
कुरै नबुझि वनमन्त्री आलेको यो तस्बिर भाइरल बनाइयो, यस्तो रहेछ वास्तविकता
निलो रंगका अक्सिजन सिलिण्डरमा मन्त्री आलेका तस्बिर टाँसिएका छन् । सामाजिक सञ्जालमा चीनवाट अनुदानमा ल्याइएका अक्सिजन सिलिन्डरमा वन तथा वातावरण मन्त्री प्रेम आलेको तस्बिर टाँसेको भनेर भाइरल बनाइयो ।

उनको तस्बिर राखेर सामाजिक सञ्जालमा आलोचना पनि भयो । तर वास्तविकता नबुझि आफ्नो आलोचना भएको भन्दै मन्त्री आलेले दुख ब्यक्त गरेका छन् । उनले ब्यक्तिगत लगानीमा आफुले किनेका सिलिण्डर हस्तान्तरण गरेको बताएका छन् ।

मन्त्री आलेले व्यक्तिगत खर्चमा सिलिन्डर खरिद गरेर कैलाली र डोटीमा वितरण गरेको सचिवालयले जनाएको छ । मन्त्री आलेले सोमबार डोटी अस्पतालको लागि ७५ सिलिन्डर अक्सिजन हस्तान्तरण गरेका थिए ।
तीमध्ये १५ सिलिन्डर अक्सिजन स्वास्थ्य सेवा विभागले दिएको र अन्य आफैले व्यक्तिगत खर्चमा किनेको उनका प्रेस सल्लाहकार विमल विष्टले बताएका छन् । डोटीमा मात्रै मन्त्री आलेले आफ्नो व्यक्तिगत खर्चमा ६० सिलिन्डर अक्सिजन , ४ वटा अक्सिजन कन्टेनर र १ लाख ५० हजार सर्जिकल मास्क वितरण गरेका थिए।
मंगलबार सेती प्रादेशिक अस्पताल धनगढीलाई पनि मन्त्री आलेले ५० सिलिन्डर अक्सिजन दिएको विष्टले बताए । उनले वास्तविकता नबुझि सामाजिक सञ्जालमा विरोध गरिएको भन्दै दुख ब्यक्त गरेका छन् । मन्त्री आलेले व्यक्तिगत लगानीमा ११० सिलिन्डर अक्सिजन वितरण गरेको बताइएको छ ।
कांग्रेस,माओवादी र एमालेको माधव नेपाल पक्षका कार्यकर्ताले सामाजिक सन्जालमा अनुदानको सिलिण्डरमा मन्त्रीको फोटो टाँसेको भनेर प्रचार गरे पनि वास्ताविकता त्यस्तो नरहेको सचिवालयको भनाइ छ ।
एमाले कार्यकर्ताले मन्त्रीको निजी खर्चमा किनिएका सिलिण्डर लगायत स्वास्थ्य सामाग्रीमा मन्त्रीको स्टिकर टाँसेको बताइएको छ ।
आँगनमा बसिरहेका आमा छोरीलाई हात्तीले लियो ज्या’न
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हा’त्तीको आ’क्र’म’ण’बाट सोमबार आमा छोरीको मृत्यु भएको छ। गेरुवा गाउँपालिका—१ सरखुल खपतपुरकी ३७ वर्षीया चन्द्रा विक र उनकी तीन वर्षीया छोरी दीपिका विकको मृत्यु भएको हो।
गर्मीका कारण घरबाहिर आँगनमा बसिरहेका चन्द्रा र उनकी छोरीलाई बेलुकी ९ बजे हा’त्तीले आ’क्रम’ण गर्दा चन्द्राको घटनास्थलमा मृत्यु भएको थियो। उनकी छोरी दीपिका ग’म्भिर भएकी छोरीको उपचारका क्रममा शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।
घटनाको बारेमा प्रहरीले निकुञ्ज प्रशासनलाई राति नै जानकारी गराएको थियो। घटनास्थलमा निकुञ्ज प्रशासन समयमा नपुग्दा स्थानीय आ’क्रो’सित छन्। इलाका प्रहरी कार्यालय शान्तिबजार र बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख विष्णु श्रेष्ठसहितको टोली मंगलबार विहान घटनास्थलमा पुगेर अनुसन्धान गरेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जले घटनाको अध्ययन गर्दै मृतकको परिवारलाई राहतको प्रक्रिया अगाडि बढाउने बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिए ।



