
बाबुराम भट्टराईको प्रश्न : संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ?
जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष सरकारमा लए लगत्तै जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो भनि उनीहरूलाई प्रश्न गरेका छन् ।

भट्टराईले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम भए भन्ने प्रश्न पनि गरेका छन् ।

उनले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल जोडिएको र दुबैको मुकुण्डो उत्रिएको बताएका हुन्।
‘यक्ष प्रश्न – संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ? अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ ? दुबैको मुकुण्डो उत्रिएन त?,’ उनले ट्वीट गरेका छन्।
छुवाछुत मानव सभ्यताको कलंक : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुट मानव सभ्यताको कलंक भएको बताएका छन् ।
छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मानव सभ्यताको कलंकका रुपमा रहेको छुवाछुत प्रथालाई कानुनी रुपमा अन्त्य गरेको बताए ।
यसलाई सामाजिक रुपमा समूल अन्त्य गर्नका लागि आ-आफ्नो स्थानबाट सक्रिय रहन यस अवसरमा म सबैमा हार्दिक आह्वान गर्दछु’ उनले भने ।
उनले सुखी नेपाल समृद्ध नेपालको राष्ट्रिय लक्ष्यमा छुवाछुत चुनौतीको रुपमा देखिएको पनि बताए ।
छुवाछुतसम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई सरकारले कानूनी दायरामा ल्याइरहेको भन्दै प्रधानमन्त्री ओलीले त्यस्ता अपराधीलाई कडा भन्दा कडा सजाय दिने प्रतिवद्धता जनाए ।



