नेपाली जमिन फिर्ता ल्याइन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले महाकालीपूर्वको जमिन फिर्ता ल्याउनेबारे भारतसँग गम्भीरताका साथ कुराकानी भइरहेको बताएका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका संवाददाताहरुसँग अन्तर्क्रिया गर्दै प्रधानमन्त्री ओलीले वर्षौंदेखि नेपालको भूमि भारतले प्रयोग गर्दे आएकाले फिर्ता ल्याउनका लागि समय लाग्ने बताएका हुन् ।

उनले महाकाली नदीपूर्वको जमिन नेपालको भएको र सो जमिनलाई राजनीतिक र प्रशासनिक नक्सामा सामेल गरी संविधानको अनुसूचीमा पनि राखिसकेको उल्लेख गर्दे ती भूभाग फिर्ता ल्याउनका लागि भारतसँग वार्ता भइरहेको बताए ।

उनले भने, ‘महाकालीभन्दा पूर्वको र त्यस ठाउँमा महाकालीभन्दा उत्तरपूर्वको भनौँ । महाकालीपूर्वको जमिन नेपालको जमिन हो । र हामीले हाम्रो जमिन हाम्रो राजनीतिक तथा प्रशासनिक नक्सामा सामेल गरेर पास गरेका छौँ । त्यसलाई संविधानको अनुसूचीमा पनि सामेल गरेका छौँ । यस सम्बन्धमा हामी भारतसँग गम्भीरताका साथ कुराकानी गरिरहेका छौँ तर यथार्थ के हो भने विगत ५८ वर्षदेखि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतको नियन्त्रणमा रहेको छ । हामीले संवादको माध्यमबाट त्यस क्षेत्रलाई फिर्ता ल्याउनुछ । जबसम्म भारतको निणन्त्रणमा छ र फिर्ता आएको छैन । तबसम्म फिर्ता आएको स्तरमा व्यवहार भएको हुनसक्ने कुरा भएन । ५८ वर्षदेखि त्यो भारतकै नियन्त्रणमा छ । हामीले भारतको नियन्त्रणबाट फिर्ता ल्याउने प्रयास गरिरहेका छौँ । त्यसमा संवाद गरिरहेका छौँ ।’

छिमेकीसँग केही कुरामा मतभेद वा गलत बुझाइ हुनसक्ने भन्दै उनले सबै समस्याको समाधान वार्तामार्फत गरिने बताए ।

कतिपयले आफूलाई भारतसँगको सम्बन्ध बिगारेको र कतिपयले भारतको इशारामा काम गरिरहेको भन्ने आरोप लगाउने गरेको भन्दै उनले आपसमा विवादास्पद यी दुवै आरोपहरु कसरी सत्य हुनसक्छन् भनी प्रश्न गरे ।

काभ्रेमा कोरोनाले २९ दिनमा १ सय ३ जनाको मृत्यु
काभ्रेमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता मृत्यु हुनेको संख्या एक सय नाघेको छ । वैशाख १६ यता २९ दिनको अवधिमा बिहीबारसम्म १ सय ३ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय, काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए । 

धुलिखेल अस्पताल र शिर ममोरियल अस्पतालमा उपचारका क्रममा ९६ जना, होम आइसोलेसनमा ६ जना र नमोबुद्धस्थित जनक माध्यमिक विद्यालयमा रहेको आइसोलेसनमा एक जनाको मृत्यु भएको हो ।

डा. झाका अनुसारका धुलिखेल नगरपालिकाका २५, बनेपाका १९, पनौतीका ९, मण्डनदेउपुरका ५, नमोबुद्ध नगरपालिकाका ४, रोसी गाउँपालिकाका ४, पाँचखालका ३, बेथानचोक र चौरीदेउराली गाउँपालिकाका २/२ जना र भुम्लु गाउँपालिकाका १ जनाको मृत्यु भएको छ । त्यस्तै धुलिखेल अस्पतालमा उपचार गराएका अन्य जिल्लाका २९ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा खटिएका धुलिखेल अस्पतालको आकस्मिक विभाग प्रमुख डा. सानुकृष्ण श्रेष्ठका अनुसार मृत्यु हुनेमा ज्येष्ठ नागरिक, दीर्घरोगी र अन्य जटिल रोग भएकाहरू बढी छन् । जटिल समस्या भएर अन्तिम अवस्थामा मात्रै अस्पताल आउने कारणले संक्रमितको मृत्यु भइरहेको उनले जानकारी दिए ।

ज्यान गुमाउनेमा २० वर्षदेखि ९० वर्ष उमेरसम्मका छन् । स्वास्थ्य कार्यालय काभ्रेको तथ्यांकअनुसार २० देखि ३० वर्षसम्मका ५ जना, ३१ देखि ४० वर्षसम्मका ११ जना, ४१ देखि ५० वर्षसम्मका १६ जना, ५१ देखि ६० वर्षसम्मका १७ जना, ६१ देखि ७० वर्षसम्मका २८ जना, ७१ देखि ८० सम्मका १८ जना र ८१ देखि ९० वर्षसम्मका ८ जनाले ज्यान गुमाएका छन् ।

ज्येष्ठ नागरिक, दीर्घरोग भएका र संक्रमण पुष्टि भएपछि पनि घरमा नै रहेकाहरूको मृत्यु भएको उपचारमा संलग्न अस्पतालले जनाएको छ ।

कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा गरी १ सय ६६ जनाले ज्यान गुमाएका छन् । तीमध्ये १ सय १९ जना काभ्रेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button