लेख्छन् ‘पत्रकारिताको २१ औं वर्षको यात्रामा सोमवार एउटा स्मरणीय घटना, तेरो हिसाब किताब हुन्छ अब, तंलाई ठीक पार्छु–छिट्टै ।’ आलेले अन्तर्वार्ताका लागि टेलिफोन कुराकानी गर्ने क्रममा मियाँलाई यस्तो गरेका थिए ।

यस घटनाप्रति आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघको कान्तिपुर प्रतिष्ठान शाखाले सोमबार विज्ञप्ति जारी गरेको छ ।
मियाँलाई निवर्तमान वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले अन्तर्वार्ताका लागि टेलिफोन कुराकानी गर्ने क्रममा सोमबार काठमाडौंमा गरेको घटनाप्रति शाखाको गम्भीर ध्यानार्कषण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
समाचारका कुनै पनि विषयमा चित्त नबुझेको भएमा वा कुनै गुनासा भएमा त्यसउपर कानुनी प्रक्रियामा जान सकिने प्रावधान हुँदाहुँदै निवर्तमान मन्त्रीजस्तो व्यक्तिले ध म्की दिनु प्रेस स्वतन्त्रता विरोधी कार्य भनेको उक्त विज्ञप्तिमा भनिएको छ ।

अफर! कोभिड बिरुद्ध खोप लगाउनुहोस्, सित्तैमा एक खिल्ली गाँ जा उपहार पाउनुहोस्
नेपालजस्ता अल्प बिकसित मुलुकहरु महामारीबाट उम्कन खोपको खोजीमा छन् । धनी देशहरुले भने तीन बर्षलाई पुग्ने खोप भण्डारण गरेर राखेका छन् ।
अझ उनीहरु आफ्ना नागरिकलाई बिभिन्न अफरहरु समेत दिदैँछन् ।
यस्तै एक रमाइलो अफर अमेरिकामा आएको छ । त्यहाँको वासिङ्टन राज्यले कोभिड भाइरसविरूद्धको खोप लगाउने २१ वर्ष माथिका नागरिकलाई तत्कालै एक खिल्ली गाँ जा उपहार दिने कार्यक्रम ल्याएको छ ।
उक्त कार्यक्रमको नाम जोइ’न्ट्स फर ज्याब्स राखिएको छ । यसबाट युवाहरू कोरोना खोप लगाउन उत्प्रेरित हुने आशा गरिएको छ । खोप लगाउँदा गाँ जा खान पाइने कार्यक्रम जुलाई १२ सम्म लागु हुनेछ।
वासिङ्टन राज्यमा अहिलेसम्म ५८ प्रतिशत मानिसले मात्र पहिलो मात्रा लगाएका छन् भने पूर्ण खोप लगाउनेहरू ४९ प्रतिशत छन् ।
खोप लगाउनेलाई यस्ता विभिन्न उपहार योजना यसअघि अमेरिकाका अरू राज्यले पनि ल्याएका थिए । एरिजोनामा पनि खोप लगाउँदा गाँ जा दिने कार्यक्रम सुरू गरिएको थियो ।
केही राज्यले खोप लगाउनेलाई सित्तैमा बि य र दिने, केहीले विश्वविद्यालयमा छात्रवृत्ति दिने गरेका छन् भने केहीले लाखौं डलरको चिठ्ठा राखेका छन् ।
अमेरिका मध्ये अप्रिलदेखि मानिसहरूले भाइरसविरूद्धको खोप लगाउने क्रम ओह्रालो लागेको हो ।
मानिसहरूलाई खोप लगाउन उत्प्रेरित गर्न राज्यको पैसाबाट यस्ता कार्यक्रम ल्याउन केन्द्र सरकारले नै अनुमति दिएको सिएनएनको समाचारमा उल्लेख छ ।



