
विवेकशील साझाद्वारा शोक प्रस्ताव पारितः ‘उज्वल थापाको जीवन र विचार’ विषयमा बहस चलाउने
विवेकशील साझा पार्टीले संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधनले सिङ्गो पार्टी पङ्क्ति स्तब्ध भएको जनाएको छ ।

पार्टी केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्वसंयोजक थापाका निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले थापाका स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्यतिथिमा प्रत्येक सदस्य र शुभचिन्तकलाई कम्तीमा एउटा वृक्षरोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यलाई आह्वान गरेको पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेद्वारा आज जारी शोक वक्तव्यमा उल्लेख छ ।
दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज अपराह्न ४ः२५ बजे निधन भएको हो ।
पार्टीमा ‘उज्ज्वल थापाको जीवन र विचार’ विषयमा छलफल र बहस चलाउने निर्णय भएको पनि वक्तव्य उल्लेख छ ।
नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेल्नुभएको थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ ।
वक्तव्यमा भनिएको छ, ‘खासगरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकारलगायत मुद्दामा दलले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमका लागि राज्यलाई दवाव दिने विधि स्थापित गर्न उहाँको अहम् भूमिका छ ।’
संस्थापक थापाले अँगाल्नुभएको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई पार्टीले अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडि बढ्ने जनाएको छ ।
पार्टीले पीडाका क्षणमा परिवारजनमा समवेदना व्यक्त गर्दै उपचारका क्रममा स्वास्थ्यलाभ कामना गरी स्वदेश तथा विदेशबाट प्राप्त स्नेह, सद्भाव र सहयोगका लागि सबैमा आभार व्यक्त गरेको छ ।
हातमा मेहंदी लगाएकी बेहुलीले बेहुलालाई मण्डप मै छोडेर जागिरको अन्तरवार्ता दिनगएपछि…
सरकारी शिक्षकका लागि निवेदन खुलेको थियो । उनले त्यसका लागि निवेदन दिएकी थिइन् । तर उनको अन्तरवार्ता र अन्य प्रकृयाको काम संयोगले विवाहकै दिन तय भयो ।
भारत रामनगर, गोंडाको बाराबंकी निवासी प्रज्ञा तिवारीले हातमा मेहंदी लगाएकी थिइन् । उनको कपाल पनि वेहुली झै सजिएको थियो । तर उनी जागिरको लागि फारामको तयारी गरिरहेकी थिइन् ।
प्रज्ञाको सोही दिन विवाह भएको थियो । उनी विवाहकै दिन विहान पतिलाई मण्डपमै छोडेर गाण्डा बीएसए अफिसको लागि प्रस्थान गरिन् ।परामर्श मिति तय भएका कारण उनले विवाहका धेरै रित छोडिन् ।
उनले पतिसंग ७ फेरा लिइन् अनि बेहुलालाई मण्डपमा छोडेर कागजात बोकेर हिडिन् । प्रज्ञा अन्तरवार्ता र अन्य प्रकृयाका लागि लाइनमा बसीन् र उनका कागजातहरू जाँच गरी रसिद लिइन्। प्रज्ञाको अनुहारमा दोहोरो खुशी देखिन्थ्यो।
प्रज्ञा भन्छिन् कि उनीलाई विवाह भन्दा उनको भविष्यको महत्व ठूलो लाग्छ । त्यसैले उनी आफ्नो दुलहालाई मंडपमा उनको प्रतिक्षामा छोडेर कामको खोजिमा आइन् । विवाहको बाँकी कामको लागि घरमा सबै जना पर्खिरहेका छन् । जब दुलही, प्रज्ञा फर्केर आइन् बाँकी विवाहको काम पुरा भयो ।
प्रज्ञा विश्वास गर्छिन् कि उनको दुलहा उनको लागि धेरै भाग्यवान छन् कि उनले फेन्डलीको जीवनमा आएपछि मात्र जागिर पाइन् । उनले आफ्नो यो उदाहरण अन्य अभिभावका लागि पनि भएको बताइन् ।
उनले भनिन्, सबै अभिभावकले आफ्नो छोरीको भविष्यलाई महत्व दिउन् । आफुलाई सहयोग गरेकोमा उनी आफ्ना बुवाआमा प्रति निकै नतमस्तक छन् ।
आधारभूत शिक्षा अधिकारीले पनि प्रज्ञालाई बधाई दिँदै विवाहको दिनमै भएको अन्तरवार्तामा उनी सफल भएको बताए । प्रज्ञा सरकारी जागिर निश्चित भए पछि श्रीमान् को घर बाराबन्की गइन् । प्रज्ञालाई आधारभूत शिक्षा विभाग, गोंडामा शिक्षकको रूपमा नियुक्त गरिएको छ।



