सबैतिरवाट निकालिदै गएपछि इश्वर पोखरेलले जारी गरे यस्तो विज्ञप्ती
नेकपा एमालेका महासचिव इश्वर पोखरले विस्तारै सरकारी निकायको सबैतिरवाट हटाइएका छन् । प्रधानमन्त्री ओलीको उत्तराधिकारीका रुपमा लिइएका पोखरेललाई ओलीले विस्तारै पाखा लगाउँदै गएका छन् ।

रक्षा मन्त्रालयवाट उपप्रधानमन्त्री बनाएर प्रधानमन्त्रीको कार्यालयमा थन्क्याइएका पोखरेल पछिल्लो मन्त्रीपरिषद् पुनर्गठनमा वहिर्गमनमा परे ।

एमसीसीको पनि नेतृत्ववाट उनलाई हटाइयो । अध्यादेश मार्फत आएको नीतिमा उनको स्थान संयोजकवाट सदस्यमा झर्यो । यसरी सबैतिरवाट तिरस्कारमा परेका पोखरेलले आइतवार लामो वक्तब्य जारी गरेका छन् ।
उनले अब कसरी अघि बढ्ने भन्नेबारे पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुराकानी भएको र सोहिअनुसार अघि बढ्ने बताएका छन्।
उपप्रधानमन्त्री पदबाट शुक्रबार हटाइएका नेकपा–एमाले महासचिव ईश्वर पोखरेलले आफ्नो कार्यकाल र आगामी योजनाबारे धारणा सार्वजनिक गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डलमा व्यापक फेरबदल गर्दै पोखरेल लगायतका एमाले मन्त्रीहरुलाई हटाएका थिए।
यस्तो छ पोखरेलको वक्तव्यः सबैप्रति हार्दिक आभार १
म २०७४ फागुन १४ गतेदेखि २०७७ असोज २८ गतेसम्म (२ वर्ष ७ महिना १४ दिन) नेपाल सरकारको रक्षा मन्त्री र तत्पश्चात २०७८ जेठ २१ गतेसम्म (७ महिना २३ दिन)प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने जिम्मेवारीमा रहें।
शुरूमा अर्थात् २०७४ फागुन १४ गतेदेखि २०७५ जेठ १७ गतेसम्म रक्षा मन्त्रीको रूपमा र त्यसपछि उपप्रधानमन्त्रीको हैसियतले रक्षा मन्त्रीका रूपमा जम्मा ३ वर्ष ३ महिना ७ दिन म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा रहें।
यस अवधिलाई मैले मेरो राजनीतिक र सामाजिक जीवनको महत्वपूर्ण समयावधिका रूपमा लिएको छु। यस अवधिमा मलाई आफ्नो जिम्मेवारी पुरा गर्न सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले मार्गदर्शन गरिरहनु भयो। मन्त्री साथीहरूले निरन्तर सहकार्यका लागि सहृदयता प्रदर्शन गरिरहनु भयो।
नेपाल सरकारका मुख्य सचिव, नेपाली सेनाका प्रधान सेनापति लगायत सकल दर्जाका साथीहरू, मन्त्रालयका सचिवजीहरू तथा अन्य सम्पूर्ण कर्मचारी साथीहरूले गर्नुभएको सहयोगलाई म कहिल्यै विर्सन सक्तिन।
मलाई समर्थन गर्नुहुनेर माया गर्नुहुने आम जनता खासगरी निर्वाचन क्षेत्रका मतदाताहरूले सद्भाव र समर्थन जनाइरहनु भयो। उहाँहरूले गर्नुभएको सहयोग र सद्भावलाई म कहिल्यै विर्सने छैन। उहाँहरू सबैप्रति म कृतकृतज्ञ छु।
यसबीच सरकारमा रहेकाबेला मबाट र मेरो नेतृत्वमा भएका सबै कामहरू सम्वन्धित ठाउँमा औपचारिक अभिलेखहरूमा सुरक्षित रहेका छन्। तिनले आजमात्र नभएर आवश्यक पर्दा पछि पछिसम्म पनि सबैलाई यथार्थ बताइरहने कुरामा मैले विश्वास लिएको छु।
