उज्ज्वल थापालाई भेन्टिलेटरबाट निकालियो

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापालाई भेन्टिलेटरबाट निकालिएको छ । यद्यपि,अस्पतालले उनको अवस्थाबारे आधिकारिक जानकारी दिइसकेको छैन । 

विवेकशील साझा पार्टीका सञ्चार विभाग सदस्य उद्धवराज भेटुवालले थापालाई मेडिसिटी अस्पतालको भेन्टिलेटरबाट निकालिएको जानकारी दिए । 

परिवारसँगको सल्लाहमा थप के गर्ने भन्ने जानकारी केहीबेरमा आउने उनले बताए । 

कोरोना संक्रमणपछि उनको सुरुमा ह्याम्स र ग्राण्डी अस्पतालमा उपचार भएको थियो भने पछिल्लो दिनमा गम्भीर अवस्थामा मेडिसिटीमा उपचार भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button