राज्य,कोरोना विद्यार्थीको मानसिक स्वास्थ्य:उत्सब नरसिंह केसी

भविष्यका कर्णधारका रुपमा परिचित विद्यार्थीहरूको वर्तमान नै विद्युतीय गतिमा फैलिरहेको कोरोनाको कारण बिलखबन्दमा परिरहेको छ।नेपालमा पनि यसको असर दिनानुदिन तिव्र गतिमा बढ्दै गइरहेको छ जसको परिणामस्वरूप विद्यार्थीहरूको मनोबल खस्कदै गइरहेको छ।यसको सिधा असर उनीहरूको मानसिक,सामाजिक र मनोवैज्ञानिक स्वास्थ्यमा परिरहेको छ।

कोरोनाको प्रकोप केही हदसम्म कम गर्नका लागि सरकारले २०७६ चैत ११ देखि देशभर लकडाउन गर्ने निर्णय ग‌‌‌र्यो।यस निर्णयको असर सम्पूर्ण जनतामा परेता पनि विशेषगरि विद्यार्थीहरू बढी तनावग्रस्त रहे।

SEE परीक्षाको पूर्वसन्ध्यामा परीक्षा रद्ध गरियो, बन्दाबन्दी भएको ३ महिनासम्म पनि सरकारले वैकल्पिक कक्षा सञ्चालनको कुनै योजना तथा खाका ल्याउन सकेन जसले विद्यार्थीमा त्रास,अन्यौलता,र मानसिक तनाव बढिरयो।

उच्च शिक्षाको परीक्षाबारे सरकारको मौनता र दहि चिउरे प्रवृत्तिले कतिपय विद्यार्थीको ज्यान समेत गयो।यस प्रवृत्तिको विरुद्धमा सशक्त रुपमा आवाज उठाउने अग्रपंक्ति व्यक्तिमध्ये म स्वयं पनि एक थिएँ।

शैक्षिकसत्रको अन्यौलताको बीच सरकारले वैकल्पिक शिक्षाको सुरुवात गर्ने व्यवस्था गर्यो तर त्यो असमानताको आयाम बन्न पुग्यो। “संयुक्त राष्ट्रसङ्गको बालबालिका सम्बन्धि निकाय युनिसेफ र सेभ द चिल्ड्रेनले नेपालको हकमा अनलाइन शिक्षाले विद्यमान असमानता र विभेद झनै बढाउने चेतावनीसमेत दिएको थियो।”

अनलाइन कक्षामा महिलाको भन्दा पुरुषको उपस्थित बढी,गाउँ र सहर साथै निजी र सरकारी विद्यालयबीच विभेदको झन ठूलो खाडल बन्यो ।अधिकांश सरकारी विद्यालयले आवश्यक पूर्वाधार एवम् जनशक्ति तत्काल तयार पार्न नसकेको कारणले वैकल्पिक विधि अपनाएर पठनपाठन सञ्चालन गर्न सकेनन् ।

साथै शिक्षा मन्त्रालयले सबै तहको वस्तुस्थितिको विश्लेषण नगरी देशभर एकै किसिमको निर्देशिका जारी गर्दा व्यवहारिक र प्रभावकारी हुन सकेन।बरु विद्यार्थी, शिक्षक र अभिभावकमा कक्षा सञ्चालनबारे अन्यौल देखिनुका साथै मनोवैज्ञानिक त्रास उत्पन्न भयो।

कोरोनाको सन्त्रास समाजमा व्याप्त भएकोले कोरोना प्रभावित बालबालिका र उसको परिवारलाई सद्भाव, सान्त्वना र सहयोगको सट्टा घृणा गर्नु,हेय दृष्टिले हेर्नु र चरम सामाजिक विभेद भइ उनीहरूको सामाजिक स्वास्थ्यमा समेत नकारात्मक असर परेको छ।

क्वारेन्टाइन को अभावका कारण विद्यालयका अधिकांश भवनहरु क्वारेन्टाइन बनाइएको थियो जसको परिणामस्वरूप विद्यार्थी,शिक्षक र स्थानीय भयभित भए।कतिपय विद्यालयहरु क्वारेन्टाइन बनाउनुपर्छ भनेर भत्काइएको विषय हामी सबैलाई सर्वविदित नै छ।

यसको मूल्यांकन इतिहास र आउने दिनहरूले अवश्य गर्ने छ। “हरेक संकटले अवसर पनि ल्याउछ।”

कोभिडले हाम्रो शैक्षिक प्रणाली,संरचना,नीति-निर्देशिका र पठनपाठनको माध्यम पुनरावलोकन गर्ने अवसर दियो।तसर्थ यस परिस्थितिबाट शिक्षा ग्रहण गरि संयम,धैर्य र विश्वासका साथ यस जटिल समयको सामना गरौँ र भविष्यका निम्ति तयार बनौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button