यसबीच को भिड सं क्रम णको महामारीका समयमा मैले ुउच्चस्तरीय समन्वय समितिु र को भिड १९ संकट व्यवस्थापन केन्द्रु मा संयोजकका हिसावले भूमिका खेल्ने काम गरें। त्यसबेलाको जटिलतासित गाँसिएर उठेकार उठाइएका कुराहरूलाई म कहिल्यै बिर्सन सक्तिन।
यसबीच मैले को भिड संक्रमितहरूको उपचारका लागि सरकारको औपचारिक निर्णय अनुसार सात महिनाको पारिश्रमिक ४,५६, ४००।९ कोभिड कोषमा बुझाएको छु।
सुविधा प्राप्त गरेवापत राज्यलाई बुझाउनु पर्ने सबै किसिमका दायित्वहरू पुरा गरेको छु। मन्त्री हुँदा प्राप्त सबै सेवा सुविधाहरू सम्वन्धित ठाउँमा आइतवार (२३ गते जेठमा) बुझाइसकेको छु।
यस अवधिमा मैले मेरो प्रिय पार्टीको कोषमा ६,०५,०००।९ बुझाएको छु। पुल्चोकस्थित मन्त्री क्वार्टर २२ गते शनिवार नै खाली गरिसकेको छु।
साथीहरू सबैलाई थाहा छ म नेकपा ९एमाले० को महाधिवेशनबाट निर्वाचित महासचिव ९ तर ुमहान र ऐतिहासिकु भनिएको एमाले(माओवादी केन्द्रबीच सम्पन्न एकतापछि म महासचिवको जिम्मेवारीमा रहिन १ तर २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले(माओवादी पार्टीहरूको पूर्व स्थिति कायम रहन पुगेका कारण म पुनस् एमालेको महासचिव रहन पुगेको छु।
यो अवस्थामा मैले बुझेको छु ुम पार्टीको महासचिव भएर पुनस् भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको छ। पार्टीका आदरणीय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसित यस सम्वन्धमा कुराहरू भएका छन्।
उहाँले मलाई परिस्थितिको गम्भीरता बारे बताउँदै आउनुभएको पनि छ र मैले उहाँको अन्तरआशयलाई राम्ररी बुझ्ने प्रयत्न पनि गर्दै आएको छु।
अहिले कतिपयले भन्ने गरेजस्तो ुसबैतिर छ पार्टी ु तर कहिं पनि छैन पार्टीु जस्तो अवस्थालाई बदल्नुपर्ने चुनौती छ। र, यो बदल्ने अभियान संचालन गर्ने संस्थाको महासचिव भएर मैले भूमिका खेल्नुपर्ने छ।
दुर्भाग्य नै हो ९ यतिवेला पार्टीभित्रको एकतामा पनि संकट देखापरेको छ। यसबाट पार्टीलाई जोगाउनुपर्ने आवश्यकता छ। चुनौतीहरू थुप्रै किसिमका छन्। राष्ट्रिय राजनीतिमा अस्थिरताका झन्झावातका आशंकाले मानिसहरूमा त्रास सृजना गराउन खोजिदैछ।
आर्थिक विकास र सम्वृद्धिको अभियानलाई कमजोर पार्ने , राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयलाई कमजोर बनाउने, मुलुकलाई अराकता र अस्तव्यस्ततातर्फ ध के ल्ने, सामाजिक सद्भावलाई विथोल्ने आदि दुस्प्रयत्नहरू हुँदैछन् र ती प्रवृत्तिलाई प्रश्रय दिन भित्ररबाहिरबाट प्रयत्न भइरहेको कुरालाई बुझ्न सकिन्छ।
यस्तोबेलामा सिंगो राष्ट्रलेरआम नेपाली जनताले नेकपा (एमाले) प्रति सुदृढ र जनआधारित नेकपा (एमाले)प्रति आशा गरेको कुरालाई बुझ्न सकिन्छ। यो आवश्यकतालाई पुरा गर्ने चुनौतीपूर्ण उद्देश्यद्वारा निर्देशित हुनुपर्ने छ।
यसका लागि पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक मित्रहरूलाई गोलवन्द हुन हार्दिक अनुरोध गर्दछु। ईश्वर पोखरेल, २०७८ जेठ २३



