
क–कसको मन्त्रालय खोसियो ?
जनता समाजवादी पार्टी (जसपा)ले पाउने ८ मन्त्रालय टुंगिएसँगै तीन मन्त्री मन्त्रालयविहीन भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेताहरुबीच शुक्रबार भएको छलफलमा ८ मन्त्रालय टुंगिएको हो । जसअनुसार जसपाले शहरी विकास, उर्जा, खानेपानी, भूमि व्यवस्था, श्रम, युवा तथा खेलकुद, महिला बालबालिका र वन मन्त्रालय पाएको छ ।

जसपाले पाएको ८ मध्ये ५ मन्त्रालय हाल प्रधानमन्त्रीसँग छ । तर महिला बालबालिकामन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमिव्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फे छिन् ।
नयाँ सहमतिसँगै तीन मन्त्री मन्त्रालयविहीन भएका छन् । तर रक्षा, गृह र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्रीसँग छ ।
बागमती सरकारलाई हुवासिन सिमेन्टले दियो विभिन्न स्वास्थ्य सामग्री
हुवासिन सिमेन्ट उद्योगले वागमती प्रदेश सरकारलाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकामा सिमेन्ट उद्योग स्थापना गरिरहेको चिनियाँ कम्पनी हुवासिनले आज वागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई आठ थान अक्सिजन कन्सेप्टर र ५०० थान एन्टिजेन किट उपलब्ध गराएको हो।
सो कम्पनीले शुक्रबार विज्ञप्ति प्रकाशन गरी महामारीका समयमा स्वास्थ्य सामग्री उपलब्ध गराइएको जनाएको हो। उद्योगले यसअघि रु ५० लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो।
धादिङ जिल्ला अस्पताल तथा सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाँउपालिकालाई पनि तीन दर्जन अक्सिजन सिलिण्डर उपलब्ध गराइएको उद्योगले जनाएको छ ।
उद्योगले कोभिड महामारीको प्रकोप चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गर्दै उपचारत कोरोना संक्रमितको स्वास्थ्यलाभ तथा दिवंगतप्रति हादिृक श्रद्धाञ्जलि व्यक्त गरेको छ । उद्योगले थप स्वास्थ्य सामग्री नेपाल सरकारलाई उपलब्ध गराउन प्रयासरत रहेको जनाएको छ ।



