
माओवादी केन्द्र औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी : रायमाझी
नेकपा एमाले स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले माओवादी केन्द्र औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको बताएका छन्।

सोमबार एक विज्ञप्ति जारी गर्दै उनले केहि सञ्चार माध्यमहरुबाट आफ्नो नाम जोडेर नेकपा (माओवादी केन्द्र) मा फर्किन लागेको भनेर आएका आधारहीन, भ्रमपूर्ण एवं कपोकल्पित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

उनले आफू केपी ओलीको नेतृत्वमा रहेको पार्टीसँगै रहेकाले माओवादी केन्द्रको आयू बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यन्त्रपूर्ण झांसामा नआउन अपिल गरेका छन्।
रायमाझीले प्रचण्डमा रहेका कुर्सी मोह (पदलोलुपता), परिवारवाद एवं भ्रष्ट आचरणका कारण उनी राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भएको टिप्पणी गरेका हुन्।
रायमाझीले भनेका छन्, ‘क. प्रचण्डमा रहेका कुर्सी मोह (पदलोलुपता), अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशामा अगाडि बढाउदै कांग्रेस सभापतिको शरणामा पुगेको स्थिति छ।’
उनले सुशासनसहितको स्थिरतामार्फत मुलकमा दिगो/चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागी अहिले केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा नै रहेको विज्ञप्तिमार्फत स्पष्ट पारेका छन्।
रायमाझीले भनेका छन्, ‘सुशासनसहितको स्थिरतामार्फत मुलकमा दिगो/चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागि अहिले हामी क. केपी ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा नै रहेकोले औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयू बढाउन गरिएका यी र यस्ता भ्रम एवं षड्यन्त्रपूर्ण झांसामा नआउन सम्पूर्ण आदरणीय देशभक्त एवं प्रगतिशील महानुभावहरु/जनसमुदायमा हार्दिक अनुरोध/अपिल छ।’
भिडियो खिच्न आउनेले मेरो जनतालाई दु:ख दिए, प्रहरी पठाइदिनु पर्यो
कर्णाली प्रदेशका दैलेख, सुर्खेत लगायतका जिल्लाका वन जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेहरुले नराम्रा भिडियो खिच्न आउनेहरुले आफूहरुलाई दुःख दिएको बताएका छन् ।
सरकारले लोपोन्मुख जातीमा सूचीकृत गरेको फिरन्ते जाति राउटे समुदायका अगुवाहरुले विभिन्न वहानामा भिडियो फोटो खिच्नेहरुले आफूहरुलाई दुःख दिएको बताएका हुन् ।
राउटे समुदायका युवा सोविन शाहीले बाहिरका मान्छेहरु आएर तिम्रा दिदीबहिनीहरु कहाँ छन् भन्दै सोध्ने गरेको बताए। ‘बाहिरका मान्छे बस्तीमा आएर भिडियो खिच्छन्, नराम्रो नराम्रो बोल्न लगाउँछन् त्यो हामीलाई मन पर्दैन ,’उनले भने।
बस्तीमा राम्रो मान्छेहरु पनि आउने गरेको सोविन बताउँछन् । ‘हामीलाई चामल, दाल, तेल कपडा लिएर सहयोग गर्न आउने मान्छेहरु देखेर खुसी लाग्छ तर, टिकटक बनाउने, नराम्रो बोली बोल्न लगाएर भिडियो खिच्नेहरुले हामीलाई दुःख दिएँ,’ उनले भने।
सोविनले बाहिरका मान्छेलाई आफूहरुको बस्तीमा आउन बन्देज गरिदिनका लागि प्रहरी पठाइदिन आग्रह समेत गरेका छन् । राउटे मुखिया सूर्यनारायण शाहीले नचिनेको मान्छेहरु बस्तीमा आएर आफूहरुलाई दुःख दिइरहेको बताए ।
उनले भने, ‘पहिला पहिला हाम्रो बस्तीमा कोही पनि आउँदैनथ्यो, अहिले नचिनेको मान्छेहरु आउँछ, मेरो जनतासँग नराम्रो व्यवहार गर्छ, त्यो हामीलाई चित्त बुझेको छैन् ।’ मुखिया शाहीले आफूहरु बसिरहेको बस्तीमा नराम्रो भिडियो, फोटो खिच्न आउनेहरुलाई बन्देज लगाउन सरकारसँग माग गरेका छन् ।
पछिल्लो समय युट्युवका लागि भिडियो खिच्ने, टिकटक बनाउने नाममा निर्वाध रुपमा राउटे बस्ती पुग्नेहरुले उनीहरुलाई मदिरा सेवन गराएर अस्लिल शब्दहरु बोल्न लगाउने, यौन दुव्र्यवहार गर्नेलगायतका अस्लिल कामहरु गर्ने गरेका छन् ।
खुलेयाम राउटे बस्तीमा प्रवेश गरेर युट्युव, टिकटकका लागि अश्लिल भिडियो बनाउनेहरुबाटै राउटे युवतीहरु यौन दुव्र्यवहारको सिकार बन्न थालेका छन् ।
हालै समुदायका दुई युवती यौन दुव्र्यवहारको सिकार बनेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका -११ आपसोती जनैघाटस्थित भेरी नदी किनारमा बसोबास गर्दै आएका राउटे समुदायका दुई युवतीलाई होटलमा थुनेर दुव्र्यवहार गरेको खुलेको हो । गुर्भाकोटका स्थानीय युवाहरूले यौन दुव्र्यवहार गरेका हुन् ।
युवाहरुले दुव्र्यवहारसँगै ती युवतीमाथि यौन शोषण गरेको भिडियोसमेत बनाएर सामाजिक सञ्जालमा अपलोड गरे ।
गत शनिबार उक्त भिडियो सार्वजनिक भएपछि सुर्खेत प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । युवतीहरूलाई फकाएर होटलमा लगेर यौन दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले स्थानीय शुभकामना होटलका सञ्चालक २९ वर्षीय विनोद पुन, गुर्भाकोट–९ का ३५ वर्षीय चमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्द्र बुढालाई पक्राउ गरेको छ ।
तीन युवकले मदिरा सेवन गरी युवतीलाई पनि मदिरा खुवाएर लट्ठ पारी यौन दुव्र्यवहार गरेको भिडियोमा देखिन्छ । पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।
राउटे युवतीहरुलाई यौन दुव्र्यवहार गर्ने व्यक्तिलाई घटनाको गहन अनुसन्धान गरी कडा कारबाही गर्न सरकारी तथा विभिन्न सामाजिक संघसंस्थाहरुले माग गरेका छन् । गुराँस गाउँपालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।
राउटे नागरिकहरु दैलेखको गुराँस गाउँपालिका–८ का स्थायी बासिन्दा हुन् । यद्धपी उनिहरु दैलेख तथा सुर्खेतका विभिन्न जंगलमा फिरन्ते जीवनयापन गर्दै आएका छन् ।
राउटे समुदायका नागरिकलाई दैलेखको गुराँस गाउँपालिकाले पहिलो पटक स्थायी परिचयपत्र प्रदान ग¥यो । गुराँस गाउँपालिकाले २०७५ असार ३० गते स्थायी परिचयपत्र प्रदान गरेको थियो । अहिले राउटे समुदायको जनसंख्या एक सय ४५ छ ।



