यिनै हुन् ओलीसँग नझुकेर टक्कर लिने एमालेकी निडर नेतृ, बालुवाटारमा खैलाबैला

एमालेकी नेतृ एवम् विघटित प्रतिनिधि सभाकी सांसद लक्ष्मी चौधरीले नागरिकतासँग पद साटेका प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले देश समाप्त पार्न लागेको आरोप लगाएकी छिन् ।

सोमबार सामाजिक सञ्जालमार्फत नेतृ चौधरीले एमालेका २७ जना सांसदलाई कारबाही गरेर देखाउन ओलीलाई चुनौती दिएकी छिन् । उनले मन नपरेकाहरूलाई छानीछानी कारबाही गरेको भन्दै आक्रोश पोखेकी छिन् ।

‘प्रधानमन्त्रीलाई भोट नदिएको भनेर कावारही गरेको हो भने २७ जनालाई कार्वाही गरेर देखावस्’, नेतृ चौधरीले चेतावनी शैलीमा भनेकी छिन्, ‘हैन भने कावारहीको डण्डा देखाएर आफ्नो अपमान नगरे हुन्छ ।’

‘हामी सत्यको पक्षमा उभिएको छौं’, नेतृ चौधरीले ओलीलाई सचेत गराउँदै भनेकी छिन्, ‘नागरिकतासँग पद साटेर देश सकाउने पक्षमा छैनौँ र गर्न दिँदैनौँ ।’

ओलीले एमालेको स्थायी कमिटीको बैठकबाट सोमबार वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालसहित ११ जना नेताहरूलाई कारबाही गरेर पार्टीबाट निष्कासन गरेका छन् । ओलीको कारबाहीमा पर्नेमा एमाले नेतृ चौधरी पनि छिन् ।

राजनीतिक भिडभाड बढेपछि गृहमन्त्रालयले दियो यस्तो निर्देशन, बस्यो तीन जिल्लाका सिडिओको बैठक

काठमाडौ उपत्यकामा जारी निषेधाज्ञा अब बिहिवारवाट सकिदैछ । महामारीको चेन ब्रेक गर्न फेरी निषेधाज्ञा लगाउने र त्यो अझ कडा हुने प्रमुख जिल्ला अधिकारीहरुले सार्वजनिक अभिब्यक्ति दिइसकेका छन् ।

यसबारे औपचारीक निर्णय गर्न मंगलवार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको बैठकमा निषेधाज्ञा थप गर्नेबारे छलफल हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

एक महिना लामो निषेधाज्ञा बिहीबार राति १२ बजेबाट सकिने भएकाले यसवारे थप निर्णय गरिनेछ । तरकारी पसल लगायतमा भएको भिडले जोखिम बढाएकाले विकल्प खोज्ने तयारी समेत प्रजिअले गरेका छन् ।

उपत्यकामा केही दिन यता संक्रमित हुनेको संख्या कम भएकाले यही रुपमा निषेधाज्ञा लम्ब्याउने सम्भावना रहेको प्रजिअ भट्टराईले बताए।

तर गृह मन्त्रालयले भने राजनीतिक गतिविधि बढ्नसक्ने देखिएकाले थप कडाइ गर्न सीडीओहरुलाई निर्देशन दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि अहिले राजनीतिक गतिविधि बढेका छन् ।

ओली इतरका अधिकांश दलहरु विरोधमा छन् । दिनहुँ राजनीतिक कार्यक्रम सुरु हुन थालेका छन् । यस्तो अवस्थाले थप जोखिम बढाउने भएकाले त्यसवारे चनाखो रहन पनि गृहले निर्देशन दिएको हो । पछिल्ला केही दिनयता उपत्यकामा संक्रमितको संखया कम हुँदै गएको तथ्यांकले देखाएको छ।

मन्त्रालयले नै स्वास्थ्य संकटकाल लगाउनेसम्मको तयारी समेत गरिरहेको छ। स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रिपरिषदबाट स्वास्थ्य संकटकाल लगाउनेबारे घोषणा गर्नका लागि माग हुनासाथ पठाउने गरी फाइल तयार गरेर राखिएको छ। उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा सुरु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button