
प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने, यि हुन् सभ्भावित मन्त्री
शुक्रवार मन्त्रीपरिषद् विस्तार गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार पनि मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । पूर्व माओवादी सांसद कारवाहीमा परेका कारण खाली भएको मध्य ७ मन्त्रालय अझै पनि ओलीले आफ्नै मातहतमा राखेका छन् ।

ओलीले मन्त्रीपरिषद्मा अब नयाँ अनुहार ल्याउने तयारी गरेको बुझिएको छ । जसमा आफ्नो निकै निकट रहेका र कोही माओवादी छोडेर आएकाहरुलाई समेट्ने सम्भावना रहेको बताइएको छ ।

ओलीका सबैभन्दा नजिकको मानिएका महेश बस्नेत पनि मन्त्री हुने सम्भावना रहेको बताइएको छ । शुक्रबार मन्त्रिपरिषद पुनर्गठन गरेयता प्रधानमन्त्री ओली एक्लैको जिम्मामा ७ मन्त्रालय छन्। ति मध्य गृह लगायत केही महत्वपुर्ण मन्त्रालय पनि छन् ।
तिनमा मन्त्री नियुक्ति गर्ने तयारी प्रधानमन्त्री ओलीले गरेका हुन्। बालुवाटार स्रोतका अनुसार आज उनले एमाले र माओवादी केन्द्रबाट आफ्नो पार्टीमा आएका नेताहरूलाई मन्त्री बनाउने सम्भावना छ।
स्रोतका अनुसार माओवादी केन्द्रलले कारबाही गरेका कारण प्रदेश सांसद पद गुमेकाहरूलाई प्राथमिकतामा राखिएको छ।
प्रदेश नम्बर २ की ज्वालाकुमारी साह मन्त्री हुने लगभग निश्चित भएको स्रोतको दाबी छ। यस्तै एमालेबाट महेश बस्नेत र नारदमुनि राना थारु मन्त्री हुने सूचीको अग्रपंक्तिमा छन्।
भारतमा ब्राजिलवाट आयो नयाँ भेरियन्ट, ७ दिनमै तौल घटेर आधा बनाउँछ
विश्वव्यापी भएको महामारीमा विभिन्न भेरियन्ट फेला परेको थाहा पाइएको छ । व्राजिलवाट आएको नयाँ भेरियन्टले शरिरको तौल ७ दिनमा आधा भन्दा धेरै घटनाउने गरेको देखिएको थियो ।
जसको लक्षण संक्रमित भएको ७ दिन पछि मात्र देखिएको चिकित्कसहरुले बताएका छन् । अल्फा, बिटा, गामा र डेल्टापछि भारतमा एक नयाँ भेरिएन्ट भेटिएको खुलासा भएको हो । यसले ७ दिनमै बिरामीको वजन आधा घटाउने गरेको देखिएको छ ।
भाइरसको यो भेरिएन्ट सबैभन्दा पहिले ब्राजिलमा भेटिएको र अहिले भारतमा पनि संक्रमित फेला परेको हो । त्यहाँबाट एकमात्रै भेटिएन्ट aL.11.28.2 भारत आएको पुष्टि भएको थियो ।
अब वैज्ञानिकहरुले ब्राजिलबाट एक नभएर दुईवटा भेरिएन्ट भारत आएको स्पष्ट गरको छन् । उनीहरुका अनुसार यो दोस्रो बेरिएन्ट निकै तेज छ ।
संक्रमित भएको सात दिनमा मात्रै यो भेरिएन्टको पहिचान हुन्छ । यसले तेज गतिमा शरीरको तौल कम गर्नसक्छ र डेल्टाजसरी नै यसले धेरै गम्भीर बनाउँछ र एन्टीबडी क्षमता पनि कम गर्नसक्छ ।
पुणेस्थित नेशनल इन्स्टिच्युट अफ भिरोलोजी (एनआईवी) का डाक्टर प्रज्ञा यादवका अनुसार भेरिएन्ट विदेशबाट आएका दुई व्यक्तिमा भेटिएको थियो । भारतमा अहिले यो भेरिएन्ट खासै नफैलिए पनि सतर्कता अपनाउनुपर्ने उनले बताएका छन् ।



