
नेपालगन्ज घटनामा बोले प्रचण्ड, ‘तत्काल कारवाही गरियोस्’ भन्दै दिए चेतावनी
नेपालगन्जको भेरी अस्पतालमा भएको घटना प्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि प्रतिकृया ब्यक्त गरेका छन् । उनले घटनामा संलग्नहरुलाई तत्काल कारवाहीको माग गरेका छन् । नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्सहरूमाथि ह म ला भएको थियो ।

ज्यान जोगाउन पहिलो तलावाट हाम फालेका नर्सहरु घाइते छन् । उनीहरुको उपचार जारी छ । चिकित्सक र नर्सहरु माथि ह म ला गर्नेमाथि कानुनी कारबाही गर्न माग गरेका प्रचण्डले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

सामाजिक सञ्जाल मार्फत अध्यक्ष प्रचण्डले डाक्टर र नर्सहरूमाथि भएको अमानवीय व्यवहारप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको भन्दै घटनाप्रति खेद प्रकट गरेका छन् ।
‘नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरूमाथि भएको कु ट पि ट जस्तो अमानवीय व्यवहारप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ,’ प्रचण्डले भनेका छन्, ‘हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरि अहोरात्र खटिएका स्वास्थ्यकर्मी माथि नै ह म ला गर्ने जो कोहीलाई पनि कानुनी कारबाही गरियोस् भनि माग पनि गर्दछ ।’



