बृहत् कम्युनिस्ट मोर्चा बनाउने तयारीमा माधव नेपाल

पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले बृहत् कम्युनिस्ट मोर्चा बनाउने तयारी थालेका छन् ।

आफूले ससाना कम्युनिस्ट घटकलाई जोड्दै एमालेलाई अहिलेको अवस्थामा ल्याएको र अहिले छिन्नभिन्न बनेर बसेका कम्युनिस्ट घटकलाई पनि जोड्न सके ठूलो कम्युनिस्ट पार्टी बनाउन सकिने उनको विश्लेषण छ ।

‘अहिले एमालेको मात्रै एकताका बारेमा नसोच्नुस्, कसैले एमाले एकताका बारेमा बुझ्लान् तर हामी कम्युनिस्ट पार्टीहरुका बीचको एकताका पक्षमा छौं । बृहत् रुपले कम्युनिस्ट आन्दोलनको एकताको पक्षमा छौं’, नेता नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

उनले केपी ओलीका कारण कम्युनिस्ट आन्दोलन छिन्नभिन्न हुने अवस्था आएको र अवसरका लागि मात्रै प्रयोग गरेकाले एमाले पनि ध्वस्त भएर गएकाले कम्युनिस्ट आन्दोलनलाई बृहत् रुपमै सँगालेर लैजानुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

उनले यो विषयमा माओवादीबाट छुट्टिएर बसेका नेता र एमालेबाट विश्राम लिएका नेतासँग एक चरण कुराकानी गसिकेका छन् ।

आफैंले बनाएको घरबाट ओलीले निकाल्न खोजेपछि नेपालले आफू निकटका नेताहरूसँग नयाँ दलको तयारी र बृहत् कम्युनिस्ट मोर्चाका बारेमा कुराकानी सुरु गरिसकेका छन् ।

सार्वजनिक रुपमा भने नेता नेपालले संघर्ष र रुपान्तरणसहितको एकता खोजिरहेको बताएका छन् । ‘अहिले संघर्ष चलिरहेको छ, ओली रुपान्तरण भए एकता हुन्छ, रुपान्तरित भएनन् भने संघर्षकै नीति लिन्छौं’, नेता नेपालले भने ।

उनका अनुसार ओली सच्चिने सम्भावना निकै कम छ । ओली नसच्चिने निष्कर्ष निकालेकै कारण आफूहरू संघर्षको चरणमा प्रवेश गरिसकेको उनले बताए ।

ओली सच्चिने सम्भावना निकै कम छ त्यसैले हामी अन्तिमअन्तिम विन्दुमा पुगेका छौं, पार्टी पुनर्गठनका पक्षमा छौं’, नेता नेपालले भने ।

गत आइतबारदेखि एक सातासम्म पार्टीका विभिन्न तह र तप्कासँग नेपालले छलफल गरेका थिए । उनले सबैजसो जनवर्गीय संगठन, पार्टीका समानान्तर जिल्ला कमिटी, केन्द्रीय सदस्य तथा सांसदसँग छलफल गरेका थिए ।

उनले अब धेरै दिन कुरेर बस्न नसक्ने भन्दै आफू निकटका नेताहरूको राजनीतिक भविष्य सुरक्षित बनाउन पनि नयाँ दल खोल्नुपर्ने बाध्यता रहेको बताउन थालिसकेका छन् । यो समाचार नागरिक दैनिकमा छ ।

भक्तपुर क्यान्सर अस्पतालमा ३२ वर्षीया महिलाको पेटबाट निकालियो ३५ किलोको ट्युमर

भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा शल्यक्रिया गरी आइतबार ३२ वर्षीया कुसुम लामाको पेटबाट ३५ किलोको ट्युमर निकालिएको छ ।

यसअघि अति जटिल रागहरूको शल्यक्रिया गरिए पनि यति ठूलो ट्युमर सफलतापूर्वक निकालिएको यो नै पहिलोपटक भएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेका अनुसार कुसुम अस्पतालकी पुरानै बिरामी हुन् । उनलाई एक वर्षअघिदेखि नै पे-टमा समस्या देखिएको थियो ।

तर लकडाउनका कारण उनको अस्पतालसँंग सम्पर्क टुटेको थियो । साथै आर्थिक अवस्था कमजोर भएका कारण उनी घरमै रोग पालेर बसिरहेकी थिइन् ।

समयमै उपचार हुन नसक्दा ट्युमर बढेर ३५ किलोको भएको जनाइएको छ । अस्पतालका अनुसार दुईतीन महिनाअघि पनि पे-ट दु-खेर कुसुम अस्पताल आएकी थिइन । तर उनी डाक्टरले बोलाएको समयमा फलोअपमा अस्पताल पुगिनन् ।

शल्यक्रियामा संलग्न डा. सृष्टि प्रजापतिले यस्तो किसिमको समस्या बिरलै हुने गरेको बताइन् । ‘अस्पताल आइपुग्दा बिरामीलाई निकै गाह्रो भइसकेको थियो ।

हिँड्न नसक्ने अवस्थामा पुगिसकेकी थिइन् । सास फेर्न गाह्रो भइरहेको थियो । हामीले तुरुन्तै भर्ना गरेर शल्यक्रिया ग-यौं,’ डा.प्रजापतिले भनिन्, ‘अहिले उनको अवस्था ठीक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button