
दरबार ह त्या का ण्डबारे पूर्व राजाको ट्वीट- ‘हृदयमा उठेका चो टहरु कहिल्यै भुल्न सकिन्न’
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले दरबार ह’त्या का’ण्डले हृदयमा उठेका चोटहरु कहिल्यै भुल्न नसकिने बताएका छन् ।

बुधवार (आज) ज्ञानेन्द्रले ट्वीट गर्दै साथ र सहयोग चुड्ने अधिकार नियतीलाई मात्रै हुने भन्दै तत्कालिन राजा वीरेन्द्र शाह उनको सदोहर दाईको परिवारको वंशना’श भएकोमा दुख व्यक्त गरेका छन् ।

दरबार ह’त्या का’ण्ड अझै रहस्यमा नै रहेको र त्यसको उत्तर पाउनका लागि अझै कति समय कुर्नु पर्ने हो थाहा नहुने बताएका छन् । २०५८ साल जेठ १९ गते तत्कालिन राजा वीरेन्द्र शाहको वंशना’श हुने गरि भएको थियो । त्यसबारेमा अनुसन्धान गर्नका लागि कार्यदल गठन भएपनि अझै त्यसबारे सत्य तथ्य पत्ता लागेको छैन ।
ट्वीट गर्दै ज्ञानेन्द्रले भने-‘एक यस्तो हृदयका चोट, जसलाई कहिले भुल्न सकिन्न। साथ र सम्बन्धहरू चुँड्ने अधिकार नियतीलाई मात्र रहेछ। अनुत्तरित प्रश्नका उत्तरहरू पाउनका लागि अझै समयले कति कोल्टे फेर्नुपर्छ कसैलाई थाहा छैन। प्रिय दाजू र उनका परिवार प्रति हार्दिक श्रद्धाञ्जलि।’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारि गर्यो यस्तो सूचना
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई कोभिड–१९ का सङ्क्रमितको लागेको उपचार खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ । मन्त्रालयका सात दिनभित्र अस्पतालले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी बिरामीको उपचार शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो ।
मन्त्रालयका गुणस्तर मापन तथा अनुगमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्ययले सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई एक हप्ताभित्र आ–आफ्नो सञ्चालक समिति, बोर्ड र आधिकारिक निकायबाट निर्णय गराई सार्वजनिक गर्न निर्देशन दिनुभएको हो ।
मन्त्रालयले कतिपय स्वास्थ्य संस्थाले बिरामीको उपचारबापत चर्को शुल्क लिने गरेकाले शुल्क सार्वजनिक गर्न भनिएको उहाँले बताउनुभयो । “बिरामीको उपचारबापत लाग्ने रकमबारे जानकारी पाउने प्रत्येक नागरिकको अधिकार हो भने बिरामीको उपचार शुल्क सार्वजनिक र पारदर्शी गर्नु हरेक स्वास्थ्य संस्थाको कानूनी एवम् नैतिक कर्तत्व हो”, उहाँले जारी गर्नुभएको सूचनामा भनिएको छ ।
साथै अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र सोको लागत रकम शीर्षकसमेत उल्लेख गरी शुल्क सार्वजनिक गर्न मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले बिरामीका लागि अत्यावश्यक प्राणवायु (अक्सिजन) को समेत अत्यधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाई बिरामीमाथि थप आर्थिक व्ययभार बढाएको, उपचारका लागि आवश्यक पर्ने सामग्रीको बस्दोबस्त गर्न बिरामी आफैँलाई लगाउने गरेको, आवश्यकभन्दा बढी औषधि तथा स्वास्थ्य सामग्री खरीद गर्न लगाएको गुनासो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेलो सरकारमार्फत र कतिपय गुनासा सामाजिक सञ्जाल आउने गरेको मन्त्रालयले जनाएको छ ।



