माधव पक्षका नेतालाई मन्त्री बनाउन ओलीको यस्तो योजना बनाउंदै

विपक्षीहरुको गठबन्धन बलियो बन्दै गएको देखिपछि प्रधानमन्त्री केपी शर्मा ओली अप्ठेरोमा पर्न थालेका छन् । त्यसैले अब माधव नेपाल पक्षलाई पनि आफ्नो पक्षमा पार्ने नयाँ कसरतमा लागेको देखिएको छ ।

जसपालाई फुट गराएर केही नेता आफ्नो पक्षमा पार्न सफल भएका ओलीले आइतबार फेरी अर्को निर्णय गरे ।

जसवाट माधव नेपाल समुहमा लागेका केही नेता प्रभावित हुने देखिएको छ । ओली तर्फ अलि नरम देखिएका माधव पक्षका नेताहरु ओलीको आइतवारको निर्णय पछि खेमा परिवर्तन गर्न सक्ने अनुमान लगाइएको छ । ओलीको निर्णय लगत्तै माधव समुहका नेताहरुले दिएको प्रतिकृयावाट पनि बुझ्न सकिन्छ ।

प्रधानमन्त्री ओलीले आइतवार अपरान्ह ५ बजेसम्म मन्त्रिपरिषद विस्तार गर्ने योजना बनाएका थिए । विहानै समाचारहरुमा आइतवार मन्त्रीपरिषद् विस्तार हुने कुरा सार्वजनिक भइसकेका थिए ।

तर माधव पक्षमा लागेका र आफु प्रति नरम देखिएकाहरुलाई प्रभावित पार्न ओलीले आफु जेठ २ भन्दा अगाडीको अवस्थामा लैजान सहमत भएको घोषणा गरे ।

उनको यो घषणाले अब राजनीतिमा फेरी नयाँ तरंग उत्पन्न भएको छ । माधव नेकपाल समुह विहानै यसवारे निर्णय गर्न वैठकमा जुटेको छ । माधव नेपाल पक्षलाई पनि समेट्ने अन्तिम प्रयासस्वरुप आइतबार मन्त्रिपरिषद विस्तार नगरेका ओली माधव पक्षको बैठकले के निर्णय गर्छ त्यसको पर्खाइमा छन् ।

प्रधानमन्त्री ओलीले आफूसँगै राखेका ६ वटा मन्त्रालयमा पूर्वमाओवादी र एमालेका नेताहरुलाई समेटेर आइतबार थप मन्त्रीहरु नियुक्त गर्ने तयारी गरेकै बेला केही नेताहरुको माधव पक्षलाई समेट्ने अन्तिम प्रयास गरौं भन्ने सुझावका कारण रोकिएको बुझिएको छ ।

​शुक्रबार जनता समाजवादी पार्टीका १० जनालाई मन्त्री बनाइएको थियो । एमालेका केही मन्त्रीहरुलाई विदा गरिएका कारण ७ वटा मन्त्रालय खाली थिए ।

खालीमध्ये रक्षा मन्त्रालय आफैंसित राखेर प्रधानमन्त्री ओलीले गृह, उद्योग, कृषि, सामान्य प्रशासन, वन र सञ्चार मन्त्रालयमा आइतबार नयाँ मन्त्री नियुक्त गर्ने योजनामा ओली छन् ।

सावधान! कोरोनाको उपचारमा यि औषधि सेवन गरेका व्यक्ति कालो ढुसीको उच्च जोखिम

वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा। ढुण्डी पौडेलले कालो ढुसी रोग लाग्नै नदिनेतर्फ लाग्नुपर्ने बताउँदै यसको सङ्क्रमण बढ्दै जाँदा शरीरका विभिन्न अङ्गमा क्षति पु–याउने जानकारी दिए ।

डा। पौडेलले कालो ढुसीको सङ्क्रमण भएका बिरामीमा ज्वरो आइरहने, अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्नेलगायतका लक्षण देखिने जानकारी दिए ।

उनले यो रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूमा देखिने भन्दै रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्ने बताए ।

मधुमेह रोग भएका व्यक्ति तथा एन्टिबायोटिक र स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेहरू कालो ढुसीको सिकार हुने भएकाले चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक तथा स्टेरोइडजस्ता औषधि सेवन नगर्न उनले आग्रह गरे ।

डा। पौडेलले कालो ढुसीको सङ्क्रमणबाट बच्न सफा र सुक्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्क पुनः प्रयोग नगर्ने, नियमित रूपमा हात धुने, धेरै धुलो भएको स्थानमा नजाने, ओसिलो ठाउँमा पनि रोगको सङ्क्रमण हुने भएकाले ओसिलो ठाउँमा नजान आग्रह गरे ।

उनका अनुसार कालो ढुसी एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने भन्दै शरीरमा रोग प्रतिरोधात्मक क्षमता नभएको अवस्थामा कालो ढुसीले सङ्क्रमण गर्ने जानकारीसमेत गराए ।

कालो ढुसीका लक्षणहरूमा ज्वरो आउने, आँखा, नाक सुन्निने, नाक वरिपरिको छाला कालो हुने, नाकबाट बाक्लो सिँगान आउने, मुख, नाक तथा आँखा वरिपरि दुख्ने, आँखाले धमिलो देख्ने, आँखा सुन्निनेजस्ता लक्षण देखा पर्ने उनले बताए ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

कोरोनाको उपचारका क्रममा स्टेरोइड र एन्टिबायोटिक औषधि अत्यधिक सेवन गरेका व्यक्ति कालो ढुसीको उच्च जोखिममा रहेको जानकारी डा। पौडेलले दिए ।

मास्क नियमित लगाउने, नियमित हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने, घरबाहिर फोहोरमा काम गर्दा सचेत हुने, जथाभावी औषधि प्रयोग नगर्ने, मधुमेह भएका बिरामीले चिनीको मात्रालाई नियन्त्रण गर्ने, धुलो–धुवाँमा नबस्नेजस्ता सावधानी अपनाए म्यकुरमाइकोसिसबाट बच्न सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button